धर्मशास्त्रहरू
सिद्धान्त र करार १२


खण्ड १२

अगमवक्ता जोसेफ स्मिथद्वारा जोसेफ नाइट सिनियरलाई हार्मोनी, पेन्सिल्भेनियामा मे १८२९ मा दिइएको प्रकाश । मोर्मोनको पुस्तकका पाताहरू जोसेफ स्मिथको आधिपत्यमा भएको अनि प्रगति भइरहेको अनुवादका कार्यको घोषणालाई जोसेफ नाइटले विश्वास गरे अनि जोसेफ स्मिथलाई र उनका शास्त्रीलाई धेरै पटक भौतिक सहयोग दिएका थिए, जसले उनीहरूलाई अनुवादको काममा निरन्तरता दिन सक्षम गरायो । जोसेफ नाइटको अनुरोधमा अगमवक्ताले परमप्रभुलाई सोधे अनि प्रकाश प्राप्त गरे ।

१–६, अङ्गुरको बगैँचाका मजदुरहरूले मुक्ति पाउनेछन्; ७–९, ती सबै जसले चाहना गर्छन् र योग्य छन् परमप्रभुको कार्यमा सहायता गर्न सक्छन् ।

एक महान् अनि विस्मयकारी कार्य मानिसहरूका छोराछोरीहरू अघि आउँदै छ ।

हेर, म परमेश्वर हुँ; मेरा वचनलाई ध्यान देऊ, जुन जिउँदो अनि शक्तिशाली छ, दुईधारे तरबार भन्दा पनि धारिलो छ, जोर्नी र हड्डीको मासी दुबैलाई टुक्रा टुक्रामा विभाजन गर्ने; त्यसैले, मेरा वचनलाई ध्यान देऊ ।

हेर, बाली काट्नका लागि सेतो भएको छ; त्यसकारण, जसले फसल काट्ने चाहना गर्छ उसले आफ्नो बलका साथ हँसियाले जोर लगाउनु पर्छ, अनि दिन रहुन्जेलसम्म फसल काट्नु पर्छ, ताकि उसले परमेश्वरको अधिराज्यमा आफ्नो जीवात्माका लागि चिरस्थायी मुक्ति भण्डार गर्न सक्छ ।

हो, जसले आफ्नो हँसियाले जोर लगाउने छ र फसल काट्ने छ, उसैलाई परमेश्वरद्वारा बोलावट गरिन्छ ।

त्यसकारण, यदि तिमीले मलाई सोधेमा तिमीले प्राप्त गर्ने छौ; यदि तिमीले ढकढक्याएमा यो तिम्रो लागि उघारिने छ ।

अब, तिमीले सोधेकाले, हेर, म तिमीलाई भन्छु, मेरा आज्ञाहरूको पालना गर, अनि सियोनको उद्देश्यलाई अघि ल्याउन र स्थापित गर्नका लागि प्रयास गर ।

हेर, म तिमीलाई भन्दछु अनि ती सबैलाई पनि जोसँग यो कार्यलाई अघि ल्याउने र स्थापित गर्ने चाहना छ;

अनि विनम्र र प्रेमले भरिएको, आस्थावान्, आशापूर्ण अनि करुणामय, उसको हेरचाहमा सुम्पिएको जे भए तापनि सबै विचारहरूमा उनी आत्मसंयमी नभएसम्म कसैले पनि यो कार्यमा सहायता गर्न सक्दैन ।

हेर, म संसारको ज्योति र जीवन हुँ, जसले यी शब्दहरू उच्चारण गर्छौ, त्यसकारण तिम्रो क्षमताका साथ सुन अनि पालना गर, अनि त्यसपछि तिमीलाई बोलावट दिइने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्