धर्मशास्त्रहरू
सिद्धान्त र करार २७


खण्ड २७

अगमवक्ता जोसेफ स्मिथलाई, हार्मोनी, पेन्सिलभेनियामा, आगष्ट १८३० मा दिइएको प्रकाश । धार्मिक सेवाको तयारीका लागि जसमा रोटी र दाखमद्यको प्रभुभोज प्रशासन गर्नु पर्दथ्यो, जेसेफ स्मिथ दाखमद्य खोज्न निस्के । उनलाई स्वर्गका एक सन्देशवाहकद्वारा भेटियो र यो प्रकाश प्राप्त गरे, जसको एक अंश त्यही समयमा नै र बाँकी त्यसपछिको सेप्टेम्बरमा लेखिएको थियो । अहिले चर्चका प्रभुभोजका सेवाहरूमा दाखमद्यको स्थानमा पानी प्रयोग गरिन्छ ।

१–४, प्रभुभोजमा भाग लिनका लागि प्रयोग गरिने प्रतीकहरू निर्धारण गरिएका छन्; ५–१४, ख्रीष्ट र उहाँका सबै युगका सेवकहरूले प्रभुभोजमा भाग लिनु पर्दछ; १५–१८, परमेश्वरका सम्पूर्ण कवच धारण गर ।

येशू ख्रीष्टका वाणीलाई सुन, तिम्रा परमप्रभु, तिम्रा परमेश्वर अनि तिम्रा उद्धारकर्ता, जसको वचन जिउँदो र शक्तिशाली छ ।

किनकि हेर, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले प्रभुभोज ग्रहण गर्दा के खान्छौ वा के पिउँछौ भन्ने विषयले केही फरक पर्दैन, यदि तिमीहरूले यो मेरो महिमामा केन्द्रित भएर गर्दछौ भने—पितासामु मेरो शरीरलाई सम्झदै जसलाई तिमीहरूका निम्ति लडाइएको थियो र मेरो रगत जुन तिमीहरूका पापहरूबाट छुट्काराका निम्ति बगाइएको थियो ।

यसकारण, म तिमीहरूलाई एक आज्ञा दिन्छु, कि तिमीले तिम्रा शत्रुहरूबाट न दाखमद्य न त कडा पेय पदार्थ किन्नू;

यसकारण, तिमीहरूले यो तिमीहरू माझ नयाँ बनाइएको बाहेक कुनै पनि ग्रहण गर्नु हुँदैन; हो, यो मेरा पिताका अधिराज्यमा जुन पृथ्वीमा बनाइने छ ।

हेर, यो ममा ज्ञान हो; यसकारण, आश्चर्य नमान, किनकि समय आउँदै छ कि म तिमीहरूसँग पृथ्वीमा दाखको फलबाट पिउने छु, अनि मोरोनीसँग, जसलाई मैले तिमीहरूसामु मेरो अनन्त सुसमाचारको परिपूर्णता समावेश भएको मोर्मोनको पुस्तक प्रकट गर्नका लागि पठाएको छु, जसलाई मैले एफ्राइमका छड़ीको अभिलेखका साँचाहरू सुम्पेको छु;

अनि एलियाससँग पनि, जसलाई मैले अन्तिम दिनहरूका सम्बन्धमा, संसारको प्रारम्भ देखि सबै पवित्र अगमवक्ताहरूका मुखबाट बोलिइएका सबै विषयहरूको पुनर्स्थापना गराउनको निम्ति साँचाहरू सुम्पेको छु;

अनि जकरियाका छोरा यूहन्नालाई पनि, जुन जकरिया उनले (एलियास्) भेटेका थिए र प्रतिज्ञा दिएका थिए कि उसले छोरा जन्माउने छ, र उनको नाम यूहन्ना हुनु पर्दछ र उनी एलियासको आत्माले भारिएका हुने छन्;

जुन यूहन्ना मैले तिमीहरूकहाँ पठाएको छु, मेरा सेवकहरू, जोसेफ स्मिथ जुनियर र ओलिवर काउड्री, तिमीहरूमा पहिलो पादरित्वमा नियुक्त गर्नका लागि जुन तिमीहरूले प्राप्त गरेका छौ, कि तिमीहरूलाई हारुनलाई जस्तै बोलावट र नियुक्त गर्न सकियोस्;

अनि एलिया पनि, जसलाई मैले पिताहरूका हृदयहरू छोराछोरीहरूका हृदयहरूमा र छोराछोरीहरूका हृदयहरू पिताहरूमा फर्काउने शक्तिका साँचाहरू सुम्पेको छु, ताकि सम्पूर्ण पृथ्वी श्रापले प्रहार नहोस्;

१० अनि योसेफ र याकूब र इसहाक र अब्राहाम पनि, तिमीहरूका पिताहरू, जसद्वारा प्रतिज्ञाहरू कायम छन्;

११ अनि मिखाएलसँग पनि, अथवा आदम, सबैका पिता, सबैका राजकुमार, प्राचीन दिनहरूका;

१२ अनि पत्रुस, याकूब र यूहन्नासँग पनि, जसलाई मैले तिमीहरूकहाँ पठाएको छु, जसद्वारा मैले तिमीहरूलाई प्रेरित बन्न र मेरा नामका विशेष साक्षीहरू बन्न नियुक्त र प्रमाणित गरेको छु र तिमीहरूका परोपकारका साँचाहरू बोकेका छन् र उही कुराहरू जुन मैले प्रकट गरेको छु जुन मैले तिनीहरूलाई प्रकट गरेँ;

१३ जसलाई मैले मेरा राज्यका साँचाहरू र अन्तिम पटकका लागि सुसमाचारका युग सुम्पेको छु; अनि समयको परिपूर्णताका लागि, जसमा म स्वर्ग र पृथ्वी दुबै स्थानमा भएका सबै कुराहरू एकै स्थानमा जम्मा गर्ने छु;

१४ अनि ती सबैहरूसँग पनि जसलाई मेरा पिताले संसारबाट मलाई दिनुभएको छ ।

१५ यसकारण, आफ्ना हृदयहरू उचाल र आनन्दित होऊ र कम्मर कस र मेरा सम्पूर्ण कवच आफूमा लिऊ, ताकि तिमीहरूले दुष्ट दिनको सामना गर्न सक्षम बन्न सक्नेछौ, ताकि सबै गरिसकेपछि तिमीहरू खडा हुन सक्ने छौ ।

१६ खडा होऊ, त्यसकारण, सत्यतामा आफ्नो कम्मर कसेर, धार्मिकताको कवच पहिरिएर अनि तिमीहरूका पाउ शान्तिको सुसमाचारको तयारीले ढाकेर, जुन मैले तिमीहरूलाई सुम्पन मेरा स्वर्गदूतहरू पठाएको छु;

१७ आस्थाको ढाल लिएर जसका कारण तिमीहरूले पतीतहरूका सबै आगाका सोइलाहरूलाई निभाउन सक्षम हुनु पर्छ;

१८ अनि मुक्तिको टोप लगाऊ र मेरा आत्माको तरवार लिऊ, जुन म तिमीहरूमा खन्याउने छु अनि मेरा वचन जुन म तिमीहरूमा प्रकट गर्नेछु र तिमीले सोधेका सबै विषयहरूमा सहमत होऔ र म आउँदासम्म आस्थावान् होऔ, अनि तिमीहरूलाई माथि लगिने छ, ताकि म जहाँ छु तिमीहरू पनि हुनु पर्दछ । आमीन ।