खण्ड ३०
अगमवक्ता जोसेफ स्मिथद्वारा डेभिड ह्विटमर, पिटर ह्विटमर जुनीयर र जोन ह्विटमरलाई, फेएट, न्यू योर्कमा, सेप्टेम्बेर १८३० मा, फेएटमा तीन-दिने सम्मेलन पश्चात, तर चर्चका एल्डरहरू छुट्टिनु भन्दा अगाडि दिइएको प्रकाश । मूल रूपमा यो सामग्री तीन प्रकाशहरूका रूपमा प्रकाशित भएको थियो; यसलाई सिद्धान्त र करारको १८३५ संस्करणका लागि अगमवक्ताद्वारा एक खण्डमा संयुक्त गरिएको थियो ।
१–४, डेवीड व्हीट्मरलाई लगनशीलताका साथ सेवा गर्न असक्षम भएकोमा हप्काइयो; ५–८, पिटर व्हीट्मर जूनियरले लमानीहरूमा सुसमाचार प्रचारका लागि ओलीवर काउड्रीका साथ दिनुपर्ने छ; ९–११, जोन व्हीट्मरलाई सुसमाचार प्रचारको लागि बोलावट गरिएको छ ।
१ हेर, म तिमीलाई भन्छु, डेभिड कि तिमी मानिसहरूसँग डराएका छौ र शक्तिका लागि तिमी ममा भर परेका छैनौ जुन तिमीले गर्नु पर्दथ्यो ।
२ परन्तु तिम्रा मस्तिष्क तिम्रा सृष्टिकर्ताका कुराहरू र तिमीलाई बोलाइएको सेवाको कार्यमा भन्दा पृथ्वीका विषयहरूमा बढी छ; र तिमीहरूले मेरा आत्मामा र तिमी भन्दा माथी नियुक्त भएकाहरूमा ध्यान दिएका छैनौ, तर तीद्वारा मनाइएका छौ जसलाई मैले आज्ञा दिएको छैन ।
३ यसकारण, तिमीलाई आफ्ना लागि सोधपुछ गर्न अनि तिमीले प्राप्त गरेका विषयहरूमा विचार गर्न मेरा हातमा छोडिएको छ ।
४ अनि तिम्रो घर तिम्रा पिताको घरमा हुने छ, जबसम्म मैले तिमीलाई थप आज्ञाहरू दिने छैन । अनि तिमीले चर्च र संसारसामु र त्यसका वरिपरिका क्षेत्रहरूका परोपकारमा सहभागी हुनु पर्छ । आमीन ।
५ हेर म तिमीलाई भन्छु, पिटर, कि तिमीले तिम्रा दाजु ओलिवरसँग यात्रा गर्नु पर्छ; किनकि समय आएको छ कि यो ममा आवश्यक छ कि तिमीले मेरा सुसमाचार घोषणा गर्नका निम्ति तिम्रो मुख खोल्नु पर्दछ; त्यसकारण, नडराऊ, तर तिम्रा दाजुका वचनहरू र सुझावमा ध्यान देऊ, जुन उनले तिमीलाई दिने छन् ।
६ अनि उनका सबै कष्टहरूमा तिमी दुःखी हुनू, ममा प्रार्थना र आस्थाका साथ सदा आफ्ना हृदय उचालेर, उनको र आफ्नो उद्धारका निम्ति; किनकि मैले उनलाई मेरा चर्च लमानीहरूका माझमा निर्माण गर्ने शक्ति दिएको छु;
७ अनि उनको सल्लाहकार बन्नका लागि चर्चका विषयहरूका सम्बन्धमा, उनका दाजु जोसेफ स्मिथ जुनियर बाहेक उनीमाथि मैले कसैलाई पनि नियुक्त गरेको छैन ।
८ यसकारण, यी विषयहरूमा ध्यान देऊ र मेरा आज्ञाहरू पालन गर्नमा लगनशील होऔ, अनि तिमीले अनन्त जीवनमा आशीष प्राप्त गर्ने छौ । आमीन ।
९ हेर, म तिमीलाई भन्छु, मेरा सेवक जोन, कि तिमीले यस समयदेखि तुरहीको आवाजमा जस्तै साथमा मेरा सुसमाचारको घोषणा गर्न प्रारम्भ गर्नु पर्छ ।
१० अनि तिम्रो काम तिम्रो दाजु फिलीप बुरोजकहाँ र त्यस क्षेत्रको वरिपरि हुने छ, हो, जहाँ तिमीलाई सुन्न सकिन्छ, जबसम्म मैले तिमीलाई त्यहाँबाट जानका निम्ति आज्ञा दिने छैन ।
११ अनि यस पश्चात् तिम्रो सम्पूर्ण परिश्रम सियोनमा हुनु पर्छ, तिम्रो सम्पूर्ण जीवात्माका साथ; हो तिमीले सदा मेरा कारणमा आफ्नो मुख खोल्नु पर्छ, मानिसले के गर्न सक्छन् भनेर डर नमानी, किनकि म तिम्रो साथमा छु । आमीन ।