धर्मशास्त्रहरू
सिद्धान्त र करार ७८


खण्ड ७८

अगमवक्ता जोसेफ स्मिथद्वारा, कर्टल्याण्ड, ओहायोमा, मार्च १, १८३२ मा दिइएको प्रकाश । त्यस दिन अगमवक्ता र अन्य अगुवाहरू चर्चका उत्तरदायित्वहरूका सम्बन्धमा छलफल गर्न एकत्रित भएका थिए । यो प्रकाशले प्रारम्भमा अगमवक्ता, सिड्नी रिग्डन र नुवल के. ह्वीट्नीलाई मिजोरीमा यात्रा गर्न र एक “उद्यम” को स्थापना गरेर चर्चको व्यापारिक र प्रकाशन प्रयासलाई सङ्गठित गर्न निर्देशन दिइएको थियो जसले यी प्रयासहरूको निरीक्षण गर्ने छ, सियोनको निर्माण गर्नका लागि र गरिबको लाभका लागि कोष स्थापना गरेर । संयुक्त उद्यम नाम गरेको यस उद्यम १८३२ को अप्रिलमा सङ्गठित गरिएको र १८३४ मा विघटन गरिएको थियो (हेर्नुहोस् खण्ड ८२) । यसको विघटनको केही समय पश्चात्, जोसेफ स्मिथको निर्देशनमा प्रकाशमा त्यो वाक्यांश “व्यापारिक र प्रकाशन प्रतिष्ठानहरू” लाई “गरिबका लागि भण्डारका विषयहरू” ले प्रतिस्थापन गर्‍यो र त्यो शब्द “उद्यम” लाई अर्को शब्द “सङ्गठन” ले प्रतिस्थापन गर्‍यो ।

१–४, सन्तहरूले ढुकुटीको सङ्गठन र स्थापना गर्नु पर्छ; ५–१२, आफ्ना सम्पत्तिको बुद्धिमानी प्रयोगले मुक्तितर्फ डोर्‍याउँछ; १३–१४, चर्च सांसारिक शक्तिहरूबाट स्वतन्त्र हुनु पर्छ; १५–१६, मिखाएलले (आदम) एक मात्र पवित्र (ख्रीष्ट) को निर्देशनमा सेवा गर्छन्; १७–२२, आस्थावानहरू आशीषित छन्, किनकि तिनीहरूले सबै विषयहरूको उत्तराधिकार प्राप्त गर्ने छन् ।

परमप्रभु जोसेफ स्मिथ जुनियरसँग बोल्नुभयो, यसो भन्नुहुँदै: मलाई सुन, परमप्रभु तिम्रा परमेश्वर भन्नुहुन्छ, जो मेरा चर्चका उच्च पादरित्वमा नियुक्त गरिएका छन् जसले आफूहरूलाई सँगै एकत्रित गरेका छन्;

अनि उहाँको सल्लाहलाई ध्यान देऊ जसले तिमीहरूलाई माथिबाट नियुक्त गर्नुभएको छ, जसले तिमीहरूका कानमा ज्ञानका वचनहरू बोल्नु हुने छ कि तिमीहरूले मेरासामु प्रस्तुत गरेका विषयहरूद्वारा तिमीहरूमा मुक्ति आउने छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।

किनकि साच्चैँ नै म तिमीहरूलाई भन्छु, त्यो समय आएको छ र अब नजिकै छ; र हेर र अवलोकन गर, यसो हुनु आवश्यक छ कि त्यहाँ मेरा मानिसहरूका माझ गरिबका लागि मेरा मानिसहरू सङ्गठित हुनु पर्छ, ढुकुटीका सन्दर्भहरूमा अनुगमन र स्थापना गर्न, यस स्थान र सियोनको भूमि दुबैमा—

मेरा चर्चका अनन्त र चिरस्थायी स्थापना र रीतका लागि, कार्यलाई अघि बढाउनका लागि, जसमा तिमीहरूले प्रतिबद्धता जनाएका छौ, मानिसको मुक्तिका लागि र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमाका लागि;

ताकि तिमीहरू स्वर्गका विषयहरू, हो, अनि पृथ्वीका विषयहरूका पनि बन्धनहरूमा समान हुन सक्छौ, स्वर्गका विषयहरू प्राप्त गर्नका लागि ।

किनकि यदि तिमीहरू पृथ्वीका विषयहरूमा समान भएनौ भने स्वर्गका विषयहरू प्राप्त गर्न तिमीहरू समान हुन सक्ने छैनौ;

किनकि यदि तिमीहरू चाहन्छौ कि म तिमीहरूलाई सेलेस्टियल राज्यमा एक स्थान दिऊँ, तिमीहरूले आफूलाई ती विषयहरूमा तयार पार्नु पर्छ जुन मैले तिमीहरूलाई आज्ञा दिएको छु र तिमीहरूबाट अपेक्षा गरेको छु ।

अनि अब, साच्चैँ नै परमप्रभु यसो भन्नुहुन्छ, यो आवश्यक छ कि सबै विषयहरू मेरा महिमाका लागि गरिनु पर्छ, तिमीहरूद्वारा जो यस रीतमा सँगै सम्बन्धित छौ;

अथवा, अर्को शब्दमा, मेरा सेवक नुवल के. ह्वीट्नी र मेरा सेवक जोसेफ स्मिथ जुनियर र मेरा सेवक सिड्नी रिग्डन सियोनमा भएका सन्तहरूसँग परिषद्मा बस्नु पर्छ;

१० अन्यथा सैतानले तिनीहरूका हृदयहरू सत्यताबाट फर्काउन खोज्छ ताकि तिनीहरू अन्धा होऊन् र ती विषयहरू नबुझुन् जुन तिनीहरूका लागि तयार पारिएका छन् ।

११ यसकारण, म तिमीहरूलाई आज्ञा दिन्छु, एउटा बन्धन र अनन्त करारद्वारा आफूलाई तयार पार्न र व्यवस्थित गर्न जसलाई तोड्न सकिंदैन ।

१२ अनि ऊ जसले यसलाई तोड्छ आफ्नो विभाग र चर्चमा आफ्नो स्थिति गुमाउने छ र उद्धारको दिनसम्म सैतानका यातनाहरूमा सुम्पिइने छ ।

१३ हेर, यही नै तयारी हो जसद्वारा म तिमीहरूलाई तयार पार्छु र त्यो आधार र त्यो नमुना जुन म तिमीहरूलाई दिन्छु जसद्वारा तिमीहरूले ती आज्ञाहरू पूरा गर्न सक्छौ जुन तिमीहरूलाई दिइएको छ;

१४ ताकि मेरो दैवी कृपालु हेरचाहद्वारा, तिमीहरूमा आउने महासङ्कटका बाबजुद, ताकि सेलेस्टियलको राज्यमुनि अरू सबै प्राणीहरूमाथि चर्च स्वतन्त्र रूपमा खडा हुन सक्छ;

१५ ताकि तिमीहरू त्यस मुकुटका लागि आउन सक्षम हुन सक्छौ जुन तिमीहरूका लागि तयार पारिएको छ र मेरा अधिराज्यहरूमा शासकहरू बनाइन्छ, परमप्रभु परमेश्वर, सियोनका एकमात्र पवित्र भन्नुहुन्छ, जसले आदम-ओन्दी-अह्मानका जगहरू स्थापित् गर्नुभएको छ;

१६ जसले तिमीहरूका राजकुमार मिखाएललाई नियुक्त गर्नुभएको छ र उनका पाउहरू स्थापित् गर्नुभएको छ र एक मात्र पवित्रको सल्लाह र निर्देशनमा उनलाई मुक्तिका साँचाहरू दिनुभएको छ, जो दिनहरूको प्रारम्भ वा जीवनको अन्त्यबिना हुनुहुन्छ ।

१७ साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, तिमीहरू साना बालबालिकाहरू हौ र तिमीहरूले अझै बुझेका छैनौ कि पितासँग उहाँका आफ्नै हातमा कति महान् आशीर्वादहरू छन् र तिमीहरूका लागि तयार पार्नुभएको छ;

१८ अनि तिमीहरूले अहिले सबै चीजहरू सहन सक्दैनौ; यद्यपि, खुसी होओ, किनकि म तिमीहरूलाई मार्गदर्शन गर्ने छु । यो अधिराज्य तिमीहरूकै हो र यसका आशीर्वादहरू तिमीहरूकै हुन् अनि अनन्तकालको समृद्धि तिमीहरूकै हो ।

१९ अनि जसले सबै विषयहरू कृतज्ञताका साथ ग्रहण गर्छ उसलाई महिमित पारिने छ; अनि यस पृथ्वीका विषयहरू उसमा थपिने छ, सम्पूर्ण सय गुणासम्म, हो, त्यसभन्दा पनि बढी ।

२० यसकारण, ती विषयहरू गर जुन मैले तिमीहरूलाई आज्ञा गरेको छु, उद्धारकर्ता भन्नुहुन्छ, वास्तवमा नै पुत्र आहमानले, जसले तिमीहरूलाई लैजानु पूर्व सबै सन्दर्भहरू तयार पार्नुहुन्छ;

२१ किनकि तिमीहरू पहिला जन्मेकाको चर्च हौ र उहाँले तिमीहरूलाई माथि बादलमा लैजानु हुने छ अनि हरेक मानिसलाई तिनको अंश दिनुहुने छ ।

२२ अनि त्यो जो आस्थावान् र बुद्धिमान् रखवाला छ सबै विषयहरूमा उत्तराधिकार प्राप्त गर्ने छ । आमीन ।