खण्ड ११४
अगमवक्ता जोसेफ स्मिथद्वारा, फार वेस्ट, मिजोरीमा, अप्रिल ११, १८३८ मा दिइएको प्रकाश ।
१–२, आस्थावान् नभएकाहरूद्वारा धारण गरेका चर्चका पदहरू अरूलाई दिइने छ ।
१ साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ: यो मेरो सेवक डेभिड डबल्यू. प्याटनमा बुद्धिमानी हुन्छ कि, उनले सम्भव भएसम्म छिटो आफ्नो सबै व्यवसाय व्यवस्थित गर्नु पर्छ र आफ्नो सामग्रीको व्यवस्थापन गर्नु पर्छ ताकि उनले अर्को वसन्तमा अरूहरू सँगै, आफूसहित बाह्र जनासँग, सारा संसारलाई मेरो नामको गवाही दिन र खुशीको सन्देश सुनाउन सक्छन् ।
२ किनकि साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ, कि जति जति त्यहाँ तिमीहरू माझ मेरो नाम अस्वीकार गर्नेहरू छन्, उनीहरूका सट्टामा अरूलाई राखिने छ र तिनीहरूको बिशपरिक प्राप्त गर्ने छन् । आमीन ।