खण्ड १२६
अगमवक्ता जोसेफ स्मिथद्वारा जुलाई ९, १८४१ मा नाभू, इलिनोइमा ब्रिघम यङ्गको घरमा दिइएको प्रकाश । यस समयमा ब्रिघम यङ्ग बाह्र प्रेरितहरूका गणका अध्यक्ष थिए ।
१–३, ब्रिघम यङ्गलाई उनको श्रमका लागि प्रशंसा गरिन्छ र भविष्यको अन्य स्थानहरूको यात्राबाट मुक्त गरिन्छ ।
१ प्रिय र प्यारो बन्धु, ब्रिघम यङ्ग, साच्चैँ नै परमप्रभुले तिमीलाई यसो भन्नुहुन्छ: मेरा सेवक ब्रिघम, तिमीले विगतमा जस्तै तिम्रो परिवार छोड्न आवश्यक छैन, किनकि तिम्रो अर्पण मलाई स्वीकार्य छ ।
२ मेरा नामका यात्राहरूमा मैले तिम्रो परिश्रम र मेहनत देखेको छु ।
३ त्यसैले म तिमीलाई मेरो वचन टाढासम्म पठाउन र यस समयदेखि, अबदेखि र सदाका लागि आफ्नो परिवारको विशेष हेरचाह गर्न आज्ञा दिन्छु । आमीन ।