१–५, आस्थावान् सन्तहरूले त्यो आश्वासी प्राप्त गर्छन्, जुन अनन्त जीवनको प्रतिज्ञा हो; ६–१३, सबै विषयहरू ख्रीष्टको ज्योतिद्वारा नियन्त्रित र प्रशासित छन्; १४–१६, पुनरुत्थान उद्धारद्वारा आउँछ; १७–३१, सेलेस्टियल, टेरेस्ट्रियल वा टेलेस्टियल नियमको आज्ञाकारिताले मानिसहरूलाई ती सम्बन्धित अधिराज्यहरू र महिमाहरूका लागि तयार पार्छ; ३२–३५, पापमा रहन चाहनेहरू अझै पनि फोहोरी रहन्छन्; ३६–४१, सबै अधिराज्यहरू नियमद्वारा प्रशासित छन्; ४२–४५, परमेश्वरले सबै विषयहरूका लागि नियम दिनुभएको छ; ४६–५०, मानिसले परमेश्वरलाई पनि बुझ्ने छ; ५१–६१, मानिसले आफ्ना सेवकहरूलाई खेतमा पठाएको र तिनीहरूलाई पालैपालो भेट्ने दृष्टान्त; ६२–७३, परमप्रभुको नजिक जाओ र तिमीहरूले उहाँको मुहार देख्ने छौ; ७४–८०, आफूलाई पवित्र बनाओ र एक अर्कालाई अधिराज्यका सिद्धान्तहरू सिकाओ; ८१–८५, चेतावनी दिइएका हरेक मानिसले आफ्नो छिमेकीलाई चेतावनी दिनु पर्छ; ८६–९४, सङ्केतहरू, तत्वहरूको उथलपुथल र स्वर्गदूतहरूले परमप्रभुको आगमनका लागि मार्ग तयार पार्छन्; ९५–१०२, अलौकिक तुरहीहरूले मृतकहरूलाई उनीहरूको दर्जामा बोलाउँछन्; १०३–११६, अलौकिक तुरहीहरूले सुसमाचारको पुनर्स्थापना, बेबिलोनको पतन र महान् परमेश्वरको युद्धको घोषणा गर्छन्; ११७–१२६, शिक्षा खोज, परमेश्वरको गृह (मन्दिर) स्थापना गर र परोपकारको बन्धनमा वस्त्र लगाओ; १२७–१४१, अगमवक्ताहरूको शिक्षालयका तरिकामा, पाउ धुने विधि सहित प्रस्तुत गरिएको छ ।