धर्मशास्त्रहरू
सिद्धान्त र करार १११


खण्ड १११

अगमवक्ता जोसेफ स्मिथद्वारा, शालेम, म्यासाचुसेट्समा अगष्ट ६, १८३६ मा दिइएको प्रकाश । यस समयमा चर्चका अगुवाहरू आफ्ना सेवामा परिश्रमका कारण भारी ऋणमा थिए । शालेममा उनीहरूलाई ठूलो रकम उपलब्ध गराइने छ भन्ने सुनेर अगमवक्ता, सिड्नी रिग्डन, हाइरम स्मिथ र ओलिवर काउड्री कर्टल्याण्ड ओहायोबाट सुसमाचारको प्रवचनका साथमा यो दाबीको अनुसन्धान गर्न यात्रा गरे । बन्धुहरूले चर्च कार्यका अनेक वस्तुहरू आदानप्रदान गरे र केही प्रवचन गरे । कुनै पैसा आउँदैन भनेर जब यो स्पष्ट भयो तिनीहरू कर्टल्याण्ड फर्किए । पृष्ठभूमिमा स्पष्ट भएका कारकहरूमध्ये धेरै यस प्रकाशको शब्दमा प्रतिबिम्बित छन् ।

१–५, परमप्रभुले आफ्ना सेवकहरूको सांसारिक आवश्यकताहरूको हेरचाह गर्नु हुन्छ; ६–११, उहाँले सियोनसँग दयालु व्यवहार गर्नुहुने छ र आफ्ना सेवकहरूको लाभका लागि सबै विषयहरू व्यवस्थित गर्नुहुने छ ।

म, परमप्रभु तिमीहरूका परमेश्वर, तिमीहरूका कार्यहरू मूर्खतापूर्ण भए तापनि म अप्रसन्न छैन ।

मसँग यो शहरमा तिमीहरूका लागि, सियोनको र यो सहरका धेरै मानिसहरूका लाभका लागि खजाना छ, जुन म उपयुक्त समयमा सियोनको लाभका लागि तिमीहरूका माध्यमद्वारा सङ्कलन गर्ने छु ।

त्यसकारण, यो उचित छ कि तिमीहरूले यस सहरमा मानिसहरूसँग परिचित हुनु पर्छ, जसरी तिमीहरूलाई अगुवाइ गरिने छ र तिमीहरूलाई दिइने छ ।

अनि यो उपयुक्त समयमा हुन आउने छ कि म यो सहर तिमीहरूको हातमा सुम्पिदिने छु, ताकि तिमीहरूसँग यसमाथि अधिकार हुने छ, यतिसम्म कि तिनीहरूले तिमीहरूका गोप्य अंशहरू पत्ता लगाउने छैनन्; अनि त्यसका सुन र चाँदीको सम्पत्ति तिमीहरूको हुने छ ।

आफ्नो ऋणका सम्बन्धमा चिन्ता नगर, किनकि म तिमीहरूलाई तिनीहरू तिर्न शक्ति दिने छु ।

सियोनका सम्बन्धमा चिन्ता नगर, किनकि म उनीसँग दयालु रूपमा व्यवहार गर्ने छु ।

यस स्थानमा र वरपरका क्षेत्रहरूमा बसोवास गर;

अनि त्यो स्थानमा तिमीहरू रहनु पर्छ जहाँ मेरो चाहना छ, मुख्य रूपमा, तिमीहरूलाई मेरो आत्माको शान्ति र शक्तिद्वारा सङ्केत गरिने छ, जुन तिमीहरूमा प्रवाह हुने छ ।

यो स्थान तिमीहरूले भाडामा प्राप्त गर्न सक्ने छौ । अनि यस सहरका प्राचीन बासिन्दाहरू र संस्थापकहरूका सम्बन्धमा लगनशीलतापूर्वक सोधपुछ गर;

१० किनकि यस सहरमा तिमीहरूका लागि एकभन्दा धेरै खजानाहरू छन् ।

११ त्यसकारण, तिमीहरू सर्पहरूजस्तै बुद्धिमान् र तर पापरहित बन; र म सबै विषयहरू तिमीहरूको लाभका लागि आदेश दिने छु, जति चाँडो तिमीहरूले तिनीहरूलाई प्राप्त गर्न सक्षम हुने छौ । आमीन ।