धर्मशास्त्रहरू
सिद्धान्त र करार १२०


खण्ड १२०

अगमवक्ता जोसेफ स्मिथद्वारा फार वेस्ट, मिजोरीमा, जुलाइ ८, १८३८ मा यसपूर्वको प्रकाशमा नामाकरण गारिएको दशांशका रूपमा दिइएका सम्पत्तिको व्यवस्थापनका सम्बन्धमा जानकारी प्रदान गर्दै दिइएको प्रकाश, खण्ड ११९ ।

साच्चैँ नै, परमप्रभु यसो भन्नुहुन्छ, समय अब आएको छ, कि यो मेरो चर्चको प्रथम अध्यक्षता र बिशप र उनको परिषद्को र मेरो उच्च परिषद् द्वारा बनेको परिषद् द्वारा व्यवस्था गरिने छ; र तिनीहरूलाई मेरो आफ्नै वाणीद्वारा, परमप्रभु भन्नुहुन्छ । तसर्थ यस्तै हुने छ । आमीन ।