खण्ड १२९
तीनवटा महान् साँचाहरू प्रकट गर्दै फेब्रूवरी ९, १८४३ मा, नाभू, इलिनोइमा अगमवक्ता जोसेफ स्मिथद्वारा दिइएका निर्देशनहरू, जसद्वारा सेवा गर्ने स्वर्गदूतहरू र आत्माहरूको वास्तविक चरित्र पहिचान गर्न सकिन्छ ।
१–३, स्वर्गमा पुनरुत्थान र आत्मिक शरीर दुबै छन्; ४–९, साँचाहरू दिइन्छ जसद्वारा पर्दाको अर्को तर्फका सन्देशवाहकहरूको पहिचान गर्न सकिन्छ ।
१ स्वर्गमा दुई प्रकारका अलौकिक व्यक्तित्वहरू छन्, विशेषत: स्वर्गदूतहरू, जो पुनरुत्थापित व्यक्तित्वहरू हुन्, मासु र हड्डीहरू भएका शरीरहरू—
२ उदाहरणका लागि, येशूले भन्नुभयो: मलाई स्पर्श गर र महसुस गर, किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीहरूले ममा देख्छौ ।
३ दोस्रो: धर्मी मानिसहरूका आत्माहरूलाई परिपूर्ण बनाइयो, तिनीहरू जो पुनरुत्थान भएका छैनन् तर समान महिमाको उत्तराधिकार हुन् ।
४ जब एक दूत आउँछन् र भन्छन् उनीसँग परमेश्वरको सन्देश छ, उनलाई आफ्नो हात देऊ र उनलाई तिमीसँग हात मिलाउन अनुरोध गर ।
५ यदि उनी देवदूत हुन् भने उनले त्यसो गर्ने छन् र तिमीले उनको हात महसुस गर्ने छौ ।
६ यदि उनी परिपूर्ण बनाइएका धार्मिक व्यक्तिको आत्मा हो भने उनी आफ्नो महिमामा आउने छन्; किनकि यो उनी प्रकट हुन सक्ने एक मात्र तरिका हो—
७ उनलाई तिमीसँग हात मिलाउन आग्रह गर तर उनले हलचल गर्ने छैन, किनभने यो एक धर्मी मानिसलाई धोका दिनका लागि स्वर्गको आज्ञाका विपरीतको रीत हो; तर उनले अझै पनि आफ्नो सन्देश दिने छन् ।
८ यदि प्रकाशको स्वर्गदूतका रूपमा यो सैतान हो भने, जब तिमीले उसलाई हात मिलाउन अनुरोध गर्छौ उसले तिमीलाई आफ्नो हात दिने छ र तिमीले केही पनि महसुस गर्ने छैनौ; सोही कारणले तिमीले उसलाई पत्ता लगाउन सक्छौ ।
९ यी तीनवटा महान् साँचाहरू हुन् जसबाट तिमीले बुझ्न सक्छौ कि कुनैपनि प्रशासन परमेश्वरको हो ।