धर्मशास्त्रहरू
सिद्धान्त र करार ५६


खण्ड ५६

अगमवक्ता जोसेफ स्मिथद्वारा कर्टल्याण्ड, ओहायोमा जून १५, १८३१ मा दिइएको प्रकाश । पूर्व प्रकाशलाई पालना नगरेकोमा यो प्रकाशद्वारा एज्रा थायरलाई हप्काइन्छ (पद ८ मा उल्लेख गरिएको “आज्ञा”), जुन जोसेफ स्मिथले उनका लागि प्राप्त गरेका थिए, फ्रेडरिक जि. विलियम्स को खेतमा थायरलाई दिइएको आफ्नो कर्तव्यका सम्बन्धमा निर्देशन दिँदै, जहाँ उनी बस्थे । निम्न प्रकाशले थमस बि. मार्ससँग मिजोरीसम्म यात्रा गर्ने थायरको बोलावटलाई पनि रद्द गर्छ (हेर्नुहोस् खण्ड ५२:२२) ।

१–२, मुक्ति प्राप्त गर्न सन्तहरूले आफ्नो क्रूस उठाएर परमप्रभुलाई अनुशरण गर्नु पर्छ; ३–१३, परमप्रभुले आज्ञा दिनुहुन्छ र रद्द गर्नु हुन्छ, अनि अवज्ञाकारीलाई निकाला गर्नु हुन्छ; १४–१७, धिक्कार छ ती धनीलाई जसले गरिबलाई सहायता गर्दैन, अनि धिक्कार छ ती गरिबलाई जसका हृदय चूर्ण भएका छैनन्; १८–२०, आशीषित छन् ती गरिबहरू जो हृदयमा शुद्ध छन्, किनकि तिनीहरूले पृथ्वीका उत्तराधिकार पाउने छन् ।

सुन, हे मानिसहरू जसले मेरो नामको घोषणा गर्छ, परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ; किनकि हेर, विद्रोही बिरुद्ध मलाई रिस उठ्छ, अनि राष्ट्रहरूमाथि दण्डको र रिसले चूर भएको दिन तिनीहरूले मेरा बाहु र मेरा क्रोधलाई अनुभव गर्ने छन् ।

अनि ऊ जसले आफ्नो क्रूस उठाउँदैन र मलाई अनुशरण गर्दैन, अनि मेरा आज्ञाहरू पालना गर्दैन, उसलाई मुक्त गरिने छैन ।

हेर, म, परमप्रभु, आज्ञा दिन्छु; अनि मैले आज्ञा दिएपछि र आज्ञालाई तोडेमा र जसले आज्ञाको पालना गर्दैन, उसलाई मेरो आफ्नै समयमा अलग्याइने छ ।

यसकारण, म, परमप्रभु, मलाई सही लागेअनुसार आज्ञा दिन्छु अनि रद्द गर्छु; अनि परमप्रभु भन्नुहुन्छ यी सबै विद्रोहीका शिरमा जवाफदेही हुनु पर्ने छ ।

यसकारण, म मेरा सेवकहरू थोमस बि. मार्स र एज्रा थायरलाई दिइएका आज्ञा रद्द गर्छु, अनि नयाँ आज्ञा मेरा सेवक थोमसलाई दिन्छु, कि उनले मिजोरीको भूमिमा आफ्नो यात्रा तत्कालै सुरु गर्ने छन् अनि मेरा सेवक सेलाह जे. ग्रिफिन पनि उनीसँगै जाने छन् ।

किनकि हेर, थोम्पसनमा भएका मेरा जनहरूको कठोरता र तिनीहरूको विद्रोहका कारण मैले मेरा सेवकहरू सेलाह जे. ग्रिफिन र नुवल नाइटलाई दिएका आज्ञा रद्द गर्छु ।

यसकारण, मेरा सेवक नुवल नाइट उनीहरू सँगै बस्नु पर्छ; अनि जतिजना जान चाहन्छन् जान सक्छन्, जो मेरासामु पश्चात्तापी छन्, अनि मैले नियुक्त गरेको भूमिमा उनीद्वारा नेतृत्व गरिनु पर्छ ।

अनि पुनः, साच्चैँ नै म तिमीहरूलाई भन्छु, कि मेरा सेवक एज्रा थायरले आफ्नो घमण्ड र आफ्नो स्वार्थको पश्चात्ताप गर्नु पर्छ र पूर्व आज्ञाको पालना गर्नु पर्छ जुन मैले उनी बस्ने स्थानका सम्बन्धमा दिएको थिएँ ।

अनि यदि उनले यसो गरेमा, त्यस भूमिको विभाजन हुने छैन, उनलाई अझै पनि मिजोरीको भूमिमा जान नियुक्त गरिने छ;

१० अन्यथा उनले तिरेको पैसा उनले प्राप्त गर्नु पर्ने छ र त्यो स्थान छोड्नु पर्ने छ, अनि मेरो चर्चबाट अलग्याइने छ, सैन्यहरूका अधिपति परमप्रभु परमेश्वर भन्नुहुन्छ;

११ अनि स्वर्ग र पृथ्वी बितेर गए तापनि, यी वचनहरू बितेर जाने छैनन्, तर सबै पूरा हुने छन् ।

१२ अनि यदि मेरा सेवक जोसेफ स्मिथ जुनियरले अनिवार्य रूपमा पैसा तिर्नु पर्छ भने, हेर, म, परमप्रभुले उनलाई पुनः मिजोरीको भूमिमा तिर्ने छु, ताकि जसबाट उनले प्राप्त गर्छन् तिनीहरूलाई उनीहरूले गरेअनुसार पुनः पुरस्कृत गरिने छ;

१३ किनकि उनीहरूले गरेअनुसार उनीहरूका उत्तराधिकारका भूमिहरूमा समेत उनीहरूले प्राप्त गर्ने छन् ।

१४ हेर, परमप्रभु मेरा मानिसहरूलाई यसो भन्नुहुन्छ—तिमीहरूले धेरै कार्यहरू गर्नु छ र धेरै पश्चात्ताप गर्नु छ; किनकि हेर, तिमीहरूका पापहरू मकहाँ आइपुगेका छन् र क्षमा गरिएका छैनन्, किनकि तिमीहरू आफ्नै इच्छाअनुसार आफैसँग सल्लाह लिन्छौ ।

१५ अनि तिमीहरूका हृदयहरू सन्तुष्ट छैनन् । अनि तिमीहरू सत्यको पालना गर्दैनौ तर अधार्मिकतामा रमाउँछौ ।

१६ धिक्कार छ तिमी धनी मानिसहरूलाई जसले आफ्ना स्रोतहरू गरिबलाई दिँदैनौ, किनकि तिमीहरूका धनसम्पत्तिले तिमीहरूका जीवात्मालाई भ्रष्ट पार्ने छ; अनि यो दण्ड र फैसला र क्रोधका दिनमा तिमीहरूको महान् विलाप हुने छ: फसल काटिसकिएको छ, ग्रीष्म ऋतुको अन्त्य भैसकेको छ र मेरो जीवात्माले मुक्ति पाएन!

१७ धिक्कार छ तिमी गरिब मानिसहरूलाई जसका हृदयहरू टुक्रिएका छैनन्, जसका जीवात्माहरू पश्चात्तापी छैनन् र जसका पेट अघाउँदैन र जसका हातहरू अरू मानिसका सामानहरू लिनबाट टाढा रहन सक्दैनन्, जसका आँखाहरू लोभले भरिएका हुन्छन् र जसले आफ्नै हातले परिश्रम गर्दैन!

१८ परन्तु ती गरिबहरू आशीषित छन् जो हृदयमा शुद्ध छन्, जसका हृदयहरू टुक्रिएका छन् र जसका जीवात्माहरू पश्चात्तापी छन्, किनकि तिनीहरूले आफ्नो उद्धारका लागि परमेश्वरको अधिराज्य शक्ति र महान् महिमाका साथ आइरहेको देख्ने छन्; किनकि पृथ्वीको प्रचुरता तिनीहरूका हुने छन् ।

१९ किनकि हेर, परमप्रभु आउनुहुने छ, अनि उहाँको प्रतिफल उहाँसँगै हुने छ अनि उहाँले हरेक मानिसलाई इनाम दिनुहुने छ, अनि गरिब रमाउने छ;

२० अनि तिनीहरूका सन्ततिहरू एउटा पिंडीदेखि अर्को पिंडीसम्म, सधैँ र सदासर्वदा पृथ्वीको उत्तराधिकारी बन्ने छन् । अनि अब म तिमीहरूसँग बोल्न अन्त्य गर्छु । अनुसार समेत । आमीन ।