धर्मशास्त्रहरू
आधिकारिक घोषणा २


आधिकारिक घोषणा २

मोर्मोनको पुस्तकले सिकाउँछ कि “परमेश्वरका लागि सबै समान छन्,” “कालो र गोरो, बन्धी र स्वतन्त्र, पुरुष र महिला” सहित (२ नफी २६:३३) । चर्चको इतिहासभरि, धेरै देशहरूमा हरेक जात र जातियताका मानिसहरूले बप्तिस्मा लिएका छन् र चर्चका आस्थावान् सदस्यहरूका रूपमा जीवन यापन गरेका छन् । जोसेफ स्मिथको जीवनकालमा, चर्चका केही काला पुरुष सदस्यहरूलाई पादरित्वमा नियुक्त गरिएको थियो । यसको इतिहासको प्रारम्भमा, चर्चका अगुवाहरूले अफ्रिकी मूलका काला पुरुषहरूलाई पादरित्व प्रदान गर्न बन्द गरे । चर्चका अभिलेखहरूले यस अभ्यासको उत्पत्तिका सम्बन्धमा कुनै स्पष्ट अन्तर्दृष्टिहरू प्रदान गर्दैनन् । चर्चका अगुवाहरूले विश्वास गरे कि यो अभ्यासलाई परिवर्तन गर्नका लागि परमेश्वरबाट प्रकाश आवश्यक थियो र प्रार्थनापूर्वक मार्गदर्शन खोजे । यो प्रकाश चर्चका अध्यक्ष स्पेन्सर डबल्यू. किमबललाई आएको थियो र जुन १, १९७८ मा सल्ट लेक मन्दिरमा चर्चका अन्य अगुवाहरूलाई यसको पुष्टि गरिएको थियो । प्रकाशले जातका सन्दर्भमा सबै प्रतिबन्धहरू हटायो जुन कुनै समय पादरित्वमा लागू भएको थियो ।

जो-जससँग यो सम्बन्धित छ:

सेप्टेम्बर ३०, १९७८ मा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका १४८औँ अर्धवार्षिक साधारण सम्मेलनमा, अध्यक्ष एन्. एल्डन ट्यानर, चर्चको प्रथम अध्यक्षतामा प्रथम सल्लाहकारद्वारा निम्न प्रस्तुत गरिएको थियो:

यस वर्षको जुनको प्रारम्भमा, प्रथम अध्यक्षताले अध्यक्ष स्पेन्सर डबल्यू किम्बलद्वारा एक प्रकाश प्राप्त गरिएको घोषणा गरेको थियो चर्चका सबै योग्य पुरुष सदस्यहरूलाई पादरित्व र मन्दिरका आशीर्वादहरू उपलब्ध गराउँदै । अध्यक्ष किम्बलले आग्रह गर्नुभएको छ कि म सम्मेलनलाई सल्लाह दिन्छु कि उनले यो प्रकाश प्राप्त गरेपछि, जुन उनलाई पवित्र मन्दिरको पवित्र कोठाहरूमा विस्तारित चिन्तनमनन र प्रार्थना पछि प्राप्त भएको थियो, यसलाई उनले आफ्ना सल्लाहकारहरूलाई प्रस्तुत गरे, जसले यसलाई स्वीकार गरे र अनुमोदन गरे । त्यसपछि यो बाह्र प्रेरितहरूको गणलाई प्रस्तुत गरियो, जसले यसलाई सर्वसम्मतिले अनुमोदन गर्यो र तत्पश्चात् अन्य सबै साधारण अधिकारीहरूलाई प्रस्तुत गरियो, जसले त्यसरी नै यसलाई सर्वसम्मतिले अनुमोदन गरे ।

अध्यक्ष किम्बलले मलाई अब यो पत्र पढ्न आग्रह गर्नुभएको छ:

जुन ८, १९७८

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका संसारभरिका सबै साधारण र स्थानीय पादरित्व अधिकारीहरूलाई:

प्रिय बन्धुहरू:

हामीले पृथ्वीमा परमप्रभुको कार्यको विस्तार देखेका छौँ, हामी कृतज्ञ छौँ कि धेरै राष्ट्रहरूका मानिसहरूले पुनर्स्थापित् सुसमाचारको सन्देशलाई प्रतिक्रिया गरेका छन् र निरन्तर वृहत सङ्ख्यामा चर्चमा सहभागी भएका छन् । यसले, प्रतिफलका रूपमा, चर्चका प्रत्येक योग्य सदस्यलाई सुसमाचारले प्रदान गर्ने सबै सुविधाहरू र आशीर्वादहरू विस्तार गर्ने चाहनासहित हामीलाई प्रेरित गरेको छ ।

हामीपूर्वका चर्चका अगमवक्ताहरू र अध्यक्षहरूद्वारा गरिएका प्रतिज्ञाहरूका सम्बन्धमा हामी सचेत भएकाले कि कुनै समयमा परमेश्वरको अनन्त योजनामा, हाम्रा सबै योग्य बन्धुहरूले पादरित्व प्राप्त गर्न सक्छन् र तिनीहरूको इमान्दारिताको साक्षी दिँदै जसबाट पादरित्व रोकिएको छ, हामीले यी, हाम्रा आस्थावान् बन्धुहरूका तर्फबाट, मन्दिरको माथिल्लो तलामा दैवी निर्देशनका लागि परमप्रभुलाई याचना गर्दै धेरै घण्टा बिताएर लामो र लगनशीलतापूर्वक बिन्ती गरेका छौँ ।

उहाँले हाम्रो प्रार्थना सुन्नुभएको छ र प्रकाशद्वारा प्रमाणित गरेको छ कि लामो प्रतिज्ञा गरिएको समय आएको छ जब चर्चमा प्रत्येक आस्थावान्, योग्य पुरुषले यसको दैवी अधिकार प्रयोग गर्ने शक्ति सहित पवित्र पादरित्व प्राप्त गर्न सक्छन् र आफ्ना प्रियजनहरूसँग हरेक आशीर्वादको आनन्द लिन सक्छन् जुन मन्दिरका आशीर्वादहरू सहित त्यहाँबाट प्रवाहित हुन्छन् । तदनुसार, चर्चका सबै योग्य पुरुष सदस्यहरू जात वा रङ्गको विचार नगरी पादरित्व पदमा नियुक्त हुन सक्छन् । हारुन वा मल्कीसेदेक पादरित्वमा नियुक्तिका लागि सबै उम्मेदवारहरूलाई तिनीहरूले योग्यताका लागि स्थापित् मापदण्डहरू पूरा गर्छन् भन्ने सुनिश्चित गर्न पादरित्व अगुवाहरूलाई ध्यानपूर्वक अन्तर्वार्ता लिने नीति पालना गर्न निर्देशन दिइएको छ ।

हामी गम्भीरताका साथ घोषणा गर्छौँ कि परमप्रभुले अब पृथ्वीभरि आफ्ना सबै सन्ततिहरूको आशीर्वादका लागि आफ्नो चाहना प्रकट गर्नुभएको छ जसले उहाँका आधिकारिक सेवकहरूको वचन सुन्ने छन् र सुसमाचारका प्रत्येक आशीर्वाद प्राप्त गर्न आफूस्वयम् लाई तयार पार्ने छन् ।

भवदीय तपाईंको,

स्पेन्सर डबल्यू. किमबल

एन् एल्डन ट्यानर

मेरियन जी. रोमनी

प्रथम अध्यक्षता

स्पेन्सर डबल्यू. किम्बललाई अगमवक्ता, द्रष्टा र प्रकाशकका रूपमा र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अध्यक्षका रूपमा स्वीकार गर्दै, यो प्रस्ताव गरिएको छ कि हामी अधिकार प्राप्त सभाका हैसियतले यो प्रकाशलाई परमप्रभुको वचन र चाहनाका रूपमा स्वीकार गर्छौँ । पक्षमा भएका सबैले कृपया आफ्नो दाहिने हात उठाएर सूचित गर्नुहोस् । कुनै पनि प्रतिरोध भएमा सोही सङ्केतद्वारा ।

उल्लेखित प्रस्तावलाई स्वीकार गर्नका लागि मतदान सकारात्मक मा सर्वसम्मत थियो ।

सल्ट लेक सिटी, यूटा, सेप्टेम्बर ३०, १९७८ ।