धर्मशास्त्रहरू
सिद्धान्त र करार २९


खण्ड २९

अगमवक्ता जोसेफ स्मिथद्वारा फेएट, न्यू योर्कमा, सेप्टेम्बर १८३० मा छ जना एल्डरहरूको उपस्थितिमा दिइएको प्रकाश । यो प्रकाश सेप्टेम्बेर २६, १८३० को प्रारम्भमा सम्मेलन भन्दा केही दिन अगाडि दिइएको थियो ।

१–८, ख्रीष्टले आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नु हुन्छ; ९–११, उहाँको आगमनले सहस्राब्दीलाई निमत्याउँछ; १२–१३, सबै इस्राएललाई बाह्रले न्याय गर्ने छन्; १४–२१, सङ्केतहरू, महामारीहरू र विनाशहरू दोस्रो आगमन अघि हुने छन्; २२–२८, अन्तिम पुनरुत्थान र अन्तिम न्याय सहस्राब्दी पछि आउँछ; २९–३५, परमप्रभुसामु सबै विषयहरू आत्मिक हुन्; ३६–३९, दानव र उसका सेनाहरूलाई मानिसलाई प्रलोभन दिन स्वर्गबाट निकाला गरिएको थियो; ४०–४५, पतन र प्रायश्चित्तले मुक्ति ल्याउँछ; ४६–५०, साना बालबालिकाहरूलाई प्रायश्चित्तद्वारा उद्दार गरिन्छ ।

तिम्रा उद्धारकर्ता येशू ख्रीष्टको वाणीलाई सुन, महान , जसको कृपाका बाहुले तिम्रा पापहरूका लागि प्रायश्चित्त गरेका छन्;

जसले आफ्ना मानिसहरूलाई मेरा आवाजलाई सुन्ने जतिलाई समेत र मेरा अगाडि तिनीहरू स्वयंलाई विनम्र तुल्याउनेहरूलाई र शक्तिशाली प्रार्थनामा मलाई पुकार गर्नेहरूलाई कुखुराले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुले जस्तै जम्मा गर्नुहुन्छ ।

हेर, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, कि यो समयमा तिमीहरूका पापहरूको क्षमा गरिएको छ, त्यसकरण तिमीहरूले यी कुराहरू प्राप्त गरेका छौ; तर अब पाप नगर्न सम्झनु, अन्यथा तिमीहरू माथी बिपत्ति आउने छ ।

साँच्चै नै, म तिमिहरूलाई भन्दछु कि तिमीहरूलाई तुरहीको आवाजमा जस्तै खुशीको आवाजमा मेरा सुसमाचारको घोषणा गर्न संसारबाट छनोट गरिएको छ ।

तिमीहरूका हृदयहरूलाई उचाल र प्रसन्न होऔ, किनकि म तिमीहरूका बीचमा छु र म पितासँग तिम्रो अधिवक्ता हुँ; अनि तिमीहरूलाई अधिराज्य दिने उहाँको असल चाहना हो ।

अनि, जसरी यो लेखिएको छ—मेरा आज्ञा अनुसार प्रार्थनामा एकताबद्द भएर तिमीहरूले आस्थामा जे अनुरोध गर्दछौ, तिमीहरूले प्राप्त गर्ने छौ ।

अनि मेरा चुनिएकाहरूलाई जम्मा गरेर अगाडि ल्याउन तिमीहरूलाई बोलावट गरिएको छ; किनकि मेरा चुनिएकाहरूले मेरा वाणीलाई सुन्छन् र आफ्ना हृदयहरू कठोर बनाउँदैनन्;

यसकारण पिताबाट यो उर्दी आएको छ कि तिनीहरूलाई यस भूमीको सतहमा एक स्थानमा एकत्रित गरिने छ, आफ्ना हृदयहरूलाई तयार पार्न र सबै विषयहरूमा तयार रहन त्यो दिनका बिरुद्ध जब क्षुद्रहरूमा सङ्कष्ट र विनाशहरू पठाइने छ ।

किनकि समय नजिकै छ र त्यो दिन छिट्टै आउँदैछ जब पृथ्वी पाक्ने छ; अनि सबै घमण्डी र त्यो जसले क्षुद्र रूपमा गर्दछन् ठुटा जस्तै हुनेछन्; अनि म तिनीहरूलाई जलाउनेछु, सैन्यहरूका अधिपति भन्नुहुन्छ, ताकि पृथ्वीमा क्षुद्रता रहने छैन;

१० किनकि समय नजिकै छ र मेरा प्रेरितहरूले बोलेका विषयहरू पूरा हुनु पर्दछ; किनकि उनीहरूले जस्तो बोलेका छन् त्यस्तै हुनु पर्दछ;

११ किनकि म त्यहाँका सबै सैन्यहरूसँगै स्वर्गबाट आफूलाई शक्ति र महान् महिमाका साथ प्रकट गर्ने छु, र धार्मिकतामा सबै मानिसहरूसँग पृथ्वीमा हजार बर्षसम्म बस्नेछु, अनि क्षुद्रहरू खडा रहने छैनन् ।

१२ अनि पुनः, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु र यो उर्दी दृढ रूपमा अघि बढेको छ, पिताका चाहनाद्वारा, ताकि मेरा प्रेरितहरू, बाह्रजना जो यरूशलेममा मेरा परोपकारमा मेरा साथमा थिए, मेरो आगमनको दिनमा अग्निस्तम्भमा दाहिने हात तर्फ उभिने छन्, धार्मिकताको पोशाक लगाएर, तिनीहरूका शिर माथि मुकुटका साथ, महिमामा म जस्तै, इस्राएलका सबै घरानाको न्याय गर्न, मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरूको पालन गर्नेहरू जति सबैलाई र अरू कसैलाई पनि होइन ।

१३ किनकि तुरही लामो र ठूलो आवाजमा बज्ने छ, सिनै पर्वतमा जस्तै, अनि सारा पृथ्वी हल्लीने छ र उनीहरू आउने छन्—हो, मृतकहरू समेत जसको ममा मृत्यु भए, धार्मिकताका मुकुट प्राप्त गर्न र मेरो जस्तै पोशाक लगाउनका लागि मेरा साथ रहन, ताकि हामी एक हुन सक्छौँ ।

१४ परन्तु हेर, म तिमिहरूलाई भन्दछु कि यो महान् दिन आउनु भन्दा अगाडि सूर्य आध्यारो हुने छ र चन्द्रमा रक्तमा परिवर्तन हुने छ र आकाशबाट ताराहरू झर्ने छन् र माथि स्वर्गमा र मुनि पृथ्वीमा महान् सङ्केतहरू हुने छन्;

१५ अनि त्यहाँ मानिसहरूका सैन्यहरूका माझ रूवाइ र बिलौना हुने छन्;

१६ अनि त्यहाँ पृथ्वीका अन्न बालीहरू विनाश गर्न ठूलो असीनाको आँधी पठाइने छ ।

१७ अनि यस्तो हुन जानेछ कि, संसारका क्षुद्रताका कारण, कि म क्षुद्रहरूमाथि प्रतिहिंसा लिने छु, किनकि तिनीहरूले पश्चात्ताप गर्ने छैनन्; किनकि मेरो क्रोधको प्याला भारिएको छ; किनकि हेर, यदि तिनीहरूले मलाई सुन्दैनन् भने मेरो रगतले तिनीहरूलाई शुद्ध पार्ने छैन ।

१८ यसकारण, म परमेश्वरले पृथ्वीको सतहमाथि झिङ्गाहरू पठाउने छु जसले त्यहाँका बासिन्दाहरूलाई समात्ने छन्, र तिनीहरूको मासु खानेछन् र उनीहरूमाथि भुसुनाहरू पर्ने बनाउने छु;

१९ अनि तिनीहरूका जिब्राहरूलाई रोकिनेछन् ताकि तिनीहरूले मेरा बिरुद्धमा बोल्न सक्ने छैनन्; अनि तिनीहरूका मासु तिनीहरूका हड्डीहरूबाट झर्ने छन् र तिनीहरूका आँखाहरू तिनीहरूका खोपिल्टाहरूबाट झर्ने छन्;

२० अनि यस्तो हुन जाने छ कि जङ्गलका जनावरहरूले र आकाशका चराचुरुङ्गीहरूले तिनीहरूलाई निल्ने छन् ।

२१ अनि विशाल र निन्दनीय चर्च, जुन सारा पृथ्वीको वेश्या हो, भस्म गर्ने आगोद्वारा फ्याँकिने छ, अगमवक्ता इजकिएलका मुखबाट बोलिएअनुसार, जसले यी विषयहरूका सम्बन्धमा बोले, जुन आएको छैन तर अवश्य आउनु पर्दछ, जसरी म जीवित छु, किनकि कुकर्मले शासन गर्ने छैन ।

२२ अनि पुनः, साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, कि जब हजार बर्षहरूको अन्त्य हुन्छ, र पुनः मानिसहरूले तिनीहरूका परमेश्वरलाई अस्वीकार गर्न थाल्ने छन् अनि मैले पृथ्वीलाई केवल छोटो समयका लागि बचाउने छु;

२३ अनि अन्त्य आउने छ र स्वर्ग र पृथ्वी नष्ट हुनेछन् र बितेर जाने छन्, अनि नयाँ स्वर्ग र नयाँ पृथ्वी हुने छन् ।

२४ किनकि सबै पुराना कुराहरू बितेर जाने छन् र सबै कुराहरू नयाँ बन्ने छन्, स्वर्ग र पृथ्वी समेत र त्यसका सबै परिपूर्णता, मानिसहरू र जानवरहरू दुबै, आकाशका चराचुरुङ्गीहरू र समुद्रका माछाहरू;

२५ अनि न एउटा केश, न त कण, हराउने छ, किनकि यो मेरा हातको कारीगरी हो ।

२६ परन्तु, हेर, साँच्चै नै म तिमीहरूलाई भन्दछु, पृथ्वी बितेर जानु अघि, मिखाएल, मेरा प्रधान स्वर्गदूतले तुरही बजाउने छन् अनि सबै मृतकहरू उठ्ने छन् किनकि तिनीहरूका चिहानहरू खोलिनेछन् र तिनीहरू—हो, सबै समेत बाहिर आउने छन् ।

२७ अनि धर्मीहरूलाई मेरा दाहिने हाततर्फ अनन्त जीवनसम्म एकत्रित गरिने छन्; र क्षुद्रहरूलाई मेरा देब्रे हाततर्फ जसको स्वामित्व लिन म मेरा पिताका सामु लज्जित हुने छु;

२८ यसकारण उनीहरूलाई म भन्ने छु—श्रापितहरू हो, दानव र उसका दूतहरूका लागि तयार गरिएको अनन्त अग्निमा मबाट टाढा जाओ ।

२९ अनि अब, हेर, म तिमीहरूलाई भन्दछु, मैले कुनै समयमा पनि मेरो आफ्नै मुखबाट यो घोषणा गरेको छैन कि तिनीहरू फर्कनु पर्दछ, किनकि म जहाँ छु उनीहरू त्यहाँ आउन सक्दैनन्, किनकि तिनीहरूसँग शक्ति छैन ।

३० परन्तु सम्झ कि मेरा सबै फैसलाहरू मानिसहरूलाई दिइएको छैन; र जसरी मेरा मुखबाट वचनहरू निस्केका छन् त्यसरी नै ती पूरा हुनेछन्, कि सबै विषयहरूमा पहिलो अन्तिम र अन्तिम पहिलो हुनेछ जुन मैले मेरा शक्तिको वचनद्वारा सृष्टि गरेको छु, जुन मेरा आत्माको शक्ति हो ।

३१ किनकि मेरा आत्माका शक्तिद्वारा मैले तिनीहरू; हो आत्मिक र सांसारिक दुबैको सृष्टि गरेको छु—

३२ पहिलो आत्मिक, दोस्रो सांसारिक, जुन मेरा कार्यका प्रारम्भ हुन्; अनि पुनः, पहिलो सांसारिक र दोस्रो आत्मिक, जुन मेरा कार्यका अन्तिम हुन्—

३३ तिमीहरूलाई यो भन्दै छु कि तिमीहरूले स्वभाविक रूपमा बुझ्न सकोस्; तर मेरो लागि मेरा कार्यहरूको कुनै अन्त्य छैन, न त कुनै प्रारम्भ; तर यो तिमीहरूलाई दिइएको छ ताकि तिमीहरूले बुझ्न सकोस् किनकि तिमीहरूले यो मसँग मागेका छौ र सहमत छौ ।

३४ यसकारण, साँच्चै नै म तिमीहरूलाई भन्दछु कि सबै विषयहरू मेरासामु आत्मिक हुन् र कुनै पनि समयमा मैले नियम दिएको छैन जुन सांसारिक थियो; न त कुनै मानिसहरूलाई, न मानिसहरूका छोराछोरीहरूलाई; न त आदम, तिमीहरूका पिता, जसलाई मैले सृष्टि गरेको छु ।

३५ हेर, मैले उनलाई दिएको छु ताकि उनी आफू स्वयंका लागि प्रतिनिधि हुनु पर्दछ; र मैले उनलाई आज्ञा दिएँ, तर मैले उनलाई कुनै सांसारिक आज्ञा दिइन, किनकि मेरा आज्ञाहरू आत्मिक छन्; तिनीहरू प्राकृतिक छैनन्, न त सांसारिक, न त पापमय न कामुक छन् ।

३६ अनि यस्तो हुन गयो कि आदम, दानवको प्रलोभनमा परेका कारण—किनकि हेर, दानव आदमका अगाडि थियो, किनकि उसले मेरा विरुद्द विद्रोह गर्‍यो, यसो भन्दै, मलाई तपाईंको सम्मान दिनुहोस्, जुन मेरो शक्ति हो; अनि तिनीहरूको छनौटको स्वतन्त्रताका कारण स्वर्गका सैन्यहरूका एक तिहाइ अंश पनि उसले मबाट टाढा लाग्यो;

३७ अनि तिनीहरूलाई तल फ्याँकियो र यसरी दानव र उसका दूतहरू आए;

३८ अनि, हेर, तिनीहरूका लागि प्रारम्भ देखि नै स्थान तयार पारिएको छ, जुन स्थान नरक हो ।

३९ अनि यो आवश्यक छ कि दानवले मानिसहरूका छोराछोरीहरूलाई प्रलोभनमा पार्नु पर्दछ, अन्यथा तिनीहरू स्वयंका लागि प्रतिनिधि बन्न सक्दैनन्; किनकि यदि तिनीहरूले कहिल्यै तितो पाएनन् भने तिनीहरूले मीठो थाहा पाउन सक्दैनन्—

४० यसकारण, यस्तो हुन गयो कि दानवले आदमलाई प्रलोभनमा पार्‍यो र उनले निषेधित फल खाए र आज्ञाको उल्लङ्घन गरे, जहाँ उनी दानवको इच्छाको अधीनमा पर्यो, किनकि उनी प्रलोभनमा फसे ।

४१ यसकारण, म, परमप्रभु परमेश्वरले, उनको उल्लङ्घनका कारण, उनलाई मेरो उपस्थितिबाट अदनको बगैंचाबाट निकालि दिएँ, जहाँ उनको आत्मिक मृत्यु भयो, जुन पहिलो मृत्यु थियो, त्यही मृत्युसमेत जुन अन्तिम मृत्यु हो, जुन आत्मिक हो, जुन क्षुद्रहरूसामु घोषणा गरिने छ जब म भन्ने छु: श्रापीतहरू हो, जाओ ।

४२ परन्तु हेर, म तिमिहरूलाई भन्दछु कि म, परमप्रभु परमेश्वरले आदम र तिनका सन्ततिहरूलाई दिएको छु, कि तिनीहरूको सांसारिक मृत्यु हुने छैन, जबसम्म म, परमप्रभु परमेश्वरले आस्था मार्फत् मेरा एकमात्र जन्माइएको पुत्रको नाममा तिनीहरूकहाँ पश्चात्ताप र उद्दारको घोषणा गर्न स्वर्गदूतहरू पठाउँदिन ।

४३ अनि यसरी मैले, परमप्रभु परमेश्वरले, मानिसका लागि उसको परीक्षणका दिनहरू नियुक्त गरेँ—कि उसको प्राकृतिक मृत्युद्वारा उसको अमरत्वमा, विश्वास गर्नेहरू जति सबैलाई समेत अनन्त जीवनमा उठाइने छ;

४४ अनि जसले अनन्त अभिशापको बिश्वास गर्दैनन्; तिनीहरूलाई तिनीहरूका आत्मिक पतनबाट उद्धार गर्न सकिँदैन, किनकि तिनीहरूले पश्चात्ताप गर्दैनन्;

४५ किनकि तिनीहरूलाई उज्यालो भन्दा अन्धकार मनपर्छ, अनि तिनीहरूका कार्यहरू दुष्ट छन् र तिनीहरूले आफूले पालना गर्न चुनेकाहरूबाट आफ्ना ज्याला पाउँछन् ।

४६ परन्तु हेर, म तिमीहरूलाई भन्दछु, कि साना बालबालिकाहरूलाई संसारको सृष्टि भएको समय देखि मेरा जन्माइएका एकमात्रद्वारा उद्धार गरिएका छन्;

४७ यसकारण, तिनीहरूले पाप गर्न सक्दैनन्, किनकि शैतानलाई साना बालबालिकाहरूलाई प्रलोभन गर्न शक्ति दिइएको छैन, जबसम्म तिनीहरू मेरासामु जवाफदेही बन्न सुरु गर्दैनन्;

४८ किनकि यो मेरो आफ्नै चाहना अनुसार, तिनीहरूलाई दिइन्छ, मेरा स्वयंको खुशी अनुसार, कि तिनीहरूका पिताहरूका हातमा महान् कुराहरूको आवश्यक हुन सक्छन् ।

४९ अनि, पुनः, म तिमीहरूलाई भन्दछु, कि जोसँग ज्ञान छ, के मैले पश्चात्ताप गर्न आज्ञा गरेको छैन?

५० अनि जोसँग समझ छैन, लेखिएको अनुसार गर्न यो ममा रहन्छ । अनि अब म यस समयमा तिमीहरूलाई थप घोषणा गर्दिन । आमीन ।