जोसेफ स्मिथद्वारा सिड्नी रिग्डन, पार्ली पी प्राट र लेमन कोप्लेलाई कर्टल्याण्ड, ओहायोमा, मे ७, १८३१ मा, दिइएको प्रकाश । लेमन कोप्लेले सुसमाचारलाई ग्रहण गरेका थिए तर अझै पनि शेकर्स (यूनाइटेड सोसाइटी अफ बिलिभर्स इन क्राइस्ट्स सेकेन्ड अपियरिङ) का केही शिक्षाहरूलाई नै ग्रहण गरिरहेका थिए, जसमा उनी यस पूर्व आवद्ध थिए । ख्रीष्टको दोस्रो आगमन पहिल्यै भइसकेको थियो र उहाँ एउटी महिला, एन लीका रूपमा प्रकट हुनुभएको थियो भन्ने शेकर्सहरूका विश्वासहरूमध्येका केही थिए । तिनीहरूले पानीद्वारा बप्तिस्मालाई अपरिहार्य ठान्दैनथे । तिनीहरूले विवाहलाई अस्वीकार गरे र पूर्ण ब्रह्मचर्यको जीवनमा विश्वास गरे । केही शेकर्सहरूले मासु पनि खान निषेध गरे । यो प्रकाशको प्रारम्भमा, जोसेफ स्मिथको इतिहासले बताउँछ, “विषयका सम्बन्धमा [एक] अझै पूर्ण समझ प्राप्त गर्न, मैले परमप्रभुलाई याचना गरेँ र निम्नअनुसार प्राप्त गरेँ ।” यस प्रकाशले शेकर्स समूहका केही आधारभूत अवधारणाहरूलाई खण्डन गर्छ । पूर्व उल्लेखित बन्धुहरूले प्रकाशको एक प्रतिलिपि शेकर्स समुदायमा लगे (क्लीवल्याण्ड, ओहायोको नजिक) र यो तिनीहरूसामु पूर्ण रूपमा पढे तर यसलाई अस्वीकार गरियो ।