धर्मशास्त्रहरू
सिद्धान्त र करार १०५


खण्ड १०५

अगमवक्ता जोसेफ स्मिथद्वारा, फिसिङ नदी, मिजोरीमा, जुन २२, १८३४ मा दिइएको प्रकाश । अगमवक्ताको नेतृत्वमा, ओहायो र अन्य क्षेत्रहरूका सन्तहरूले पछि सियोनको शिविर भनेर चिनिने एक अभियानका लागि मिजोरीतर्फ यात्रा गरे । तिनीहरूको उद्देश्य निष्काशन गरिएका मिजोरीका सन्तहरूलाई तिनीहरूको भूमि ज्याक्सन प्रदेशमा फर्कन सहयोग गर्नु थियो । यसपूर्व सन्तहरूलाई सताएका मिजोरीका बासिन्दाहरूले सियोनको शिविरबाट प्रतिशोध पाउने डरले क्ले प्रदेश, मिजोरीमा बस्ने केही सन्तहरूलाई पूर्व सतर्कता अपनाई आक्रमण गरे । मिजोरीका गभर्नरले सन्तहरूलाई सहयोग गर्ने आफ्नो प्रतिज्ञा फिर्ता लिएपछि, जोसेफ स्मिथले यो प्रकाश प्राप्त गरे ।

१–५, सेलेस्टियल नियम अनुरूप सियोनको निर्माण गरिने छ; ६–१३, सियोनको उद्धार केही समयका लागि स्थगित गरिएको छ; १४–१९, परमप्रभुले सियोनका युद्धहरू लड्नुहुने छ; २०–२६, सन्तहरू विवेकी हुनु पर्छ र तिनीहरूले एकत्रित भई महान् कार्यहरू गर्दा घमण्ड गर्नु हुँदैन; २७–३०, ज्याक्सन र वरिपरिका प्रदेशहरूमा भूमिहरू खरिद गरिनु पर्छ; ३१–३४, एल्डरहरूले कर्टल्याण्डमा परमप्रभुको गृहमा एक अभिदान प्राप्त गर्नु पर्छ; ३५–३७, बोलावट गरिएका र छनोट गरिएका सन्तहरू पवित्र पारिने छन्; ३८–४१, सन्तहरूले संसारमा शान्तिको झण्डा उठाउनु पर्छ ।

साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू जसले आफूहरू स्वयंलाई एकत्रित गरेका छौ ताकि तिमीहरूले पीडामा परेका मेरा जनहरूको उद्धारका सम्बन्धमा मेरो चाहना बुझ्न सक्छौ—

हेर, म तिमीहरूलाई भन्छु, यदि यो मेरा जनहरूका उल्लङ्घनहरूका लागि नभएको भए, व्यक्तिहरूका सम्बन्धमा नभई चर्चका सम्बन्धमा बोल्दा, तिनीहरूले अहिले पनि छुटकारा प्राप्त गर्न सक्थे ।

परन्तु हेर, तिनीहरूले उनीहरूबाट मैले अपेक्षा गरेका कार्यहरूप्रति आज्ञाकारी हुन सिकेका छैनन् तर सबै प्रकारका दुष्टताले भरिएका छन् र सन्तहरूलाई आत्मनिर्भर बन्न, उनीहरूका बीचका गरिब र पीडितहरूलाई आफ्ना सामग्रीहरू प्रदान गर्दैनन्;

अनि सेलेस्टियल अधिराज्यका नियमद्वारा अपेक्षा गरिएअनुसारका संयोजनमा एकताबद्ध छैनन्;

अनि सियोन निर्माण गर्न सकिँदैन जबसम्म यो सेलेस्टियल अधिराज्यको नियमका सिद्धान्तद्वारा हुँदैन; अन्यथा म उनलाई आफैँमा स्वीकार गर्न सक्दिनँ ।

अनि यदि यो आवश्यक छ भने, उनीहरूका पीडादायी कष्टहरूद्वारा मेरा जनहरूलाई उनीहरूले आज्ञाकारिता नसिकेसम्म हप्काउनु आवश्यक छ ।

म मेरा जनहरूको अगुवाइ गर्न नियुक्त भएकाहरूका सम्बन्धमा बोल्दिनँ, जो मेरो चर्चका प्रथम एल्डरहरू हुन्, किनकि तिनीहरू सबै यस निन्दाको अधीनमा छैनन्;

परन्तु म सीमा बाहिरका मेरा चर्चहरूका सम्बन्धमा बोल्छु—त्यहाँ धेरै छन् जसले भन्ने छन्: तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ? हेर, उहाँले तिनीहरूलाई सङ्कटको समयमा छुटकारा दिनुहुने छ, अन्यथा हामी सियोनमा जाने छैनौँ र हाम्रो पैसा राख्ने छैनौँ ।

त्यसकारण, मेरा जनहरूका उल्लङ्घनहरूको फलस्वरूप, सियोनको उद्धारका लागि मेरा एल्डरहरूले केही समयका लागि प्रतीक्षा गर्नु ममा उचित छ—

१० ताकि तिनीहरू आफैँ तयार हुन सक्ने छन् र मेरा जनहरूलाई अझै उपयुक्त रूपमा सिकाउन सकिने छ र अनुभव गर्न सक्ने छन् र तिनीहरूको कर्तव्यका सम्बन्धमा र मैले उनीहरूका हातहरूबाट अपेक्षा गरेका कार्यहरू अझै उत्तम रूपमा बुझ्न सक्ने छन् ।

११ अनि मेरा एल्डरहरूले माथिको शक्तिबाट अभिदान प्राप्त नगरेसम्म यो पूरा गर्न सकिँदैन ।

१२ किनकि हेर, जति जति तिनीहरू आस्थावान् छन् र मेरा सामु विनम्रतामा निरन्तरता दिन्छन्, मैले उनीहरूमाथि खन्याउनका लागि महान् अभिदान र आशीर्वाद तयार गरेको छु ।

१३ त्यसकारण सियोनको उद्धारका लागि मेरा एल्डरहरूले केही समयका लागि प्रतीक्षा गर्नु ममा उचित छ ।

१४ किनकि हेर, म सियोनका युद्धहरू लड्न तिनीहरूको सहयोगको अपेक्षा गर्दिनँ; किनकि, मैले यसपूर्वको आज्ञामा भनेजस्तै म यसरी पूरा गर्ने छु—म तिमीहरूका युद्धहरू लड्ने छु ।

१५ हेर, त्यो विनाशक मैले मेरा शत्रुहरूलाई विनाश गर्न र दबाउन पठाएको छु; अनि यस पछि उनीहरूलाई मेरो सम्पदालाई अपवित्र बनाउन र भूमिहरूमा मेरो नामको निन्दा गर्न धेरै वर्ष छोडिने छैन जुन मेरा सन्तहरूलाई एकत्रित हुनका लागि मैले पवित्र पारेको छु ।

१६ हेर, मैले मेरो सेवक जोसेफ स्मिथ जुनियरलाई मेरो आलयको सामर्थ्य, मेरा योद्धाहरूसमेत, मेरा जवानहरू र अधबैँसेहरू, मेरा जनहरूको उद्धारका लागि एकसाथ एकत्रित हुन र मेरा शत्रुहरूका स्तम्भहरू भत्काउन र तिनीहरूका पहरेदारहरूलाई तितरबितर पार्न आज्ञा दिएको छु;

१७ परन्तु मेरो गृहको समूहले मेरा वचनहरूलाई सुनेन ।

१८ परन्तु जति जति त्यहाँ त्यस्ता छन् जसले मेरा वचनहरूलाई सुनेका छन्, यदि तिनीहरू आस्थावान भइरहन्छन् भने, मैले तिनीहरूका लागि आशीर्वाद र अभिदान तयार पारेको छु ।

१९ मैले तिनीहरूका प्रार्थनाहरू सुनेको छु र तिनीहरूका अर्पण स्वीकार गर्ने छु; र यो ममा उचित छ ताकि तिनीहरूलाई उनीहरूका आस्थाका परीक्षणका लागि यहाँसम्म ल्याइनु पर्छ ।

२० अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, म तिमीहरूलाई एक आज्ञा दिन्छु, ताकि जतिजना यहाँ आएका छन्, जो वरपरको क्षेत्रमा बस्न सक्छन्, तिनीहरू बस्नु पर्छ;

२१ अनि ती जो बस्न सक्दैनन्, जसका परिवारहरू पूर्वमा छन्, जति जति मेरा सेवक जोसेफले तिनीहरूलाई नियुक्त गर्छन्, तिनीहरूलाई केही समयका लागि बस्नु पर्छ;

२२ किनकि म उनलाई यस विषयका सम्बन्धमा सल्लाह दिने छु र उनले तिनीहरूलाई नियुक्त गरेका सबै विषयहरू पूरा हुने छन् ।

२३ अनि वरपरका क्षेत्रहरूमा बसोबास गर्ने मेरा सबै जनहरू अति नै आस्थावान् र भक्त हुन् र मेरासामु विनम्र हुनु पर्छ र मैले तिनीहरूसामु प्रकट गरेका धारणाहरू प्रकट गर्नु हुँदैन, जबसम्म तिनीहरू प्रकट हुनु पर्छ भनेर ममा ज्ञान हुँदैन ।

२४ न्याय फैसलाका सम्बन्धमा कुरा नगर, न आस्थाको घमण्ड नै न महान् कार्यहरूको तर निरन्तर जनहरूको भावना अनुरूप, जति सकिन्छ होसियारीपूर्वक एक स्थानमा सँगै एकत्रित गर;

२५ अनि हेर, म तिमीहरूलाई तिनीहरूका दृष्टिमा समर्थन र अनुग्रह दिने छु, ताकि तिमीहरूले शान्ति र सुरक्षामा आराम गर्न सक्छौ, जब तिमीहरू मानिसहरूका सामु घोषणा गर्छौ: हाम्रा लागि नियमअनुसार फैसला र न्याय कार्यान्वयन गर्नुहोस् र हाम्रा गल्तीहरूको निवारण गर्नुहोस् ।

२६ अब, हेर, म तिमीहरूलाई भन्छु, मेरा मित्रहरू, इस्राएलको सेना विशाल नभएसम्म यसरी नै तिमीहरूले मानिसहरूको दृष्टिमा अनुग्रह प्राप्त गर्न सक्छौ ।

२७ अनि मैले फारोको हृदयलाई गरेको जस्तै, म मानिसहरूको हृदयलाई कोमल पार्ने छु, समय-समयमा, मेरा सेवक जोसेफ स्मिथ, जुनियर र मेरा एल्डरहरू, जसलाई मैले नियुक्त गरेको छु, मेरो आलयको सामर्थ्य एकत्रित गर्ने समय नहुँदासम्म,

२८ अनि ज्ञानी मानिसहरू पठाउनका लागि, ज्याक्सन प्रदेश र वरपरका प्रदेशहरूमा खरिद गर्न सकिने सबै भूमिहरू खरिद गर्ने सम्बन्धमा मैले दिएका आज्ञा पूरा गर्न ।

२९ किनकि यी भूमिहरू खरिद गरिनु पर्छ भन्ने मेरो चाहना हो; र तिनीहरू खरिद गरिसकेपछि मेरा सन्तहरूले मैले दिएका अभिषेकका नियमहरूअनुसार तिनीहरूमा आधिपत्य जमाउनु पर्छ ।

३० अनि यी भूमिहरू खरिद गरिसकेपछि, तिनीहरूका आफ्नै भूमिहरू कब्जा गर्न, जुन तिनीहरूले यसपूर्व तिनीहरूका पैसाले किनेका थिए र तिनीहरूमाथि हुन सक्ने मेरा शत्रुहरूका स्तम्भहरू भत्काउन र तिनीहरूका पहरेदारहरूलाई तितरबितर पार्न र मलाई घृणा गर्ने तेस्रो र चौथो पुस्तालाई मेरा शत्रुहरूसँग बदला लिन म इस्राएलका सेनाहरूलाई निर्दोष ठहर्‍याउने छु ।

३१ परन्तु सर्वप्रथम मेरो सेना अति नै विशाल हुनु पर्छ र यसलाई मेरासामु पवित्र पारिनु पर्छ, ताकि यो सूर्यजस्तै चम्किलो र चन्द्रमाजस्तै स्वच्छ बनोस् र त्यसका झण्डाहरू सबै राष्ट्रहरूका लागि डरलाग्दो हुन सकून्;

३२ ताकि सियोनको अधिराज्य हाम्रा परमेश्वर र उहाँका ख्रीष्टको अधिराज्य हो भनेर स्वीकार गर्न यस संसारका अधिराज्यहरू बाध्य हुन सक्छन्; त्यसकारण, हामी उनका नियमहरूको अधीनमा रहौँ ।

३३ साच्चैँ म तिमीहरूलाई भन्छु, यो ममा उचित छ कि मेरो चर्चका प्रथम एल्डरहरूले माथिबाट मेरो आलयमा उनीहरूको अभिदान प्राप्त गर्नु पर्छ, जुन मैले कर्टल्याण्डको भूमिमा मेरो नाममा निर्माण गर्न आज्ञा दिएको छु ।

३४ अनि मैले सियोन र तिनका नियमका सम्बन्धमा दिएका आज्ञाहरू तिनको उद्धार पछि कार्यान्वयन र पूरा होस् ।

३५ बोलावटको दिन आएको छ तर छनोट गर्ने दिनको समय आएको छ; र ती जो योग्य छन् तिनीहरूको छनोट गरिनु पर्छ ।

३६ अनि यो मेरा सेवकसामु प्रकट हुने छ, आत्माको आवाजद्वारा, जो छनोट गरिएका छन्; अनि तिनीहरू पवित्र पारिने छन्;

३७ अनि जति जति तिनीहरूले प्राप्त गरेको सल्लाह पालना गर्छन्, तिनीहरूले सियोनसँग सम्बन्धित सबै कार्यहरू पूरा गर्न धेरै दिन पछि शक्ति प्राप्त गर्ने छन् ।

३८ अनि पुनः म तिमीहरूलाई भन्छु, शान्तिका लागि घोषणा गर, तिमीहरूलाई प्रहार गर्ने मानिसहरूलाई मात्र होइन तर सबै मानिसहरूलाई समेत;

३९ अनि शान्तिको झण्डा उठाओ र पृथ्वीका सीमान्तहरूमा शान्तिको घोषणा गर;

४० अनि शान्तिका लागि प्रस्तावहरू बनाओ जसले तिमीहरूलाई प्रहार गरेका छन्, आत्माको आवाजअनुसार जुन तिमीहरूमा छ र सबै कार्यहरूले तिमीहरूको लाभका लागि एकसाथ कार्य गर्ने छन् ।

४१ त्यसकारण, आस्थावान् होओ; अनि हेर र अवलोकन गर, म अन्त सम्म समेत तिमीहरूको साथमा छु । तसर्थ यस्तै हुने छ । आमीन ।

प्रिन्ट गर्नुहोस्