२०२२
पिताको योजनामा दैवी प्रेम
मे २०२२


“पिताको योजनामा दैवी प्रेम,” लियाहोना, मे २०२२।

मासिक लियाहोना सन्देश, मे २०२२

पिताको योजनामा दैवी प्रेम

उद्धरणहरू

छवि
बादलको बीचबाट माथि उठ्ने पहाडहरू

पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको पूनर्स्थापित चर्चमा, हामीसँग हाम्रा स्वर्गका पिताको योजना अद्वितीय समझ हो। यसले हामीलाई नश्वर जीवनको उद्देश्य, त्यसपछि प्राप्त हुने दैवी न्याय अनि परमेश्वरका सबै सन्ततिहरूको अन्तिम महिमित गन्तव्यलाई भिन्न तरिकामा हेर्ने दृष्टिकोण दिन्छ। …

… येशू ख्रीष्टको पूनर्स्थापित चर्चको प्रकट गरिएका सिद्धान्तले सिकाउँछ कि परमेश्वरका सबै सन्ततिहरू—यहाँ विचारयोग्य केही सीमित अपवादहरू बाहेक —अन्ततः महिमाको राज्यमा समापन हुनेछन्। …

… यी मध्ये सर्वोच्च सेलेष्टियल राज्यमा उन्नयन हो, जहाँ हामी हाम्रा पिता र उहाँका पुत्र, येशू ख्रीष्ट जस्तै बन्न सक्छौं। …

… पूनर्स्थापित चर्चको उद्देश्य परमेश्वरका सबै सन्ततिहरूलाई तिनीहरूको अन्तिम गन्तव्यका रुपमा परमेश्वरले चाहेका कुराहरूका लागि योग्य हुन सहयोग गर्नु हो।

परमेश्वरको आधारभूत प्रकाश यो छ कि एक पुरुष र एक महिला बीचको अनन्त विवाहका करारहरूप्रतिको आस्थावादिताबाट मात्रै हाम्रा लागि उन्नयन प्राप्त गर्न सकिन्छ। त्यो दैवी सिद्धान्तका कारण हामी यो सिकाउँछौं कि “लिङ्ग व्यक्तिको अपूर्व, नश्वर, र अनन्त पहिचान र उद्देश्यको अनिवार्य विशेषता हो।” [“The Family: A Proclamation to the World,” ChurchofJesusChrist.org]. …

… हामी पुष्टि गर्छौं कि अपरिवर्तनीय सिद्धान्तमा आधारित पारिवारिक घोषणाले, पारिवारिक सम्बन्धलाई परिभाषित गर्छौं जुन हाम्रो अनन्त विकासको सबैभन्दा महत्त्वपूर्ण अंश हुन सक्छ। …

… अनन्तकालका यी सत्यहरूलाई हामीले अरूहरूसँग बाँढ्न प्रयास गर्नुपर्छ। तरपनि हाम्रा सबै छिमेकीहरूप्रतिको हामीसँग भएको प्रेमका कारण हामी सधैं तिनीहरूका निर्णयहरू स्वीकार गर्छौं। मोर्मोनको पुस्तकका अगमवक्ताले सिकाए जस्तै, हामीले “परमेश्वर र सबै मानिसहरूको प्रेम” राखेर अगाडि बढ्नुपर्छ[२-नेफि ३१:२०]।

प्रिन्ट गर्नुहोस्