धर्मशास्त्रहरू
सिद्धान्त र करार ७०


खण्ड ७०

अगमवक्ता जोसेफ स्मिथद्वारा हाइरम, ओहायोमा, नोभेम्बर १२, १८३१ मा दिइएको प्रकाश । अगमवक्ताका इतिहासले बताउँछ कि पहिलो देखि १२ औँसहित नोभेम्बर सम्म चार विषेश सम्मेलनहरूको आयोजना गरिएका थिए । यी सभाहरूका अन्त्यमा प्रकाशहरूका अति महत्वका जुन पछि Book of Commandments का रूपमा प्रकाशन हुने छ अनि त्यसपछि सिद्धान्त र करारको गरियो । यो प्रकाश सम्मेलनले प्रकाशहरु “चर्चका लागि सारा पृथ्वीको सम्पत्ति जति नै मूल्यवान छन भनी” समर्थन गरे पछि दिइएको थियो । जोसेफ स्मिथको इतिहासले प्रकाशहरूलाई “यी अन्तिम दिनहरूमा चर्चका आधार र संसारको लागि लाभ, यो देखाउँदै कि हाम्रा मुक्तिदाताका अधिराज्यका रहस्यका साँचाहरू पुनः मानिसहरूमा सुम्पिएका छन्” भनेर उल्लेख गर्छ ।

१–५, व्यवस्थापकहरूलाई प्रकाशहरू प्रकाशन गर्नका लागि नियुक्त गरियो; ६–१३, जसले आत्मिक विषयहरूमा परिश्रम गर्छन् उनीहरू ज्यालाको योग्य हुन्छन्; १४–१८, सन्तहरू सांसारिक विषयहरूमा समान हुनुपर्छ ।

हेर र सुन, सियोनका बासिन्दाहरू र मेरा चर्चका तिमी मानिसहरू जो टाढा छौ र परमप्रभुका वाणी सुन जुन म मेरा सेवक जोसेफ स्मिथ जुनियरलाई दिन्छु र मेरा सेवक मार्टिन ह्यारिसलाई पनि र मेरा सेवक ओलिवर काउड्रीलाई पनि र मेरा सेवक जोन व्हिट्मरलाई पनि र मेरा सेवक सिड्नी रिग्डनलाई पनि र मेरा सेवक विलियम डबल्यू. फेल्प्सलाई पनि, उनीहरूलाई आज्ञाका रूपमा ।

किनकि म तिनीहरूलाई आज्ञा दिन्छु; यसकारण सुन र ध्यान देऊ, किनकि परमप्रभु उनीहरूलाई यसो भन्नुहुन्छ—

म, परमप्रभुले, उनीहरूलाई नियुक्त गरेको छु र मैले तिनीहरूलाई दिएका र मैले उनीहरूलाई यस पश्चात दिने प्रकाशहरू र आज्ञाहरूमाथि रखवालाहरू बन्न नियुक्त गरेको छु;

अनि न्यायका दिनमा मैले तिनीहरूबाट यस रखवारीको विवरण माग्ने छु ।

यसकारण, मैले उनीहरूलाई नियुक्त गरेको छु र परमेश्वरको चर्चमा तिनीहरूको र तिनीहरू सम्बन्धी, हो, तिनीहरूका लाभ व्यवस्थापन गर्ने उनीहरूको दायित्व हो ।

यसकारण, म उनीहरूलाई आज्ञा दिन्छु, कि उनीहरूले यी कुराहरू चर्चलाई दिनु हुँदैन, न त संसारलाई;

यद्यपि, जति जति उनीहरूले आफ्ना आवश्यकताहरू र आफ्ना चाहनाहरू भन्दा बढी प्राप्त गर्छन्, यो मेरो ढुकुटीमा दिइनुपर्छ;

अनि लाभहरू सियोनका बासिन्दाहरूमा र तिनीहरूका सन्ततिहरूमा समर्पित गरिनुपर्छ, जबसम्म तिनीहरू अधिराज्यका नियमअनुसार उत्तराधिकारीहरू बन्छन् ।

हेर, हरेक मानिसबाट उनको रखवारीमा परमप्रभुले चाहनु भएको यो नै हो, म परमप्रभुले हरेक मानिसलाई नियुक्त गरेको जस्तै अथवा यस पश्चात् नियुक्त गर्ने छु ।

१० अनि हेर, जीवित परमेश्वरको चर्चमा सम्बन्धित कोही पनि यस नियमबाट मुक्त छैनन्;

११ हो, न त बिशप, न त परमप्रभुका ढुकुटी रेखदेख गर्ने प्रतिनिधि, न त ऊ जसलाई भौतिक विषयहरूमाथि रखवारीमा नियुक्त गरिएको छ ।

१२ ऊ जसलाई आत्मिक विषयहरू प्रशासन गर्न नियुक्त गरिएको छ, सोही पारिश्रमिकका लागि योग्य छ, उनीहरू जस्तै जसलाई सांसारिक विषयहरूका रखवारीमा प्रशासन गर्न नियुक्त गरिएको छ;

१३ हो, अझै प्रशस्त मात्रामा, जुन प्रचूरता तिनीहरूमा आत्माका प्रकटहरूद्वारा वृद्धि हुन्छ ।

१४ यद्यपि, तिमीहरूका सांसारिक विषयहरूमा तिमीहरू समान हुनु पर्छ र यो अनिच्छुकताका साथ होइन, अन्यथा आत्माको प्रकटको प्रचूरता रोकिने छ ।

१५ अब, म मेरा सेवकहरूलाई यो आज्ञा उनीहरूका लाभका लागि उनीहरू रहँदा दिन्छु, उनीहरूका शिरमाथि मेरो आशीर्वादको सङ्केतका लागि र उनीहरुका लगनशीलताका एक पुरस्कारका लागि र उनीहरूका सुरक्षाका लागि;

१६ खानाका लागि र पहिरनका लागि; उत्तराधिकारका लागि; घरहरू र भूमिहरूका लागि, म परमप्रभुले जुनसुकै परिस्थितिहरूमा तिनीहरूलाई राख्ने छु र म परमप्रभुले जतासुकै तिनीहरूलाई पठाने छु ।

१७ किनकि तिनीहरू धेरै विषयहरूमा आस्थावान् रहेका छन् र जति जति तिनीहरूले पाप गरेका छैनन् राम्रो गरेका छन् ।

१८ हेर, म, परमप्रभु, दयालु छु र उनीहरूलाई आशीर्वाद दिने छु, अनि तिनीहरूले यी विषयहरूबाट प्रसन्नता प्राप्त गर्ने छन् । तसार्थ यस्तै हुने छ । आमीन ।