हाम्रा सबै हृदयस्पर्शी मन
यसको अर्थ यदि हामी जीवनमा सन्तुलन चाहन्छौं, र मुक्तिदाताले हामीलाई स्वर्ग तर्फ उचाल्नुभएको चाहन्छौं भने हामी उहाँप्रति र उहाँको सुसमाचारप्रति अनौपचारिक र अनियमित हुनुहुँदैन।
उहाँलाई अर्पण
उहाँले आफ्नो जीवन हाम्रा लागि अर्पण गर्नुभन्दा केही दिनअघि, येशू ख्रीष्ट येरुसलेमको मन्दिरमा हुनुहुन्थ्यो, मानिसहरुले मन्दिरको ढुकुटीमा दान दिएको हेरिरहनु भएको थियो। “धेरै धनीहरुले धेरै चढाए,” तर एउटी गरीब विधवाले आएर “दुई सिक्का चढाईन् ।” यो अति नै थोरै रकम थियो, यसलाई अभिलेख गर्नुको कुनै औचित्य थिएन ।
तरपनि यो अवास्तविक दानले मुक्तिदाताको ध्यान खिच्यो । वास्तवमा यसले उहाँलाई गहिरो प्रभाव पार्यो कि उहाँले आफ्ना अनुयायीहरुलाई आफूकहाँ बोलाएर भन्नुभयो, म तिमीहरुलाई साँच्चै भन्दछु ढुकुटीमा चढाउनेहरु मध्ये यस गरीब विधवाले सबैभन्दा धेरै चढाईन्:
““सबैका लागि तिनीहरूले आफ्नो प्रशस्ततामा अर्पण गरे । तर तिनले आफूसित भएका सबै कुराहरू, यहाँसम्म कि आफ्नो जीवनका सबै चीजहरू अर्पण गरीन्। “१
यस सरल अवलोकनको साथ, मुक्तिदाताले हामीलाई उहाँको राज्यमा अर्पणहरू कसरी नापिन्छ भनेर सिकाउनुभयो - अनि यो हामीले सामान्यतया अन्य चीजहरूमा तरिका भन्दा भिन्न छ। परमप्रभुका लागि दानको मूल्य ढुकुटीमा यसले पार्ने असरबाट नभई दाताको हृदयमा यसले पार्ने असरबाट मापन गरियो।
यी आस्थावान विधवालाई प्रशंषा गर्दै मुक्तिदाताले हामीलाई धेरै अभिव्यक्तिहरुबाट यसमा हाम्रो शिष्यत्व मापन गर्न एक स्तर दिनुभयो। येशूले सिकाउनुभयो कि हाम्रो प्रस्ताव ठूलो हुन सक्छ वा यो सानो हुन सक्छ, तर जुनसुकै तरिकाले, यो हाम्रो सम्पूर्णहृदयबाट हुनुपर्छ।
यो सिद्धान्त मर्मनको पुस्तकको अगमवक्ता अम्लेकीको निवेदनमा प्रतिध्वनि हुन्छ: “तिमीहरु ख्रीष्ट सामु आऊ, जो इस्राएलका पवित्र उहाँ हुनुहुन्छ, अनि उहाँको मुक्तिको, अनि उहाँको उद्दारको शक्तिको भाग लेऊ। हो, उहाँमा आऊ, अनि तिम्रो सम्पूर्ण आत्मा उहाँसामु अर्पण गर।”२
तर यो कसरी सम्भव छ? हामी धेरैलाई सम्पूर्ण हृदयको प्रतिवद्धताको त्यो स्तर सम्पर्कको बाहिरको कुरा देखिन्छ। हामीहरु त्यसैपनि पातलो भएर तन्किएका छौं। हामी कसरी परमप्रभुमाथि आफ्ना सम्पूर्ण हृदय अर्पण गर्ने इच्छा संगसंगै जीवनका धेरै मागहरुको सन्तुलन गर्न सक्छौं?
सायद हाम्रो चुनौती भनेको हामी सोच्छौं कि सन्तुलन भनेको प्रतिस्पर्धित रुचिहरूलाई समान रुपमा समय दिनु हो। यसरी हेर्दा, येशू ख्रीष्टप्रतिको हाम्रो प्रतिवद्धता हामीले व्यस्त गरेको हाम्रो तालिकामा समायोजन गरिनुपर्ने असङ्ख्य चीजहरू मध्येको एक आवश्यक चीज हुनेछ। तर सायद यसलाई हेर्ने अर्को तरिका पनि छ।
सन्तुलन: जस्तै साइकल चढ्नु
मेरी श्रीमती ह्यरिएट र मलाई एकसाथ साइकल चढेर हिड्न मन लाग्छ। यो कसरत गर्ने एक राम्रो माध्यम हो भने एकसाथ समय बिताउने पनि हो। जब हामी साइकल चढिरहेका हुन्छौं, र म धेरै स्वाँ-स्वाँ गरिरहेका हुँदिन, हामी हाम्रो वरिपरिको सुन्दर संसारको आनन्द लिन्छौं र आनन्ददायी कुराकानीमा संलग्न हुन्छौं। हामीले आफ्ना साइकलहरुको सन्तुलनप्रति कमै ध्यान दिनुपर्दछ। हामीले लामो समयसम्म सवारी चालाइरकेका छौं कि हामीले यसका बारेमा सोच्दैनौँ - यो हाम्रा लागि सामान्य र स्वाभाविक भएको छ।
तर जब म कसैले पहिलो पटक साइकल चढ्न सिक्दै गरेको देख्छु, म सम्झन्छु कि ती दुई साँघुरा पाङ्ग्रामा आफुलाई सन्तुलन गर्न सजिलो छैन। यसलाई समय लाग्छ। यसलाई अभ्यास चाहिन्छ। यसलाई धैर्य चाहिन्छ। एक वा दुई पटक लड्न पनि सिकन्छ ।
धेरै जसो जो साइकलको सन्तुलन गर्न सिक्छ, तिनीहरुले यो महत्वपूर्ण सुझाव सिक्छन्:
आफ्नो खुट्टामा नहेर्नोस्।
अगाडि हेर्नोस्।
तपाईंको आँखाले सडकमा अगाडि हेर्नोस्। तपाईंको गन्तव्यप्रति ध्यान दिनुहोस्। अनि पेडल गर्दै गर्नोस्। सन्तुलित रहनु भनेको अघि बढ्नु हो।
येशू ख्रीष्टको शिष्य भएर जीवनमा सन्तुलन पाउन त्यस्तै सिद्धान्त लागू हुन्छ। उत्तिकै रुपमा समय र शक्ति लगाउनु पर्ने तपाईंका धेरै महत्त्वपूर्ण कार्यहरू मध्येका कार्यहरू मानिस-मानिसमा र जीवनको एक क्षणबाट अर्को क्षणमा भिन्न हुन्छन् । तर हाम्रो समान, अन्तिम उद्देश्य हाम्रो मालिक, येशू ख्रीष्टलाई अनुशरण गर्नु हो अनि हाम्रा स्वर्गका प्रिय पिताको उपस्थितिमा फर्कनु हो। हामी जोसुकै भएपनि र हाम्रो जीवनमा जे भइरहे तापनि यो उद्देश्य स्थिर र लगातार हुनुपर्दछ ।३
उचाल: हवाईजहाज उडाए झैं
अब, उत्सुक साइकल चालकहरुका लागि, साइकल चलाउनुलाई शिष्यत्वसँग तुलना गर्दा सहयोगी हुन सक्दछ। जो छैनन् तिनीहरूका लागि, चिन्ता नगर्नुहोस्। मसँग आर्को एउटा समानता छ, कि मलाई विश्वास छ, हरेक नर, नारी र बालकले सम्बन्धित राख्न सक्नेछन्।
शिष्यत्व, जीवनका अरु चीजहरु झैं हवाईजहाज उडाउनुसँग तुलना गर्न सकिन्छ।
के तपाईंले रोकिएर सोच्नुभएको छ कि यो कति रोचक छ कि एक विशाल हवाईजहाज कसरी साँच्चै नै जमिनबाट उचालिएर उड्न सक्दछ? त्यो के हो जसले यो उड्ने मेशिनहरुलाई, महासागरहरु र महादेशहरु पार गराउँदै सुरुचिपूर्ण आकाशमा उडाउँदछ?
सरल रुपमा लिनोस्, एउटा विमान तब उड्दछ जब यसका पखेटाहरुमा हावा बहिरहेको हुन्छ । त्यो गतिले हावाको चापमा भिन्नता पैदा गर्दछ जसले जहाजलाई उचाल्छ। अनि तपाईं कसरी उचाइ सिर्जना गर्न पखेटाहरूमा चल्ने पर्याप्त हावा प्राप्त गर्नुहुन्छ? जवाफ हो अगाडि बढ्ने शक्ति।
रनवेमा बसेर हवाईजहाजले उचाइ प्राप्त गर्दैन। यसलाई पछाडि तान्ने शक्तिहरूलाई प्रतिकार गर्न प्रतिरोध गर्ने शक्ति लगाएर अगाडि नबढ्दासम्म हावा चल्ने दिनमा पनि, हवाईजहाज पर्याप्त लिफ्ट सिर्जना नभई उचालिँदैन ।
जसरी अगाडि बढ्नाले एक साइकललाई सन्तुलित र सिधा राख्दछ, अगाडि बढ्नाले एक हवाईजहाजलाई गुरुत्वाकर्षण र घिस्रणबाट जोगाउँछ।
येशू ख्रीष्टका अनुयायीहरूका सन्दर्भमा पनि यही सिद्धान्त लागू हुन्छ। यसको अर्थ यदि हामी जीवनमा सन्तुलन चाहन्छौं, र मुक्तिदाताले हामीलाई स्वर्ग तर्फ उचाल्नुभएको चाहन्छौं भने हामी उहाँप्रति र उहाँको सुसमाचारप्रति अनौपचारिक र अनियमित हुनुहुँदैन। येरुसलेमका विधवाले झैं हामीले उहाँलाई हाम्रो पूर्ण हृदय अर्पण गर्नुपर्दछ। हाम्रो भेटी थोरै होला तर यो हाम्रो हृदय देखि आउनुपर्दछ।
येशू ख्रीष्टको अनुयायी हुनु भनेको हामीले गर्ने धेरै कुराहरू मध्येको एउटा कार्य मात्र होइन। मुक्तिदाता हामीले गर्ने सबै कुराहरुको प्रेरणादायी शक्ति हुनुहुन्छ। उहाँ हाम्रो यात्राको विश्राम थलो हुनुहुन्न। उहाँ एक रमणीय उपमार्ग या एक प्रमुख स्थल हुनुहुन्न। उहाँ नै “मार्ग, सत्य र जीवन हो: कोही पनि पिताकहाँ आउन सक्दैन, तर केवल [येशू ख्रीष्टद्वारा मात्रै।”४ त्यही नै मार्ग र हाम्रो अन्तिम गन्तव्य हो।
सन्तुलन र उचाइ तब प्राप्त हुन्छ जब हामी “सबै मानिसहरूप्रतिको र परमेश्वरप्रतिको प्रेम र आशाको परिपूर्ण चमक लिएर, ख्रीष्टमाथिको स्थिरताका साथ अगाडि बढ्छौं।”५
वलिदान र पवित्रीकरण
अनि हाम्रो जीवनलाई यति व्यस्त बनाउने धेरै कार्य र जिम्मेवारीहरू के हुन् त? प्रियजनहरूसँग समय बिताउने, स्कूल जाने वा पेशाका लागि तयारी गर्ने, जीविकोपार्जन गर्ने, परिवारको हेरचाह गर्ने, समुदायमा सेवा गर्ने - यो सबै कहाँ समायोजन हुन्छ? मुक्तिदाताले हामीलाई आश्वस्त पार्नुभएको छ:
“किनकि स्वर्गका पितालाई थाहा छ कि तिमीहरूलाई यी सबै कुराहरूको आवश्यकता छ।
“तर पहिले तिमीहरूले परमेश्वरको अधिराज्य र उहाँको धार्मिकताको खोजी गर, अनि यी सबै कुराहरू तिमीहरूलाई थपिनेछ।”६
तर यसको अर्थ यो सजिलो छ भन्ने चाहिँ होइन।७ यसको लागि वलिदान र पवित्रीकरणदुबै आवश्यक छ ।
यसका लागि केही चीजहरूलाई परित्याग गर्नु र अन्य चीजहरूलाई वृद्धि गर्नदिनु आवश्यक छ।
वलिदान र पवित्रीकरण स्वर्गका दुई नियमहरू हुन् जुन हामीले पवित्र मन्दिरमा पालना गर्नका लागि करार गर्दछौँ । यी दुई कानून उस्तै छन् तर बिलकुलै समान छैनन्। वलिदान गर्नु भनेको अझै मूल्यवान चीजका लागि केही त्याग गर्नु हो। पुरातन समयमा, परमेश्वरका जनहरूले आउँदै गरेका मसीहको सम्मानमा आफ्ना भेडाहरूका पहिलो सन्तानहरू वलिदान दिए । सम्पूर्ण इतिहासभरी, आस्थावान् सन्तहरूले व्यक्तिगत चाहनाहरू, आनन्दहरू अनि तिनीहरूका जीवन समेत मुक्तिदाताका लागि वलिदान गरेका छन्।
हामीले येशू ख्रीष्टलाई पूर्ण रुपमा अनुशरण गर्नका लागि हामी सबैसँग त्याग गर्नुपर्ने ठूला र साना चीजहरू छन् ।८ हाम्रा वलिदानहरूले देखाउँदछ कि हामीले कसको महत्व साँच्चै नै राख्छौं। बलिदानहरू पवित्र हुन्छन् र परमप्रभुद्वारा सम्मानित हुन्छन्।९
पवित्रीकरण कम्तिमा पनि एक महत्त्वपूर्ण तरिकामा वलिदानभन्दा फरक छ। जब हामीले कुनै चीजलाई पवित्र बनाउँछौं, हामी यसलाई वेदीमा भस्म हुन छोड्दैनौं। बरु, हामीले यसलाई परमप्रभुको सेवामा प्रयोग गर्न लगाउँछौं। हामी यसलाई उहाँ र उहाँको पवित्र उद्देश्यमा समर्पित गर्छौं।१० हामीले परमप्रभुले हामीलाई दिनुभएका प्रतिभाहरू प्राप्त गर्दछौं र परमप्रभुको राज्य निर्माणमा अझै बढी सहयोगी बन्नका लागि तिनीहरूलाई धेरै गुणा बढाउने प्रयास गर्छौं।११
हामी मध्ये धेरै कमलाई मुक्तिदाताका लागि आफ्नो जीवन वलिदान गर्न भनिएको छ । तर हामी सबैलाई उहाँप्रति हाम्रो जीवन समर्पण गर्न आमन्त्रण गरिएको छ ।
एक कार्य, एक खुशी, एक उद्देश्य
जब हामी हाम्रो जीवनलाई पवित्र पार्न खोज्छौं र हरेक विचारमा ख्रीष्टलाई हेर्छौं,१२ अरू सबै चीजहरू क्रमवद्ध हुन सुरु गर्दछन् । अब उपरान्त जीवन कमजोर सन्तुलनमा राखिएको भिन्न प्रयासहरूको लामो सूची जस्तो आभास हुँदैन ।
समयसँगै, यो सबै एउटै कार्य बन्छ।
एक खुशी।
एक पवित्र उद्देश्य ।
यो परमेश्वरलाई प्रेम र सेवा गर्ने कार्य हो। यो परमेश्वरका सन्ततिहरूलाई प्रेम र सेवा गर्ने तरिका हो ।१३
जब हामी हाम्रो जीवनको अवलोकन गर्छौं अनि गर्नुपर्ने सयौं कुराहरु देख्छौं, हामी अभिभूत महसुस गर्छौं । जब हामीले —परमेश्वर र उहाँका सन्ततिहरूलाई प्रेम र सेवा गर्ने, सयौं तरिकामा एउटै कुरा देख्छौं— तब हामी ती विषयहरूमा आनन्दकासाथ ध्यान केन्द्रित गर्न सक्छौं ।
यसरी - हामीलाई पछाडि तान्ने कुनै पनि चीजको त्याग गरेर अनि बाँकी चीजहरूलाई परमप्रभु र उहाँका उद्देश्यहरूमा समर्पित गरेर हामीले हाम्रो सम्पूर्ण हृदय अर्पण गर्दर्छौं ।
प्रोत्साहन र गवाहीको एक शब्द।
मेरा प्रिय दाजुभाइ दिदीबहिनीहरू अनि मेरा प्यारा साथीहरू, त्यहाँ समय आउनेछ जब तपाईंले अझै बढी गर्ने चाहना राख्न सक्नुहुन्छ । स्वर्गमा रहनुहुने तपाईंका प्रिय पिताले तपाईंको हृदय बुझ्नुहुन्छ। उहाँलाई थाहा छ कि तपाईंले आफ्नो मनले चाहेका सबै चीजहरू गर्न सक्नुहुन्न। तर तपाईं परमेश्वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न सक्नुहुन्छ। उहाँका आज्ञाहरू पालन गर्न तपाईंले सक्दो प्रयास गर्न सक्नुहुन्छ । तपाईं उहाँका सन्ततिलाई प्रेम अनि सेवा गर्न सक्नुहुन्छ। अनि तपाईंको प्रयासले तपाईंको हृदयलाई विशुद्ध पार्दैछ र तपाईंलाई महिमित भविष्यका लागि तयार गरिरहेको छ।
मन्दिरको ढुकुटीमा बसेकी विधवाले यही बुझेकी थिइन् । उनलाई स्पष्ट रुपमा थाहा थियो कि उनको प्रस्तावले इस्राएलको भाग्य परिवर्तन गर्दैन, तरपनि यसले उनलाई-परिवर्तन गर्न र आशीष दिन सक्छ किनकि सानो भए तापनि, यो सबै उनको थियो ।
त्यसकारण, मेरा प्रिय मित्रहरू अनि येशू ख्रीष्टका प्रिय सहयात्री अनुयायीहरू, हामी “असल कार्यका लागि नथाकौँ, किनकि [हामी] एउटा महान् कार्यको जग बसाइरहेका छौं। अनि हाम्रा साना प्रयासहरूबाट अगाडि बढ्नेछ “जुन महान् छ ।”१४
म गवाही दिन्छु कि यो सत्य हो, जस्तै म यो पनि गवाही दिन्छु कि येशू ख्रीष्ट हाम्रा मालिक, हाम्रा उद्धारकर्ता, अनि स्वर्गमा हाम्रा प्रिय पितामा फर्कने हाम्रो एक मात्र मार्ग हुनुहुन्छ । येशू ख्रीष्टको पवित्र नाउँमा, आमीन ।