२०२२
आँधीमा स्थिर रहने
मे २०२२


“आँधीमा स्थिर रहने,” युवाहरूको शक्तिका लागि, मे २०२२

मासिक लियाहोना सन्देश, मे २०२२

आँधीमा स्थिर रहने

उद्धरणहरू

छवि
प्रकाशस्तम्भ

हामी मध्ये जो आफ्ना लागि अनि हामीले प्रेम गर्नेहरूका लागि चिन्तित छौं, परमेश्वरले अगाडिका आँधीबेहरीहरूमा सुरक्षाको ठाउँ बनाउनुभएको छ भन्ने प्रतिज्ञामा आशा छ। …

राजा बेन्जामिनका भविष्यसूचक शब्दहरू हाम्रो समयमा लागू हुन्छन्। …

उहाँले आफ्ना मानिसहरू र हामीलाई सुरक्षाको एक मात्र निश्चित चट्टानमा निर्माण गर्न आमन्त्रण गर्नुभयो, जो मुक्तिदाता हुनुहुन्छ। उहाँले स्पष्ट पार्नुभयो कि हामी सही र गलत बीच छनौट गर्न स्वतन्त्र छौं र हामी हाम्रो छनौटको परिणामबाट बच्न सक्दैनौं। …

साना बालकहरू जस्तै परमेश्वरप्रति आज्ञाकारी र धेरै प्रिय बन्ने हाम्रा स्वभावहरू परिवर्तन हुन्छन्। त्यो परिवर्तनले हामीलाई पवित्र आत्माद्वारा आउने वरदानहरूको आनन्द लिन योग्य बनाउँछ। आत्माको साथ हुनालेले हामीलाई सान्त्वना दिन्छ, मार्गदर्शन गर्छ र बलियो बनाउँछ। …

जब जीवनमा आँधीहरू आउँछन्, तपाईं स्थिर हुन सक्नुहुन्छ किनभने तपाईं येशू ख्रीष्टमा आफ्नो आस्थाको चट्टानमा उभिरहनुभएको छ। त्यो आस्थाले तपाईंलाई दैनिक रुपमा पश्चात्ताप अनि निरन्तर करार पालन गर्न अगुवाइ गर्छ। तब तिमीले उहाँलाई सधैं स्मरण गर्नेछौ। अनि घृणा र दुष्टताको आँधीबेहरीबाट, तपाईंले स्थिर र आशावादी महसुस गर्नुहुनेछ। …

… विनम्र र प्रिय बालक जस्तै, उहाँको सहयोग स्वीकार गर्नुहोस्। पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा उहाँले प्रस्ताव गर्नुभएका करारहरू गर्नुहोस् र पालना गर्नुहोस्। तिनीहरूले तपाईंलाई बलियो बनाउनेछन्। मुक्तिदातालाई उहाँ अनि स्वर्गका हाम्रा पिताको घर जाने बाटोमा आँधीबेहरी र सुरक्षाका ठाउँहरू थाहा छ। उहाँलाई बाटो थाहा छ। उहाँ नै बाटो हुनुहुन्छ।

प्रिन्ट गर्नुहोस्