खण्ड १२५
अगमवक्ता जोसेफ स्मिथद्वारा नाभू, इलिनोइमा मार्च १८४१ मा आयोवा क्षेत्रको सन्तहरूका सम्बन्धमा दिइएको प्रकाश ।
१–४, सन्तहरूले सहरहरू निर्माण गर्नु पर्छ र सियोनको किलामा एकत्रित हुनु पर्छ ।
१ आयोवा क्षेत्रका सन्तहरूका सम्बन्धमा परमप्रभुको चाहना के हो?
२ साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ, म तिमीहरूलाई भन्छु, यदि तिनीहरू जसले आफूलाई मेरो नाम लिएर पुकार्छन् र मेरा सन्तहरू हुन प्रयास गरिरहेका छन्, यदि तिनीहरूले मेरा चाहना पूरा गर्ने छन् र तिनीहरूका सम्बन्धमा मेरा आज्ञाहरू पालना गर्छन् भने, तिनीहरूले आफूहरूस्वयम् लाई ती स्थानहरूमा एकत्रित गर्नु पर्छ जुन म तिनीहरूलाई मेरा सेवक जोसेफद्वारा नियुक्त गर्ने छु र मेरा नाममा सहरहरू निर्माण गर्ने छु, ताकि तिनीहरू आउने समयका लागि तयार हुन सकून् ।
३ तिनीहरूले नाभू सहरको विपरित भागको भूमिमा मेरो नाममा एउटा सहर निर्माण गर्नु पर्छ र त्यसको जरहेम्ला नाम राखिनु पर्छ ।
४ अनि त्यहाँ बस्न चाहने पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएका सबैले त्यसैमा, साथै न्यासभिल सहरमा वा नाभू सहरमा अथवा मैले नियुक्त गरेका सबै किलाहरूमा आफ्नो उत्तराधिकार लिनु पर्छ, परमप्रभु भन्नुहुन्छ ।