धर्मशास्त्रहरू
सिद्धान्त र करार १३४


खण्ड १३४

कर्टल्याण्ड, ओहायोमा अगष्ट १७, १८३५ मा आयोजना गरिएको चर्चको एक साधारण सभामा सर्वसम्मत मतद्वारा पारित, सामान्यतया सरकार र आचरणहरूका सम्बन्धमा विश्वासको एक घोषणा । धेरै सन्तहरू सिद्धान्त र करारको पहिलो संस्करणका प्रस्तावित सामग्रीहरू निर्धारण गर्न एकसाथ एकत्रित भए । त्यस समयमा, यो घोषणालाई निम्न प्रस्तावना दिइएको थियो: “ताकि सामान्यतया भौतिक सरकारहरू र आचरणहरूका सम्बन्धमा हाम्रो विश्वासलाई गलत रूपमा व्याख्या गर्न वा गलत रूपमा बुझ्न सकिँदैन, हामीले यस खण्डको अन्त्यमा, हाम्रो सोही विचारलाई प्रस्तुत गर्न उपयुक्त महसुस गरेका छौँ ।”

१–४, सरकारले विवेक र उपासनाको स्वतन्त्रतालाई संरक्षण गर्नु पर्छ; ५–८, सबै मानिसहरूले आफ्नो सरकारहरूलाई समर्थन गर्नु पर्छ र नियमको आदर र सम्मान गर्नु पर्छ; ९–१०, धार्मिक समाजहरूले निजामती शक्तिहरू प्रयोग गर्नु हुँदैन; ११–१२, मानिसहरू आफ्नो र आफ्नो सम्पत्तिको रक्षा गर्न न्यायिक अधिकार राख्छन् ।

हामी विश्वास गर्छौं कि सरकारहरू मानिसहरूको लाभका लागि परमेश्वरले स्थापना गर्नुभएको थियो; र कि उहाँले समाजको भलाइ र सुरक्षाका लागि कानुनहरू निर्माण गर्न र व्यवस्थापन गर्न दुबैमा मानिसहरूलाई तिनीहरूको सम्बन्धमा तिनीहरूका कार्यहरूका लागि उत्तरदायी बनाउनुहुन्छ ।

प्रत्येक व्यक्तिलाई चेतनाको स्वतन्त्र अभ्यास, सम्पत्तिको अधिकार र नियन्त्रण र जीवनको सुरक्षा सुरक्षित गर्नका लागि यस्ता कानुनहरू निर्माण गरिन्छ र पवित्र राखिँदैन भने कुनै पनि सरकार शान्तिमा रहन सक्दैन भनेर हामी विश्वास गर्छौँ ।

हामी विश्वास गर्छौं कि सबै सरकारहरूलाई सोही कानुन लागू गर्न निजामती अधिकारीहरू र जनप्रतिनिधिहरूको आवश्यकता पर्छ; र कि तिनैले समानता र न्यायमा कानुन प्रशासित गर्ने छन् र यदि गणतन्त्र भएमा जनताको आवाजद्वारा खोजिनु पर्छ र समर्थन गरिनु पर्छ, अन्यथा सार्वभौमको चाहनामा गरिनु पर्छ ।

हामी विश्वास गर्छौं कि धर्म परमेश्वरबाट स्थापना गरिएको हो; र कि मानिसहरू यसको अभ्यासका लागि उहाँलाई र उहाँका लागि मात्रै उत्तरदायी छन्, जबसम्म तिनीहरूका धार्मिक विचारहरूले तिनीहरूलाई अरूहरूको अधिकार र स्वतन्त्रताको उल्लङ्घन गर्न प्रेरित गर्दैन; तर हामी विश्वास गर्दैनौँ कि मानव कानुनसँग मानिसहरूको चेतनालाई बाँध्नका लागि आराधनाका नियमहरू तोक्न हस्तक्षेप गर्ने अधिकार छ, न त सार्वजनिक वा निजी भक्तिका लागि तरिकाहरू निर्धारण गर्ने अधिकार छ; नागरिक जनप्रतिनिधिले अपराधलाई नियन्त्रण गर्नु पर्छ, तर चेतनालाई कहिल्यै नियन्त्रण गर्नु हुँदैन; अपराधको सजाय दिनु पर्छ तर आत्माको स्वतन्त्रतालाई कहिल्यै दबाउनुहुँदैन ।

हामी विश्वास गर्छौं कि सबै मानिसहरू तिनीहरू बस्ने स्थानको सम्बन्धित सरकारहरूलाई समर्थन गर्न र दिगो बनाउन उत्तरदायी छन्, जबसम्म त्यस्ता सरकारहरूका कानुनद्वारा जन्मसिद्ध र अविभाज्य अधिकारहरूका सम्बन्धमा तिनीहरू सुरक्षित छन्; र प्रत्येक नागरिकका लागि अनुपयुक्त त्यो राजद्रोह र विद्रोहबाट यसरी सुरक्षित गरिएका छन् र तदनुसार सजाय हुनु पर्छ; र सबै सरकारहरूलाई त्यस्ता कानुनहरू निर्माण गर्न अधिकार छ जुन तिनीहरूको आफ्नै निर्णयमा सार्वजनिक हित सुरक्षित गर्न सबैभन्दा उत्तम मानिन्छ; एकै समयमा, तथापि, चेतनाको स्वतन्त्रतालाई पवित्र राख्दै ।

हामी विश्वास गर्छौँ कि निर्दोषको रक्षा र दोषीलाई सजायको लागि राखिएको प्रत्येक मानिसलाई आफ्नो स्थानमा, शासक र जनप्रतिनिधिका रूपमा सम्मान गरिनु पर्छ; र कि सबै मानिसहरूले कानुनहरूको आदर र सम्मान गर्नु पर्छ, किनकि तिनीहरू बिना शान्ति र सद्भाव अराजकता र आतङ्कद्वारा प्रतिस्थापित् हुने छन्; व्यक्ति र राष्ट्रहरूका रूपमा हाम्रा चासोहरू, मानिस र मानिस बीचको नियमन गर्ने स्पष्ट उद्देश्यका लागि मानव कानुनहरू स्थापित् भइरहेका छन्; अनि आस्था र आराधनाका लागि, आध्यात्मिक सरोकारहरूमा नियमहरू तोक्ने, स्वर्गबाट प्रदान गरिएका दैवी कानुनहरू, दुबैको मानिसले आफ्ना सृष्टिकर्तालाई जवाफ दिनु पर्छ ।

हामी विश्वास गर्छौं कि शासकहरू, राज्यहरू र सरकारहरूसँग अधिकार छ र तिनीहरूको धार्मिक विश्वासको स्वतन्त्र अभ्यासमा सबै नागरिकहरूको सुरक्षाका लागि कानुनहरू निर्माण गर्न उत्तरदायी छन्; तर हामी विश्वास गर्दैनौँ कि यस विशेषाधिकारबाट नागरिकहरूलाई वञ्चित गर्ने वा उनीहरूको विचारमा तिनीहरूलाई निषेध गर्ने न्यायमा तिनीहरूलाई अधिकार छ, जबसम्म कानुनप्रति सम्मान र आदर देखाइन्छ अनि त्यस्ता धार्मिक विचारहरूले देशद्रोह वा षड्यन्त्रलाई औचित्य दिँदैनन् ।

हामी विश्वास गर्छौँ कि आपराध गर्ने कार्यको अपराधको प्रकृतिअनुसार सजाय हुनु पर्छ; कि हत्या, देशद्रोह, डकैती, चोरी र साधारण शान्ति भङ्ग, सबै तरिकामा, तिनीहरूको आपराधिकता र तिनीहरूको मानिसहरूलाई दुष्ट कर्म गर्ने प्रवृत्तिअनुसार सजाय हुनु पर्छ, त्यो सरकारको कानुनद्वारा जसमा अपराध गरिन्छ; र सार्वजनिक शान्ति र सुखीका लागि सबै मानिसहरू अगाडि बढ्नु पर्छ र असल कानुन विरुद्धका अपराधीहरूलाई सजायको दायरामा ल्याउन आफ्नो क्षमता प्रयोग गर्नु पर्छ ।

हामी यसलाई नागरिक सरकारसँग धार्मिक प्रभाव मिसाउन न्यायसङ्गत छ भनेर विश्वास गर्दैनौँ, जसद्वारा एक धार्मिक समाजलाई बढावा दिइन्छ र अर्कोलाई यसको आध्यात्मिक विशेषाधिकारहरूमा निषेध गरिन्छ र नागरिकका रूपमा यसका सदस्यहरूको व्यक्तिगत अधिकार, अस्वीकार गरिन्छ ।

१० हामी विश्वास गर्छौं कि सबै धार्मिक समाजहरूसँग त्यस्ता समाजहरूका नियम र विनियमहरूअनुसार आफ्ना सदस्यहरूका समस्या उत्पन्न गर्ने आचरणलाई व्यवस्थापन गर्ने अधिकार छ; यदि त्यस्तो व्यवहार मित्रता र असल स्थितिका लागि हो भने; तर कुनै पनि धार्मिक समाजसँग मानिसलाई सम्पत्ति वा जीवनका अधिकारका लागि प्रयास गर्ने, तिनीहरूबाट यस संसारको सम्पत्ति लिने वा जीवन वा अङ्गलाई खतरामा पार्ने वा उनीहरूलाई कुनै शारीरिक सजाय दिने अधिकार छ भनेर हामी विश्वास गर्दैनौँ । तिनीहरूले उनीहरूलाई तिनीहरूको समाजबाट वहिष्कृत गर्न मात्र सक्छन् र तिनीहरूबाट उनीहरूको सदस्यता फिर्ता लिन सक्छन् ।

११ हामी विश्वास गर्छौं कि मानिसहरूले नागरिक कानुनलाई सबै गल्ती र गुनासाहरूको निवारणका लागि अपील गर्नु पर्छ, जहाँ व्यक्तिगत दुर्व्यवहार गरिएको छ वा सम्पत्तिको वा चारित्रिक अधिकार हनन भएको छ, जहाँ त्यस्ता कानुनहरू अस्तित्वमा छन् जसले सोही संरक्षण गर्ने छन्; तर हामी विश्वास गर्छौं कि सङ्कटको समयमा सबै व्यक्तिहरूको गैरकानुनी आक्रमण र अतिक्रमणबाट सबै मानिसहरू आफूस्वयम्, आफ्ना साथीहरू, सम्पत्ति र सरकारको रक्षा गर्न न्यायसङ्गत छन्, जहाँ कानुनमा तत्काल अपील गर्न राहत प्रदान गर्न सकिँदैन ।

१२ पृथ्वीका राष्ट्रहरूलाई सुसमाचार प्रचार गर्न र संसारको भ्रष्टाचारबाट आफ्नो सुरक्षा गर्न धर्मीहरूलाई चेतावनी दिनका लागि न्यायसङ्गत छ भनेर विश्वास गर्छौं; तर हामी दास-सेवकहरूमा हस्तक्षेप गर्नु, न सुसमाचार प्रचार गर्नु, न त तिनीहरूलाई उनीहरूका मालिकहरूको सङ्कल्प र चाहना विपरीत बप्तिस्मा दिनु उचित मान्दैनौँ, न त उनीहरूलाई यस जीवनमा आफ्नो परिस्थितिसँग असन्तुष्ट गराउनका लागि उनीहरूमा हस्तक्षेप वा प्रभाव पार्नु, जसले गर्दा मानिसहरूको जीवनलाई खतरामा पार्छ; यस्तो हस्तक्षेप गैरकानुनी र अन्यायपूर्ण छ र प्रत्येक सरकारको शान्तिका लागि खतरनाक छ जसले मानवलाई दासतामा राख्न अनुमति दिन्छ भनेर हामी विश्वास गर्छौं ।