खण्ड १३५
कार्थेज, इलिनोइ, जुन २७, १८४४ मा जोसेफ स्मिथ अगमवक्ता र उनका दाजु कुलपिता हाइरम स्मिथको साहादतको घोषणा । यो कथनलाई सिद्धान्त र करारको १८४४ को संस्करणको अन्त्यमा समावेश गरिएको थियो, जुन जोसेफ र हाइरम स्मिथको हत्या हुँदा प्रकाशनका लागि लगभग तयार थियो ।
१–२, जोसेफ र हाइरम कार्थेज कारागारमा सहिद भए; ३, अगमवक्ताको सर्वश्रेष्ठ स्थान घोषणा गरियो; ४–७, तिनीहरूको निर्दोष रगतले कार्यको सत्यता र देवत्वको गवाही दिन्छ ।
१ यस पुस्तक र मोर्मोनको पुस्तकको गवाहीलाई बाँध्नका लागि, हामी जोसेफ स्मिथ अगमवक्ता र हाइरम स्मिथ कुलपिताको साहादतको घोषणा गर्छौं । तिनीहरूलाई कार्थेज कारागारमा २७ जुन १८४४ मा साँझ ५ बजे तिर १५० देखि २०० जनासम्मको—कालो रङ्ग पोतेको—सशस्त्र भीडले गोली हानेको थियो । हाइरमलाई पहिला गोली हानियो र शान्तपूर्वक ढले, यसो भन्दै: म मरेको मान्छे हुँ! जोसेफ झ्यालबाट हाम्फाले र यो प्रयासमा गोली हानेर मारिए, यसो भन्दै: हे परमप्रभु मेरा परमेश्वर! तिनीहरूको मृत्यु भइसके पछि दुबैलाई निर्मम तरिकाले गोली हानियो र दुबैले चार गोली खाए ।
२ जोन टेलर र विलार्ड रिचर्ड्स, त्यसबेला कोठामा केवल बाह्र मध्येका दुई, व्यक्ति थिए; पहिलो चार गोलीले निर्मम तरिकाले घाइते भएका थिए तर पछि स्वस्थ भएका छन्; दोस्रो, परमेश्वरको कृपाले उनको कपडामा एक प्वाल बिना नै भागे ।
३ जोसेफ स्मिथ, परमप्रभुका अगमवक्ता र द्रष्टाले, यस संसारमा मानिसहरूको मुक्तिका लागि, येशूले बाहेक, यसमा जिउने अन्य कुनै मानिसले भन्दा धेरै कार्य गरेका छन् । बीस वर्षको छोटो अन्तरालमा, उनले मोर्मोनको पुस्तकलाई अगाडि ल्याएका छन्, जुन उनले परमेश्वरको उपहार र शक्तिद्वारा अनुवाद गरेका थिए र यसलाई दुई महादेशहरूमा प्रकाशित गर्ने माध्यम भएको छ; अनन्त सुसमाचारको परिपूर्णता, जुन यसमा समावेश छ, पृथ्वीका चारै क्षेत्रहरूमा पठाएका छन्; सिद्धान्त र करारको यो पुस्तक रचना गर्ने प्रकाश र आज्ञाहरू र मानिसहरूका सन्ततिहरूको लाभका लागि धेरै अन्य बुद्धिमानी कथनहरू र निर्देशनहरू ल्याएका छन्; हजारौं पछिल्ला दिनका सन्तहरू एकत्रित गरे, एउटा महान् सहर स्थापना गरे र विनास गर्न नसकिने प्रसिद्धि र नाम छोडे । उनले महान् जीवन जिए र उनी परमेश्वर र उनका जनहरूको नजरमा महान् मृत्यु भयो; र प्राचीन समयमा परमप्रभुका धेरैजसो अभिषिक्त जनहरूले जस्तै, आफ्नो उद्देश्य र आफ्ना कार्यहरू आफ्नै रगतले बाँधेका छन्; अनि उनका दाजु हाइरमले पनि । जीवनमा तिनीहरू विभाजित थिएनन् र मृत्युमा तिनीहरू अलग भएनन्!
४ जब जोसेफ आफ्नो हत्या हुनुभन्दा दुई वा तीन दिनपूर्व ढोँगी कानुनी आवश्यकताहरू पूरा गर्न आफूस्वयम् लाई समर्पण गर्न कार्थेज गए, तिनले यसो भने: “म मारिने थुमा जस्तै जाँदैछु; तर म ग्रीष्म ऋतुको बिहानी जस्तै शान्त छु; मसँग परमेश्वर र सबै मानिसहरूप्रति अपराध रहित चेतना छ । म निर्दोष भएर मर्ने छु र मेरा सम्बन्धमा अझै भनिने छ—उनलाई निर्दयी रूपमा मारिएको थियो।”—त्यही बिहान, हाइरमले जाने तयारी गरिसकेपछि—के यसलाई हत्या गरिने भनिन्छ? हो, किनकि यो त्यस्तै थियो—उनले मोर्मोनको पुस्तकमा रहेको एतेरको बाह्रौँ अध्यायको अन्त्यमा निम्न अनुच्छेद पढे र सङ्केतका लागि त्यस पृष्ठको माथिको भागलाई पट्याए:
५ अनि यस्तो हुन गयो कि मैले परमप्रभुलाई प्रार्थना गरेँ ताकि उहाँले गैह्र-यहूदीहरूलाई अनुग्रह दिनुहुने छ, कि उनीहरूसँग करुणा हुन सक्छ । अनि यस्तो हुन गयो कि परमप्रभुले मलाई भन्नुभयो: यदि उनीहरूसँग करूणा तिमीलाई यसको कुनै अर्थ छैन, तिमी आस्थावान् भएका छौ; यसकारण तिम्रा वस्त्रहरूलाई सफा बनाइने छन् । अनि किनभने तिमीले तिम्रा कमजोरीहरूलाई देखेका छौ तिमीलाई मजबुत बनाइने छ, त्यो स्थानमा बस्ने गरी समेत जुन मैले मेरा पिताका महलहरूमा तयार पारेको छु । अनि अब म … गैह्र-यहूदीहरूसँग; हो, मैले प्रेम गर्ने मेरा बन्धुहरूसँग पनि बिदा लिन्छु, हामी ख्रीष्टको न्यायको आसनअगाडि नभेट्दासम्म, जहाँ सबै मानिसहरूले बुझ्न सक्ने छन् कि मेरा वस्त्रहरूमा हजुरको रगतको दाग छैन । अहिले इच्छापत्रकर्ताहरूको मृत्यु भइसकेको छ र तिनीहरूको इच्छापत्र वैध छ ।
६ हाइरम स्मिथ फेब्रुवरी, १८४४ मा ४४ वर्षका थिए र जोसेफ स्मिथ डिसेम्बर १८४३ मा ३८ वर्षका थिए; र यस समयदेखि अगाडि तिनीहरूको नाम धर्मका सहिदहरूका माझमा वर्गीकरण गरिने छ; र प्रत्येक राष्ट्रका पाठकलाई स्मरण गराइने छ कि मोर्मोनको पुस्तक र चर्चको सिद्धान्त र करारको यो पुस्तकले, विनाश भएको संसारको मुक्तिका लागि तिनीहरूलाई अस्तित्वमा ल्याउन उन्नाइसौँ शताब्दीका सर्बोत्तम रगत आवश्यक थियो; र यदि आगाले परमेश्वरको महिमाका लागि हरियो रूखलाई खरानी पार्न सक्छ भने, यसले सुकेका रूखहरू भ्रष्टाचारको अङ्गुरको बगैँचालाई विशुद्ध पार्न कति सजिलै सँग जलाउने छ । तिनीहरू महिमाको लागि जिए; तिनीहरू महिमाका लागि मरे; र महिमा उनीहरूको अनन्त पुरस्कार हो । तिनीहरूका नामहरू युगदेखि-युगसम्म पवित्र पारिएकालाई तिनीहरू रत्नहरूका रूपमा सन्ततिमा हस्तान्तरण गरिने छ ।
७ तिनीहरू कुनै पनि अपराधबाट निर्दोष थिए, जसरी प्रायः तिनीहरू पहिले प्रमाणित भएका थिए र देशद्रोही र दुष्ट मानिसहरूको षड्यन्त्रद्वारा केवल कारागारमा थुनिएका थिए; र कार्थेज कारागारको भुइँमा तिनीहरूको निर्दोष रगत “मोर्मोनिजम” मा दृढतापूर्वक जोडिएको बन्धन हो जुन पृथ्वीको कुनै पनि अदालतले अस्वीकार गर्न सक्दैन र तिनीहरूको निर्दोष रगत इलिनोइको राज्यको ढालमा, राज्यपालद्वारा प्रतिज्ञा गरिएको राज्यको टुटेको आस्थासँगै, अनन्त सुसमाचारको सत्यताको साक्षी हो जुन सारा संसारले महाभियोग गर्न सक्दैन; र तिनीहरूको निर्दोष रगत स्वतन्त्रताको ध्वजामा र संयुक्त राज्य अमेरिकाको magna charta मा, येशू ख्रीष्टको धर्मको राजदूत हो, जसले इमान्दार मानिसहरूको हृदय छुने छ; सबै राष्ट्रहरू बीच; र तिनीहरूको निर्दोष रगत जोनले देखेको वेदीमुनि सबै सहिदहरूको निर्दोष रगत सहित, उहाँले पृथ्वीमा त्यो रगतको बदला नलिँदासम्म सैन्यहरूका अधिपतिलाई आग्रह गर्ने छ । आमीन ।