धर्मशास्त्रहरू
परिचय


परिचय

सिद्धान्त र करार अन्तिम दिनहरूमा पृथ्वीमा परमेश्वरको अधिराज्य स्थापना र अनुगमन गर्नका लागि दिइएका दैवी प्रकाशहरू र प्रेरित घोषणाहरूको सङ्ग्रह हो । यद्यपि अधिकांश खण्डहरू पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूका लागि निर्देशित गरिएका छन् । सन्देशहरू, चेतावनीहरू र प्रोत्साहनहरू सबै मानवजातिको हितका लागि हुन् अनि सबै मानिसहरूको सांसारिक कल्याण र तिनीहरूको चिरस्थायी मुक्तिका लागि तिनीहरूसँग व्यक्त गरिएका परमप्रभुका वाणी सुन्न आह्वान् गरिएका आमन्त्रण समावेश गरिएका छन् ।

यसमा सङ्कलन गरिएका अधिकांश प्रकाशहरू, प्रथम अगमवक्ता र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अध्यक्ष जोसेफ स्मिथ जुनियरद्वारा प्राप्त गरिएका थिए । अन्य सबै अध्यक्षतामा रहेका उनका उत्तराधिकारीहरूद्वारा जारी गरिएका थिए (हेर्नुहोस् सि. र क. १३५ को शीर्ष खण्ड, १३६, र १३८, र आधिकारिक घोषणाहरू १) ।

सिद्धान्त र करारको पुस्तक पवित्र बाइबल, मोर्मोनको पुस्तक र बहुमूल्य मोतीका साथमा चर्चका सर्वस्वीकृत कार्यहरूमध्येको एक हो । यद्यपि, सिद्धान्त र करार अद्वितीय छ किनकि यो कुनै प्राचीन दस्तावेजको अनुवाद होइन, तर आधुनिक उद्भवको हो र उहाँको पवित्र कार्यको पुनर्स्थापना र यी दिनहरूमा पृथ्वीमा परमेश्वरको अधिराज्य स्थापनाका लागि छनोट गरिएका उहाँका अगमवक्ताहरूद्वारा दिइएको थियो । प्रकाशहरूमा, समयको पूर्णताको समयावधिमा पुनः बोल्दै गर्नुभएका परमप्रभु येशू ख्रीष्टको कोमल तर दृढ वाणी कसैले सुन्छ; र संसारको प्रारम्भदेखि नै सबै पवित्र अगमवक्ताहरूका वचनहरूको पूर्ति र सामन्जस्यमा यहाँ सुरू गरिएको त्यो कार्य उहाँको दोस्रो आगमनका लागि तयारी हो ।

डिसेम्वर २३, १८०५ मा, शेरोन, विन्डसर प्रदेशको, भर्मन्टमा जोसेफ स्मिथ जुनियरको जन्म भएको थियो । आफ्नो जीवनको प्रारम्भिक समयमा, उनी आफ्नो परिवारसँगै पश्चिमी न्यू योर्क हालको म्यान्चेस्टरमा सरे । १८२० को वसन्तमा उनी त्यहाँ बस्दै गर्दा, जब उनी चौध वर्षका थिए, उनले आफ्नो पहिलो दर्शनको अनुभव लिए, जसमा परमेश्वर, अनन्त पिता र उहाँका पुत्र येशू ख्रीष्टद्वारा व्यक्तिगत रूपमा उनलाई भेट गरिएको थियो । यस दर्शनमा उनलाई भनिएको थियो कि येशू ख्रीष्टको सत्य चर्च जुन नयाँ करारको समयमा स्थापित भएको थियो र जसले सुसमाचारको पूर्णतालाई प्रशासित गरेको थियो, अब त्यो पृथ्वीमा थिएन । यसपछिका अन्य दैवी प्रकटहरू जसमा धेरै स्वर्गदूतहरूद्वारा उनलाई शिक्षा दिइएको थियो; उनलाई यो देखाइएको थियो ताकि उनले गर्नका लागि परमेश्वरसँग पृथ्वीमा विशेष कार्य थियो र त्यो उनीद्वारा येशू ख्रीष्टको चर्च पृथ्वीमा पुनर्स्थापित हुने छ ।

समय क्रममा, दैवी सहयोगद्वारा मोर्मोनको पुस्तक अनुवाद गर्न र प्रकाशित गर्न जोसेफ स्मिथलाई सक्षम बनाइएको थियो । यसै बीचमा उनी र ओलिवर काउड्रीलाई मे १८२९ मा बप्तिस्मा दिने यूहन्नाद्वारा हारुनको पादरित्वमा नियुक्त गरिएको थियो (हेर्नुहोस् सि. र क. १३), र त्यसको लगत्तै पछि उनीहरूलाई प्राचीन प्रेरितहरू पत्रुस, याकुब र यहुन्नाद्वारा मल्कीसेदेक पादरीत्वमा पनि नियुक्त गरिएको थियो (हेर्नुहोस् सि. र क. २७:१२) । अन्य विधिहरू अनुशरण गरिएका थिए जसमा मोसेस, एलिया, एलियास् र धेरै प्राचीन अगमवक्ताहरूद्वारा पादरित्वका साँचाहरू प्रदान गरिएका थिए (हेर्नुहोस् सि. र क. ११०; १२८:१८, २१) । यी विधिहरू, वास्तवमा नै, मानिसका लागि पृथ्वीमा दैवी अधिकारको पुनर्स्थापना थिए । अप्रिल ६, १८३० मा, स्वर्गको निर्देशनअन्तर्गत, अगमवक्ता जोसेफ स्मिथले चर्चलाई सङ्गठित गरे अनि यसरी येशू ख्रीष्टको सत्य चर्च सुसमाचार सिकाउने अधिकार र मुक्तिका विधिहरू प्रदान गर्ने अधिकारसँगै मानिसहरूका बीचमा संस्थाका रूपमा यो पुनः एक पटक सक्रिय छ । (हेर्नुहोस् सि. र क. २० र बहुमूल्य मोती, जोसेफ स्मिथ—इतिहास १ ।)

यी पवित्र प्रकाशहरू प्रार्थनाका जवाफमा, आवश्यकताको समयमा र वास्तविक व्यक्तिहरूलाई संलग्न गराएर वास्तविक जीवन परिस्थितिहरूबाट प्राप्त गरिएका थिए । अगमवक्ता र तिनका सहयोगीहरूले दैवी मार्गदर्शनका लागि खोजी गरेका थिए र तिनीहरूले यो प्राप्त गरे भनेर यी प्रकाशहरूले प्रमाणित गर्दछन् । यी प्रकाशहरूमा, कसैले येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापना र प्रकाश र समयको पूर्णताको समयावधिको प्रबन्धको सुरुवात देख्छ । यी प्रकाशहरूमा न्यूयोर्क र पेन्सिलभेनियादेखि ओहायो, मिजोरी, इलिनोइ र अन्तमा पश्चिमी अमेरिकाको ग्रेट बेसिनसम्म चर्चको पश्चिमतर्फको आन्दोलन र आधुनिक समयमा पृथ्वीमा सियोन निर्माण गर्ने प्रयासमा सन्तहरूको महान् सङ्घर्षहरूलाई पनि देखाइएको छ ।

यसभन्दा पूर्वका धेरै खण्डहरूमा मोर्मोनको पुस्तकको अनुवाद र प्रकाशन सम्बन्धी विषयहरू समावेश छन् (हेर्नुहोस् खण्डहरू ३, , १०, १७, र १९) । यसभन्दा पछिका केही खण्डहरूले बाइबलको प्रेरित अनुवाद गर्ने अगमवक्ता जोसेफ स्मिथको कार्यलाई प्रतिविम्वित गर्दछन् जसमा धेरै महान् सैद्धान्तिक खण्डहरू प्राप्त भएका थिए (हेर्नुहोस्, उदाहरणका लागि, खण्डहरू ३७, ४५, ७३, ७६, ७७, ८६, ९१, र १३२, जसमध्ये बाइबल अनुवादसँग प्रत्येकको प्रत्यक्ष सम्बन्ध छ) ।

प्रकाशहरूमा, सुसमाचारका सिद्धान्तहरू देवप्रमुखको प्रकृति, मानिसको उत्पत्ति, शैतानको वास्तविकता, मरणशीलताको उद्देश्य, आज्ञाकारिताको आवश्यकता, पश्चात्तापको आवश्यकता, पवित्र आत्माका कार्यहरू, मुक्तिसँग सम्बन्धित विधिहरू र निष्पादन, पृथ्वीको प्रारब्ध, पुनरुत्थान र न्यायपछि मानिसको भविष्यको अवस्था, वैवाहिक सम्बन्धको अनन्तता र परिवारको अनन्त प्रकृतिजस्ता आधारभूत विषयहरूका सम्बन्धमा स्पष्टीकरणसहित प्रस्तुत गरिएको छ । त्यसैगरी, क्रमिक रूपमा प्रकाश पारिएको चर्चको प्रशासनिक संरचना विशपहरू, प्रथम अध्यक्षता, बाह्रको परिषद् र सत्तरी र अध्यक्षता गर्ने अन्य अधिकारीहरू र गणहरूको स्थापनासँगै देखाइएको छ । अन्ततः, येशू ख्रीष्टको गवाही जुन दिइएको छ—उहाँको दिव्यता, उहाँको महिमा, उहाँको पूर्णता, उहाँको प्रेम र उहाँको उद्धार गर्ने शक्तिले—मानव परिवारका लागि यस पुस्तकलाई महान् मूल्य अनि “चर्चका लागि सारा पृथ्वीको सम्पत्तिको मूल्य” को बनाउँछ (सि. र क. ७० मा शीर्ष खण्डहेर्नुहोस्) ।

प्रकाशहरू मूल रूपमा जोसेफ स्मिथका शास्त्रीहरूले अभिलेख गरेका थिए र चर्चका सदस्यहरूले उत्साहपूर्वक हस्तलिखित प्रतिलिपिहरू एकअर्कासँग बाँढे । अझै बढी स्थायी अभिलेख सिर्जना गर्न, शास्त्रीहरूले यथाशीघ्र यी प्रकाशहरूलाई पाण्डुलिपि अभिलेख पुस्तकहरूमा लिपिबद्ध गरे, जसलाई चर्चका अगुवाहरूले प्रकाशहरू मुद्रण गर्नका लागि तयार पार्न प्रयोग गर्दथे । तिनीहरूले चर्चलाई हेरेजस्तै गरी प्रकाशहरूलाई पनि: जोसेफ र प्रारम्भिक सन्तहरूले जीवित, गतिशील र थप प्रकाशका साथ परिष्करण गरिने विषयका रूपमा हेरेका थिए । तिनीहरूले सम्भवतः प्रकाशहरू प्रतिलिपि गर्ने र मुद्रणका लागि तयार पार्ने प्रक्रियाबाट अनजानमा त्रुटिहरू भएका थिए भनेर पहिचान पनि गरे । यसरी, चर्च सम्मेलनले १८३१ मा जोसेफ स्मिथलाई आग्रह गर्‍यो “ती त्रुटिहरू वा गल्तीहरू सुधार गर्न जुन उनले पवित्र आत्माद्वारा पत्ता लगाउन सक्छन् ।”

प्रकाशहरूको समीक्षा र सुधार गरिसके पश्चात् मिजोरीका चर्चका सदस्यहरूले A Book of Commandments for the Government of the Church of Christ, शीर्षकको पुस्तक छाप्न आरम्भ गरे, जसले अगमवक्ताहरूका धेरै प्रारम्भिक प्रकाशहरूलाई समावेश गर्दथ्यो । तथापि, जब भीडले २० जुलाई, १८३३ मा ज्याक्सन प्रदेशमा सन्तहरूको मुद्रण गर्ने कार्यालयलाई नष्ट गर्‍यो प्रकाशहरू प्रकाशित गर्ने यो पहिलो प्रयास समाप्त भयो ।

मिजोरी मुद्रण कार्यालयको विनाशका सम्बन्धमा सुनेपछि, जोसेफ स्मिथ र अन्य चर्चका अगुवाहरूले कर्टल्याण्ड, ओहायोमा प्रकाशहरू मुद्रण गर्ने तयारी सुरू गरे । त्रुटिहरू पुनः सुधार गर्न, शब्दहरू स्पष्ट पार्न र चर्चका सिद्धान्त र सङ्गठनमा भएका विकासहरू पहिचान गर्न, जोसेफ स्मिथले १८३५ मा Doctrine and Covenants of the Church of the Latter Day Saints. का रूपमा सिद्धान्त र करारको अर्को संस्करणलाई अधिकार दिए, जुन १८४४ मा अगमवक्ताको सहादतको महिनौँ पछि मात्र प्रकाशित भएको थियो ।

पछिल्ला दिनका प्रारम्भिक सन्तहरूले प्रकाशहरूलाई बहुमूल्य मानी तिनीहरूलाई परमेश्वरबाट प्राप्त सन्देशका रूपमा हेर्ने गर्दथे । १८३१ को अन्तमा एक अवसरमा, चर्चका धेरै एल्डरहरूले औपचारिक गवाही दिए कि परमप्रभुले प्रकाशको सत्यताका सम्बन्धमा तिनीहरूको अन्तस्करणमा अभिलेख व्यक्त गर्नुभएको थियो । बाह्र प्रेरितहरूको लिखित गवाहीका रूपमा यो गवाही सिद्धान्त र करारको १८३५ को संस्करणमा प्रकाशित भएको थियो:

को गवाही
बाह्र प्रेरितहरूको सत्यका लागि
सिद्धान्त र करारको पुस्तक

परमप्रभुका आज्ञाहरूको पुस्तकका लागि साक्षीहरूको गवाही, जुन आज्ञाहरू उहाँले जोसेफ स्मिथ, जुनियरद्वारा आफ्नो चर्चलाई दिनुभयो, जसलाई यस कार्यका लागि चर्चको आवाजद्वारा नियुक्त गरिएको थियो:

त्यसकारण, हामी सारा मानवजातिको संसारमा, पृथ्वीको सतहमा भएका प्रत्येक प्राणीलाई गवाही दिन चाहन्छौँ कि परमप्रभुले हाम्रा अन्तस्करणहरूका ती पवित्र आत्माद्वारा अभिलेख व्यक्त गरिदिनुभएको छ, जुन हामीमा प्रवाहित छ, कि परमेश्वरको प्रेरणाद्वारा यी आज्ञाहरू दिइएका थिए र सबै मानिसहरूका लागि लाभदायक छन् र साच्चैँ नै सत्य छन् ।

हामी संसारलाई यो गवाही दिन्छौँ, परमप्रभु हाम्रा सहयोगी हुनुहुन्छ; र यो परमेश्वर पिता र उहाँका पुत्र, येशू ख्रीष्टको अनुग्रहले हो कि हामीले यो गवाही संसारसामु दिने यो सुअवसर प्राप्त गर्न अनुमति पाएका छौँ, जसमा हामी अत्यन्तै रमाउँछौँ, परमप्रभुलाई सदैव प्रार्थना गर्दछौँ कि मानिसहरूका छोराछोरीहरूले यसबाट लाभ प्राप्त गर्न सकून् ।

बाह्र जनाका नामहरू यस प्रकार थिए:

  • थोमस बी. मार्स

  • डेभिड डब्लू. प्याटन

  • ब्रिघम यङ

  • हेबर सी. किमबल

  • ओरसन हाइड

  • विलियम ई. म्याकलेलिन

  • पार्ली पी. प्राट

  • लुक एस. जोन्सन

  • विलियम स्मिथ

  • ओरसन प्राट

  • जोन एफ. बोयन्टन

  • लाइमन ई. जोन्सन

सिद्धान्त र करारका क्रमिक संस्करणहरूमा, प्राप्त गरेअनुसार र चर्चका आधिकारिक सभाहरू वा सम्मेलनहरूले स्वीकार गरेअनुसार अतिरिक्त प्रकाशहरू वा अभिलेखका अन्य सामग्रीहरू थपिएका छन् । ब्रिघम यङको निर्देशनमा एल्डर ओर्सन प्राटले तयार पारेको १८७६ संस्करणले प्रकाशहरूलाई कालक्रमानुसार व्यवस्थित गर्‍यो र ऐतिहासिक परिचयसहित नयाँ शीर्षकहरू प्रदान गर्‍यो ।

१८३५ को संस्करणको सुरुवातसँगै, अध्यात्मविद्या सम्बन्धी सात अध्यायहरूको शृङ्खला पनि समावेश गरिएको थियो; जसको शीर्षक थियो Lectures on Faith. यी १८३४ देखि १८३५ सम्म अगमवक्ताहरूको शिक्षालय कर्टल्याण्ड, ओहायोमा उपयोग गर्नका लागि तयार पारिएको थियो । यद्यपि सिद्धान्त निर्देशनका लागि लाभदायक भए तापनि, यी व्याख्यानहरू १९२१ को संस्करणदेखि नै सिद्धान्त र करारबाट हटाइएका छन् किनकि तिनीहरू प्रकाशका रूपमा सम्पूर्ण चर्चका लागि प्रदान गरिएको वा प्रस्तुत गरिएका थिएनन् ।

सिद्धान्त र करारको १९८१ को अङ्ग्रेजी संस्करणमा, पहिलो पटक तीनओटा कागजातहरू समावेश गरिएका थिए । यी खण्डहरू १३७१३८ हुन्, मृतकहरूका लागि मुक्तिका आधारभूत विषयहरू स्थापित गर्दै; अनि आधिकारिक घोषणा २, लाई सूचित गर्दै कि जाति वा रङ्गलाई विचार नगरी चर्चका सबै योग्य पुरुष सदस्यहरूलाई पादरित्वको पदमा नियुक्त गर्न सकिन्छ ।

सिद्धान्त र करारका प्रत्येक नयाँ संस्करणले विगतका त्रुटिहरूलाई सच्याएको छ र विशेष गरी खण्ड शीर्षकहरूका ऐतिहासिक अंशहरूमा नयाँ जानकारी थपेको छ । हालको संस्करणले मिति र स्थानका-नामहरूलाई थप परिष्कृत गर्दछ र अन्य सुधारहरू गर्दछ । सबैभन्दा सही ऐतिहासिक जानकारीका रूपमा सामग्री प्रदान गर्नका लागि यी परिवर्तनहरू गरिएका हुन् । यस नवीनतम संस्करणका अन्य विशेषताहरूमा प्रकाशहरू प्राप्त भएका, साथै सुधार गरिएका प्रमुख भौगोलिक स्थानहरूलाई देखाउने संशोधित नक्साहरू अन्य-सन्दर्भहरू, खण्ड शीर्षकहरू र विषय-वस्तुका सारांशहरू चर्चका ऐतिहासिक स्थलहरूका तस्बिरहरू, यी सबै पाठकहरूलाई सिद्धान्त र करारमा दिइएका परमप्रभुका सन्देश बुझ्न र आनन्दित हुनका लागि सहयोग गर्न तयार पारिएका हुन् । खण्ड शीर्षकहरूका लागि जानकारी चर्चको पाण्डुलिपि इतिहास र चर्चको प्रकाशित इतिहासबाट लिइएको छ History of the Church (समग्रमा जोसेफ स्मिथको इतिहासका शीर्षकहरूका रूपमा सन्दर्भ गरिएको छ) र Joseph Smith Papers.