धर्मशास्त्रहरू
सिद्धान्त र करार २८


खण्ड २८

अगमवक्ता जोसेफ स्मिथद्वारा ओलिवर काउड्रीलाई, फेएट, न्यू योर्कमा, सेप्टेम्बर १८३० मा दिइएको प्रकाश । चर्चका एक सदस्य हाइरम पेजसँग निश्चित पत्थर थियो र उनले सियोनको निर्माण र चर्चको व्यवस्था सम्बन्धी त्यसको सहयोगद्वारा प्रकाशहरू प्राप्त गरिरहेको दावी गरे । यी दावीहरूद्वारा अनेकसदस्यहरू भ्रममा परेका थिए र ओलिवर काउड्री समेत गलत तरिकामा प्रभावित भएका थिए । निर्धारित गरिएको सभाको ठीक अघि, अगमवक्ताले दृढतापूर्वक परमप्रभुलाई यस बिषयका सम्बन्धमा सोधे र यो प्रकाश दिइयो ।

१–७, जोसेफ स्मिथले रहस्यहरूका साँचाहरू बोक्दछन् र उनले मात्र चर्चका लागि प्रकाशहरू प्राप्त गर्दछन्; ८–१०, ओलिवर काउड्रीले लमानीहरूलाई प्रवचन दिनु पर्दछ; ११–१६, शैतानले हाइरम पेजलाई भ्रममा पारे र उनलाई झूटा प्रकाशहरू दिए ।

हेर, म तिमीलाई भन्दछु, ओलिवर, कि तिमीलाई यो दिइनेछ कि तिमीले आश्वासीद्वारा सिकाएका प्रकाशहरू र आज्ञाहरूका सम्बन्धमा तिनीहरूलाई जे-जति विषय सिकाउने छौ, जुन मैले तिमीलाई दिएको छु, तिमीलाई चर्चद्वारा सबै विषयहरूमा सुनिएको हुनु पर्दछ ।

परन्तु, हेर साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, आज्ञाहरू र प्रकाशहरू प्राप्त गर्न यस चर्चमा मेरा सेवक जोसेफ स्मिथ जुनियर बाहेक अरू कसैलाई पनि नियुक्त गरिने छैन, किनकि उनले तिनीहरू मोशाले जस्तै प्राप्त गरेका छन् ।

अनि मैले उनलाई दिएका विषयहरूमा, हारुनले जस्तै, चर्चमा शक्ति र अधिकारका साथ आज्ञाहरू र प्रकाशहरू आस्थाका साथ घोषणा गर्न तिमी आज्ञाकारी हुनु पर्दछ ।

अनि यदि तिमीलाई कुनै पनि समयमा बोल्न अथवा पढाउनका लागि, अथवा चर्चमा सबै समयहरूमा आज्ञाहरूका माध्यमबाट आश्वासीद्वारा दोहोर्याईयो भने, तिमीले त्यो गर्न सक्छौ ।

परन्तु तिमीले आज्ञाको रूपमा लेख्नु हुँदैन, तर ज्ञानद्वारा लेख्नु पर्दछ;

अनि तिमीले उनलाई आज्ञा दिनु हुँदैन जो तिम्रो शिरमा छ र चर्चको शिरमा छ;

किनकि मैले उनलाई रहस्यहरूका साँचाहरू दिएको छु, अनि प्रकाशहरू जुन बन्द गरिएका छन्, जबसम्म मैले उनको सट्टामा अरूलाई नियुक्त गर्ने छैन ।

अनि अब, हेर, म तिमीलाई भन्दछु, कि तिमी लमानीहरूकहाँ जानु पर्दछ र उनीहरुलाई मेरा सुसमाचारको प्रवचन गर्नु पर्दछ; अनि यदि उनीहरूले तिम्रा शिक्षाहरू ग्रहण गरे भने तिमीले उनीहरूका माझ मेरो चर्चको स्थापना गर्नु पर्दछ; अनि तिमीले प्रकाशहरू प्राप्त गर्ने छौ, तर तिमीले तिनीहरूलाई आज्ञाको रूपमा लेख्नु हुँदैन ।

अनि अब, हेर, म तिमीलाई भन्दछु जुन प्रकाश गरिएको छैन र कुनै पनि मानिसलाई सियोन शहर कहाँ निर्माण गरिनेछ भनेर थाहा छैन, तर यो यस पश्चात दिइने छ । हेर, म तिमीलाई भन्दछु कि यो लमानीहरूको सिमाना तिर हुने छ ।

१० तिमीले सम्मेलन पछिसम्म यो स्थान छोड्नु हुँदैन; अनि मेरा सेवक जोसेफलाई सम्मेलनमाथि अध्यक्षता गर्न त्यसको आवाजद्वारा नियुक्त गरिनु पर्दछ अनि उनले तिमीलाई जे भन्दछ तिमीले भन्नु पर्दछ ।

११ अनि पुनः, तिमीले तिम्रा दाजु, हाइरम पेजलाई, तिमी र उनका बीचमा एक्लै लैजानु पर्दछ र उनलाई भन्नु पर्दछ कि उनले त्यस पत्थरबाट लेखेका विषयहरू मेरा होइनन् र कि शैतानले उनलाई भ्रममा पारेकाहुन्;

१२ किनकि, हेर, यी विषयहरू उनलाई दिइएका छैनन्, न त यस चर्चका करारहरूका विपरीत कुनै पनि कुराहरू दिइने छ ।

१३ किनकि सबै कुराहरू चर्चमा व्यवस्थित तरिकाले र साझा सहमतिमा प्रार्थना र आस्थाद्वारा गरिनु पर्दछ ।

१४ अनि तिमीले यी सबै विषयहरू चर्चका करारहरू अनुसार, तिमीले लमानीहरू माझ आफ्नो यात्रामा निस्किनु अगाडि मिलाउन सहयोग गर्नु पर्दछ ।

१५ अनि तिमी गएको समय देखि, तिमी फर्कने समयसम्म, तिमीले के गर्नु पर्दछ भनेर तिमीलाई दिइने छ ।

१६ अनि तिमीले सबै समयहरूमा मेरा सुसमाचार आनन्दको आवाजका साथ घोषणा गर्दै आफ्नो मुख खोल्नु पर्दछ । आमीन ।

प्रिन्ट गर्नुहोस्