धर्मशास्त्रहरू
आधिकारिक घोषणा १


आधिकारिक घोषणा १

बाइबल र मोर्मोनको पुस्तकले सिकाउँछ कि परमेश्वरले अन्यथा घोषणा नगरेसम्म एकपत्नीत्व-पतित्व विवाहका लागि उहाँको मापदण्ड हो (हेर्नुहोस् २ शमुएल १२:७–८याकूब २:२७, ३०) । जोसेफ स्मिथको प्रकाश पछि, १८४० को प्रारम्भमा चर्चका सदस्यहरू बीच बहुविवाहको अभ्यास स्थापित् भएको थियो (खण्ड १३२हेर्नुहोस्) । १८६० देखि १८८० को दशकसम्म, संयुक्त राज्य सरकारले यो धार्मिक अभ्यास अवैध बनाउन कानुन पारित गर्‍यो । यी कानुनहरूलाई अन्ततः संयुक्त राज्यको सर्वोच्च अदालतद्वारा समर्थन गरियो । प्रकाश प्राप्त गरेपछि, अध्यक्ष विल्फोर्ड उड्रफले निम्न घोषणापत्र जारी गरे, जसलाई अक्टोबर ६, १८९० मा चर्चद्वारा आधिकारिक र बाध्यकारी रूपमा स्वीकार गरिएको थियो । यसले चर्चमा बहुविवाहको अभ्यासको अन्त्य गर्‍यो ।

जो-जससँग यो सम्बन्धित छ:

राजनीतिक उद्देश्यका लागि सल्ट लेक सिटीबाट पठाइएका समचार सम्प्रेषणहरू, जुन व्यापक रूपमा प्रकाशित भएको छ, यस प्रभावका लागि कि यूटा आयोगले आन्तरिक सचिवलाई हालैको तिनीहरूको प्रतिवेदनमा बहुविवाहहरू अझै पनि सम्पादन गरिरहेका छन् आरोप लगाउँछ र कि गत जुनदेखि वा गत वर्षभरी यूटामा चालीस वा बढी त्यस्ता विवाहहरू ठेक्का भएका छन् र यो पनि कि सार्वजनिक प्रवचनहरूमा चर्चका अगुवाहरूले सिकाएका छन्, प्रोत्साहन दिएका छन् र बहुविवाह प्रथालाई निरन्तरता दिन आग्रह गरेका छन्—

त्यसकारण, म पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको अध्यक्षका हैसियतमा, यसका माध्यमद्वारा, अत्यन्त गम्भीर रूपमा, यी आरोपहरू गलत छन् भनी घोषणा गर्छु । हामीले बहुपत्नी-पति वा बहुविवाहलाई सिकाइरहेका छैनौँ, न त कुनै व्यक्तिलाई यसको अभ्यासमा प्रवेश गर्न अनुमति दिइरहेका छौँ र म अस्वीकार गर्छु कि त्यो अवधिमा चालीस वा अन्य कुनै पनि सङ्ख्यामा बहुविवाहहरू हाम्रा मन्दिरहरूमा वा वरिपरिका क्षेत्रमा वा अन्य कुनै स्थानमा सम्पन्न भएका छन् ।

एउटा घटना अभिलेख गरिएको छ, जसमा दलहरूले १८८९ को वसन्तमा, सल्ट लेक सिटीमा, अभिदान गृहमा विवाह सम्पन्न गरेको आरोप लगाउँछ, तर मैले यो समारोह कसले गरेको हो भनेर बुझ्न सकेको छैन; यस विषयमा जे गरिएको भए तापनि मेरो जानकारी बिनाको थियो । यस कथित घटनाको फलस्वरूप, मेरो निर्देशनअनुसार, अभिदान गृहलाई ढिलाइ नगरी भत्काइयो ।

काङ्ग्रेसद्वारा बहुविवाहलाई प्रतिबन्ध गर्ने कानुन आधिकारिक रूपमा लागू गरिएको भए तापनि, जुन कानुनलाई उच्च अदालतले संवैधानिक घोषणा गरेको छ, म ती कानुनहरूको अधीनमा रहन इच्छुक भएको र त्यस्तै गर्नका लागि मैले अध्यक्षता गर्ने चर्चका सदस्यहरूसँग मेरो प्रभावको प्रयोग गर्ने मेरो दृढ सङ्कल्पलाई यसका माध्यमद्वारा यहाँ घोषणा गर्छु ।

निर्दिष्ट समयावधिमा दिएको मेरो वा मेरा सहयात्रीहरूको शिक्षामा कुनै पनि त्यस्तो विषय छैन जसले बहुपत्नी-पतिलाई उत्प्रेरित गर्न वा प्रोत्साहन गर्नका लागि तर्कसङ्गत रूपमा व्याख्या गर्न सकिन्छ; र जब चर्चका कुनैपनि एल्डरले त्यस्तो कुनैपनि शिक्षा व्यक्त गर्ने भाषाको प्रयोग गर्छन्, उनलाई तत्कालै हप्काइएको छ । अनि म अब सार्वजनिक रूपमा घोषणा गर्छु कि भूमिको कानुनद्वारा निषेधित गरिएको कुनै पनि विवाहबन्धनमा बाँधिनबाट टाढा रहन पछिल्ला दिनका सन्तहरूलाई मेरो सुझाव छ ।

विल्फोर्ड उड्रफ

पछिल्ला दिनका सन्तहरूको
येशू ख्रीष्टको चर्चका अध्यक्ष ।

अध्यक्ष लोरेन्जो स्नोले निम्न प्रस्ताव गरे:

“म यो प्रस्ताव गर्छु कि विल्फोर्ड उड्रफलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको अध्यक्षका रूपमा स्वीकार गर्दै र वर्तमान समयमा पृथ्वीमा एक मात्र व्यक्ति जसले बाँध्ने विधिहरूको साँचो धारण गर्छन्, उनको पदको आधारमा घोषणापत्र जारी गर्न हामी उनलाई सद्गुणद्वारा पूर्ण रूपमा आधिकारिक मान्छौँ जुन हाम्रो सुनुवाइमा र मिति सेप्टेम्बर २४, १८९० मा पढिएको थियो र चर्चका रूपमा एकत्रित भएको त्यो बहुविवाह सम्बन्धि साधारण सम्मेलनको उनको घोषणालाई हामी आधिकारिक र बाध्यकारी रूपमा स्वीकार गर्छौं ।”

सल्ट लेक सिटी, यूटा, अक्टोबर ६, १८९० ।

तीन वक्तव्यहरूबाट उद्धरणहरू
अध्यक्ष विल्फोर्ड उड्रफद्वारा
घोषणापत्रका सम्बन्धमा

परमप्रभुले मलाई वा यस चर्चको अध्यक्षका रूपमा उभिने अन्य कुनैपनि व्यक्तिलाई तपाईंहरूलाई भ्रष्ट पथमा अगुवाइ गर्न कदापि अनुमति दिनुहुने छैन । यो योजनामा छैन । यो परमेश्वरको विचारमा छैन । यदि मैले त्यसो गर्ने प्रयास गरेँ भने, परमप्रभुले मलाई मेरो स्थानबाट हटाउनुहुने छ र त्यसरी नै उहाँले मानिसहरूका सन्ततिहरूलाई परमेश्वरका देववाणीहरू र उनीहरूको कर्तव्यबाट भ्रष्ट पथमा अगुवाइ गर्न प्रयास गर्ने कुनै पनि व्यक्तिलाई हटाउनुहुने छ । (चर्चको एकसठ्ठीयौँ अर्धवार्षिक साधारण सम्मेलन, सोमबार, अक्टोबर ६, १८९०, सल्ट लेक सिटी, यूटा । Deseret Evening News, अक्टोबर ११, १८९०, पृ. २) मा उल्लेख गरिएको ।

को जिउँछ वा को मर्छ, वा कसलाई यो चर्चको नेतृत्व गर्न बोलावट गरिन्छ भन्ने विषय महत्वपूर्ण होइन, तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको प्रेरणाद्वारा नेतृत्व गर्नु पर्छ । यदि तिनीहरूले त्यसरी गर्दैनन् भने, तिनीहरूले यसो बिल्कुलै गर्न सक्दैनन् । …

मैले पछिल्लो समयमा केही प्रकाशहरू प्राप्त गरेको छु र मेरा लागि धेरै महत्त्वपूर्ण छन् र म तपाईंहरूलाई परमप्रभुले मलाई के भन्नुभएको छ भन्ने छु । मलाई घोषणापत्र भनिने शब्दावलीमा तपाईंको ध्यानाकर्षण गराउन अनुमति दिनुहोस् । …

परमप्रभुले मलाई पछिल्ला दिनका सन्तहरूलाई एउटा प्रश्न सोध्न भन्नुभएको छ, र उहाँले मलाई यो पनि भन्नुभयो कि यदि तिनीहरूले मैले उनीहरूलाई भनेको सुने र उनीहरूलाई सोधिएको प्रश्नको जवाफ दिए भने, परमेश्वरको आत्मा र शक्तिद्वारा, तिनीहरू सबैले समान जवाफ दिने छन् र तिनीहरू सबैले यस विषयमा समान रूपमा विश्वास गर्ने छन् ।

प्रश्न यो छ: पछिल्ला दिनका सन्तहरूले अनुशरण गर्नका लागि सबैभन्दा विवेकपूर्ण मार्ग कुन हो—राष्ट्रको कानुनको विरुद्धमा र ६ करोड जनताको विरुद्धमा बहुविवाह अभ्यास गर्ने प्रयासलाई निरन्तरता दिएर र सबै मन्दिरहरूको जफत र क्षतिको मूल्य चुकाएर र त्यहाँका सबै विधिहरू बन्द गराएर, जीवित र मृत दुबैका लागि र प्रथम अध्यक्षता र बाह्रका र चर्चमा परिवारका प्रमुखहरूलाई कैद र मानिसहरूको व्यक्तिगत सम्पत्ति जफत गराएर (जसले आफैँले अभ्यास बन्द गर्ने छन्); वा, यस सिद्धान्तको आज्ञाकारितामा हामीले जस्तै गरे अनि र भोगे पश्चात् यो अभ्यास बन्द गर्न र कानुनको अधीनमा रहन र त्यसो गरेर अगमवक्ताहरू, प्रेरितहरू र पिताहरूलाई घरमा छोडेर, ताकि तिनीहरूले जनहरूलाई निर्देशन दिन र चर्चको कर्तव्यहरूमा उपस्थित हुन सक्षम हुन सक्छन् र मन्दिरहरू पनि सन्तहरूको नियन्त्रणमा छोड्न सक्षम हुन्छन्, ताकि तिनीहरू जीवित र मृत दुबैका लागि सुसमाचारका विधिहरूमा सहभगी हुन सक्षम हुन्छन्?

यदि हामीले यो अभ्यासलाई रोक्न सकेनौँ भने वास्तवमा के हुन्छ भनेर परमप्रभुले मलाई दर्शन र प्रकाशद्वारा देखाउनुभयो । यदि हामीले यसलाई रोकेका थिएनौँ भने, तपाईंहरूलाई … लोगनको यो मन्दिर कुनै पनि मानिसहरूका लागि कुनै उपयोगी हुने थिएन; किनकि सम्पूर्ण सियोनको भूमिमा सबै विधिहरू रोकिने थिए । इस्राएलभरि भ्रमले शासन गर्ने थियो र धेरै मानिसहरू कैदी बनाइने थिए । सम्पूर्ण चर्चमा यो समस्या आइपुगेको हुने थियो र हामी अभ्यास रोक्न बाध्य हुनु पर्ने थियो । अब, प्रश्न यो हो कि यसलाई यसरी रोक्नु पर्छ, वा परमप्रभुले हामीलाई प्रकट गर्नुभएको तरिकामा अनि हाम्रा अगमवक्ताहरू र प्रेरितहरू र पिताहरूलाई स्वतन्त्र मानिसहरूका रूपमा र मन्दिरहरू जनहरूको नियन्त्रणमा छोड्नु पर्छ, ताकि मृतकलाई उद्धार गर्न सकिन्छ । यी मानिसहरूद्वारा आत्मिक संसारको कैद गृहबाट ठूलो सङ्ख्यामा बाहिर निस्किसकेका छन् र कार्य निरन्तर चल्छ वा रोकिन्छ? पछिल्ला दिनका सन्तहरूका अगाडि मैले यही प्रश्न राखेको छु । तपाईंहरूले आफूस्वयम् का लागि निर्णय गर्नु पर्छ । तपाईंहरूले आफूस्वयम् का लागि यसको जवाफ दिएको म चाहन्छु । म यसको जवाफ दिने छैन; तर म तपाईंहरूलाई भन्छु कि हामी जनताको हैसियतमा हामी त्यही अवस्थामा सुनिश्चित हुने थियौँ यदि हामीले अवलम्वन गरेको मार्ग नअपनाएको भए ।

… केही नगरेको खण्डमा के हुने छ भनेर भन्ने मैले निश्चित रूपमा देखेँ । लामो समयदेखि यो आत्मा मसँग छ । परन्तु म यो भन्न चाहन्छु: मैले सबै मन्दिरहरू हाम्रो नियन्त्रणबाट जान दिनुपर्थ्यो; मस्वयम् कारागारमा जानुपर्थ्यो र हरेक अन्य मानिस सबैलाई त्यहाँ जान दिनुपर्थ्यो, यदि स्वर्गका परमेश्वरले मैले जे गरेँ त्यो गर्न आज्ञा नगर्नुभएको भए; र जब समय आयो कि मलाई यसो गर्न आज्ञा गरिएको थियो, यो सबै मलाई स्पष्ट थियो । म परमप्रभुकासामु गएँ र मैले परमप्रभुले मलाई जे लेख्न भन्नुभएको थियो त्यो लेखेँ । …

म यो तपाईंहरूलाई दिन्छु, तपाईंहरूलाई मनन र विचार गर्नका लागि । परमप्रभु हामीसँगै कार्यमा हुनुहुन्छ । (क्यास किला सम्मेलन, लोगन, यूटा, आइतबार, नोभेम्बर १, १८९१ । Deseret Weekly, नोभेम्बर १४, १८९१ मा बताइएको ।)

अब म तपाईंहरूलाई बताउने छु कि मलाई के प्रकट भएको थियो र परमेश्वरका पुत्रले यस विषयमा के गर्नुभयो । … यी सबै विषयवस्तुहरू हुने थिए, जसरी सर्वशक्तिमान्परमेश्वर जीवित हुनुहुन्छ, त्यो घोषणापत्र नदिइएको भए । त्यसकारण, परमेश्वरका पुत्रलाई त्यो विषयवस्तु चर्च र संसारलाई उहाँको आफ्नै मस्तिष्कमा उद्देश्यहरूका लागि प्रस्तुत गर्ने चाहना भयो । परमप्रभुले सियोनको स्थापनाको उर्दी दिनुभएको थियो । उहाँले यस मन्दिरको निर्माण सम्पन्न गर्ने उर्दी दिनुभएको थियो । पहाडहरूका यी उपत्यकाहरूमा जीवित र मृतकको मुक्ति दिनु पर्छ भनी उहाँले उर्दी दिनुभएको थियो । अनि सर्वशक्तिमान् परमेश्वरले सैतानले यसलाई विफल पार्नु हुँदैन भनेर उर्दी दिनुभयो । यदि तपाईंहरूले यसलाई बुझ्न सक्नुहुन्छ भने, यो यसका लागि साँचो हो । (सल्ट लेक मन्दिर, अप्रिल १८९३ को समर्पणको छैटौँ सत्रमा सम्बोधनबाट । समर्पण सेवाको पाण्डुलिपि, अभिलेख, चर्च ऐतिहासिक विभाग, सल्ट लेक सिटी, यूटा ।)