धर्मशास्त्रहरू
सिद्धान्त र करार २३


खण्ड २३

अगमवक्ता जोसेफ स्मिथद्वारा म्यानचेस्टर, न्यूयोर्कमा, अप्रिल १८३० मा, ओलिवर काउड्री, हाइरम स्मिथ, स्यामूयल एच. स्मिथ जोसेफ स्मिथ सिनियर र जोसेफ नाइट सिनियरलाई दिइएका पाँच प्रकाशहरूको श्रृंखला । आ-आफ्ना कर्तव्यहरू जान्नका लागि उल्लेखित पाँच जना व्यक्तिहरूको इमान्दार चाहनाको परिणाम स्वरूपमा, अगमवक्ताले परमप्रभुलाई सोधे र प्रत्येक व्यक्तिका लागि प्रकाश प्राप्त गरे ।

१–७, यी प्रारम्भिक शिष्यहरूलाई प्रवचन दिन, प्रोत्साहित गर्न र चर्चलाई मजबुत बनाउन बोलावट गरिएको छ ।

हेर, म तिमीलाई भन्दछु, ओलिवर, केही वचनहरू । हेर, तिमी आशीषित छौ र तिमी तिरस्कृत छैनौ । परन्तु घमण्डबाट होशियार हुनु, ताकि तिमी प्रलोभनमा पर्न नपरोस् ।

चर्चलाई आफ्नो बोलावटको जानकारी देऊ र संसारसामु पनि, अनि तिम्रो हृदय अबदेखि र सदासर्वदाका लागि सत्यको प्रवचन दिन खोलिने छ । आमीन ।

हेर, म तिमीलाई केही वचनहरू बोल्दछु, हाइरम; किनकि तिमी पनि तिरस्कृत छैनौ र तिम्रो हृदय खोलिएको छ र तिमीलाई बोल्ने क्षमता दिइएको छ; अनि तिम्रो बोलावट चर्चलाई निरन्तर प्रोत्साहन गर्न र मजबुत बनाउनका लागि हो । यसकारण तिम्रो कर्तव्य चर्चमा सदासर्वदाका लागि हो र यो तिम्रो परिवारको कारण हो । आमीन ।

हेर, म तिमीलाई केही वचनहरू बोल्दछु, स्यामूयल; किनकि तिमी पनि तिरस्कृत छैनौ र तिम्रो बोलावट चर्चलाई प्रोत्साहन गर्न र मजबुत बनाउनका लागि हो; र तिमीलाई अझै यो संसारसामु प्रवचन दिन बोलावट गरिएको छैन । आमीन ।

हेर, म तिमीलाई केही वचनहरू बोल्दछु, जोसेफ; किनकि तिमी पनि तिरस्कृत छैनौ र तिम्रो बोलावट पनि चर्चलाई प्रोत्साहन गर्न र मजबुत बनाउनका लागि हो; र अहिलेबाट अनि सदासर्वदाका लागि यो तिम्रो कर्तव्य हो । आमीन ।

हेर, म तिमीलाई प्रकट गर्दछु, जोसेफ नाइट, यी वचनहरूद्वारा कि, तिमीले आफ्नो क्रूस बोक्नु पर्दछ, जसमा तिमीले उच्च स्वर र गोप्य रूपमा अनि तिम्रो परिवारसामु अनि तिम्रो साथीहरूसामु अनि सबै स्थानहरूमा प्रार्थना गर्नु पर्दछ ।

अनि, हेर, सत्य चर्चसँग एकताबद्ध हुनु तिम्रो कर्तव्य हो, अनि तिमीले निरन्तर रूपमा प्रोत्साहनको भाषा बोलनू, ताकि तिमीले श्रमिकको इनाम प्राप्त गर्न सक्ने छौ । आमीन ।

प्रिन्ट गर्नुहोस्