धर्मशास्त्रहरू
सिद्धान्त र करार ८


खण्ड ८

अगमवक्ता जोसेफ स्मिथद्वारा ओलिवर काउड्रीलाई हार्मोर्नी, पेन्सिलभेनियामा, अप्रिल १८२९ मा दिइएको प्रकाश । मोर्मोनको पुस्तकको अनुवादका क्रममा, ओलिवर, जसले अगमवक्ताका शास्त्रीका रूपमा निरन्तर सेवा गरिरहे, अनुवादको उपहारसँगै अभिदान हुन चाहना राख्थे । परमप्रभुले यो प्रकाश प्रदान गरेर उनको याचनाको जवाफ दिनुभयो ।

१–५, प्रकाश पवित्र आत्माको शक्तिद्वारा आउँछ; ६–१२, परमेश्वरका रहस्यहरूको ज्ञान र प्राचीन अभिलेखहरू अनुवाद गर्ने शक्ति आस्थाद्वारा आउँछ ।

ओलिवर काउड्री, साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्दछु, कि परमप्रभु जीवित हुनुहुन्छ भनेर निश्चित छ, जो तिम्रा परमेश्वर र तिम्रा उद्धारकर्ता हुनुहुन्छ, त्यसरी नै तिमीले आस्थामा, इमानदार हृदयले, पुराना अभिलेखहरू, जुन प्राचीन हुन्, का कुँदाइका सम्बन्धमा तिमीले ज्ञान प्राप्त गर्ने छौ भन्ने विश्वास गरेर जे पनि माग्ने छौ, जसमा मेरा धर्मशास्त्रका ती अंशहरू छन् जुन मेरो आत्माको अभिव्यक्तिद्वारा प्रकट गरिएको छ, तिमीले निश्चय नै प्राप्त गर्ने छौ ।

हो, हेर, म तिमीलाई तिम्रो मष्तिष्क र तिम्रो हृदयमा, पवित्र आत्माद्वारा भन्ने छु, जुन तिमीमाथि आउने छ र जुन तिम्रो हृदयमा बास बस्ने छ ।

अब, हेर, यो प्रकाशको आत्मा हो; हेर, यो त्यही आत्मा हो जसद्वारा मोशाले इस्राएलका सन्ततिहरूलाई लाल समुद्रको बीचको ओभानो जमीन हुँदै ल्याए ।

त्यसकारण यो तिम्रो उपहार हो; यसलाई उपयोग गर र तिमी धन्य छौ, किनकि यसले तिमीलाई तिम्रा शत्रुहरूका हातहरूबाट मुक्त गर्नु पर्दछ, जब, यदि त्यस्तो नभएको भए, तिनीहरूले तिमीलाई मार्ने छन् र तिम्रो जीवात्मालाई विनाशमा ल्याउने छन् ।

हे, यी वचनहरू सम्झनू र मेरा आज्ञाहरू पालना गर्नू । सम्झनू, यो तिम्रो उपहार हो ।

अब यो सबै मात्रै तिम्रो उपहार होइन; किनकि तिमीसँग अर्को उपहार छ, जुन हारुनको उपहार हो; हेर, यसले तिमीहरूलाई धेरै विषयहरू बताएको छ;

हेर, त्यहाँ परमेश्वरको शक्ति बाहेक, अरू कुनै शक्ति छैन, जसले गर्दा हारुनको यो उपहार तिमीसँग हुन सक्छ ।

त्यसकारण, शंका नगर, किनकि यो परमेश्वरको उपहार हो; अनि तिमीले यसलाई आफ्नो हातमा समात्ने छौ र अद्भूत कार्यहरू गर्ने छौ; र कुनै पनि शक्तिले यसलाई तिम्रो हातबाट खोस्न सक्षम हुने छैन, किनकि यो परमेश्वरको कार्य हो ।

अनि, त्यसकारण, त्यस माध्यमबाट तिमीलाई बताइदिनका लागि तिमीले मसँग जे माग्छौ, त्यो म तिमीलाई दिने छु र तिमीलाई यसका सम्बन्धमा ज्ञान हुने छ ।

१० सम्झनू कि आस्था बिना तिमीले केही गर्न सक्दैनौ; त्यकारण आस्थामा सोध । यी विषयहरूमा तुच्छ नबन; त्यसका लागि नसोध जुन तिमीले गर्नुहुँदैन ।

११ सोध कि तिमीले परमेश्वरका रहस्यहरू जान्न सक्ने छौ, ताकि तिमीले ती सबै प्राचीन अभिलेखहरूबाट अनुवाद गर्न र ज्ञान प्राप्त गर्न सक्ने छौ जुन लुकाइएका छन्, जुन पवित्र छन्; अनि तिमीहरूको आस्था अनुसार तिमीहरूलाई यो गरिने छ ।

१२ हेर, यो म हुँ जसले यसो भनेको छु; अनि म उही हुँ जसले प्रारम्भदेखि नै तिमीहरूसँग बोलेको छु । आमीन ।

प्रिन्ट गर्नुहोस्