साधारण सम्मेलन
हामी उहाँमार्फत् कठीन कार्यहरू गर्न सक्छौँ
अक्टोवर २०२२ को साधारण सम्मेलन


10:53

हामी उहाँमार्फत् कठीन कार्यहरू गर्न सक्छौँ

हामी शिष्यत्वमा हुर्कन्छौँ जब हामी अप्ठ्यारा समयहरूमा परमप्रभुमा आस्थाको अभ्यास गर्दछौँ ।

मुक्तिदाताको पृथ्वीको सेवा-अवधिमा उहाँले एक मानिसप्रति ध्यान दिनुभयो जो अन्धा थिए । येशूका अनुयायीहरूले सोधे, “मालिक, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?”

मुक्तिदाताका दृढ, प्रिय अनि निष्कपट जवाफले हामीलाई आश्वासन दिन्छ कि उहाँ हाम्रा सङ्घर्षहरूप्रति सचेत हुनुहुन्छ: “न त यस मानिसले पाप गरेको छ, न त उसका आमा बुबाले: तर यो यस हेतुले भयो कि परमेश्वरको कार्य उसको जीवनमा प्रकट होस् ।”

केही चुनौतीहरू अभिप्रायपूर्वक अवज्ञा गरेर आउँछन् भने हामीलाई यो जानकारी छ कि जीवनका धेरै चुनौतीहरू अन्य कारणहरूबाट आउँछन् । हाम्रा चुनौतीहरूका श्रोतहरू जेसुकै भए तापनि तिनीहरू प्रगतिका लागि सुनौलो अवसर हुनसक्छन् ।

जीवनका दुर्भाग्यहरूबाट हाम्रो परिवार अछुतो छैन । हुर्कँदै गर्दा मलाई ठूला परिवारहरू मनपर्थ्यो । त्यस्ता परिवारहरूप्रति म आकर्षित हुन्थे, विशेष गरी जब मैले मेरो युवा अवस्थामा ताकोरादी, घानामा मेरा मामा, सार्फो र उहाँकी पत्नीद्वारा चर्च पत्ता लगाएँ ।

जब हन्नाह र मेरो विवाह भयो हामीले हाम्रा कुलपिताको आशीषको परिपूर्तिका लागि चाहना राख्यौँ जसमा भनिएको थियो कि हामीलाई धेरै सन्ततिहरू सहित आशीषित गरिनेछ । तथापि हाम्रो तेश्रो छोरा जन्मनु अघि, चिकित्साका दृष्टिमा यो स्पष्ट भयो कि हन्नाहले पून: अर्को बच्चा जन्माउन सक्नेछैनन् । कृतज्ञतापूर्वक, आफ्नो र आफ्नी आमाको ज्यान जोखिममा हुने गरी केनेथ जन्मिए तापनि, ऊ सुरक्षित रूपमा आइपुग्यो अनि उसकी आमा विस्तारै स्वस्थ हुँदै गईन् । उसले —चर्चमा सहभागी हुने सहित, दिनहुँ पारिवारिक प्रार्थनाहरू, धर्मशास्त्र पढ़्ने, पारिवारिक गृहसाँझ अनि स्वस्थकर मनोरन्जनात्मक गतिविधिहरूमा पनि हाम्रो परिवारिक जीवनमा पूर्णरूपमा भाग लिन थाल्यो।

हामीले ठूलो परिवारको हाम्रो अपेक्षामा समायोजन गर्नुपरे तापनि, “परिवार: संसारका लागि एक घोषणा” का शिक्षाहरू हाम्रा तीन अति प्रिय सन्ततिहरूसँग यो अभ्यास गर्नु पाउनु एक प्रसन्नता थियो । ती शिक्षाहरूको पालना गर्दा मेरो वृद्धि हुँदै गरेको आस्थामा धेरै अर्थ थप्यो ।

घोषणाले उल्लेख गरेको जस्तै: “पुरुष र महिला बीचको विवाह उहाँको अनन्त योजनामा अत्यावश्यक छ । बालबालिकाहरूलाई वैवाहिक बन्धनभित्र जन्माइनु पर्दछ, अनि एक पिता र माताद्वारा हुर्काइनु पर्दछ जसले वैवाहिक प्रतिज्ञाहरू सम्मानका साथ पूर्ण गर्दछन् । जब हामीले यी सिद्धान्तहरूको अभ्यास गर्‍यौँ, हामीलाई आशीष प्राप्त भयो ।

तैपनि, एक साताको अन्त्यमा जब म स्टेक अध्यक्षका रुपमा सेवारत थिएँ, हामीले अभिभावकहरूले सामना गर्ने सम्भवत: सबैभन्दा नराम्रो परीक्षणको अनुभव गर्‍यौँ । हाम्रो परिवार चर्चको एउटा गतिविधिबाट घर फर्कियो र दिउँसोको खाना खान भेला भयो । त्यसपछि हाम्रा तीन छोराहरू बाहिर घरको आँगनमा खेल्न गए ।

मेरी श्रीमतीले बारम्बार प्रभाव महासुस गरीन् कि केही गलत हुँदैछ । हामी भाँडा माँझ्दै गर्दा उनले मलाई गएर बालबालिकाहरूलाई हेर्न आह्वान् गरीन् । तिनीहरू सुरक्षित छन् भनेर मलाई महासुस भयो किनकि हामीले तिनीहरू खेल्दै गर्दाकाउत्साहपूर्ण आवाजहरू सुन्न सक्थ्यौँ ।

जब हामी दुबै अन्ततः हाम्रा छोराहरूलाई हेर्न पुग्यौँ, हामीले हाम्रो निराशामा १८-महिनाको सानो केनेथलाई उसका दाइहरूले पनि नदेखेको अवस्थामा पानीको बाल्टिनमा असहाय अवस्थामा पायौँ । हामीले उसलाई अस्पताल पुर्‍यायौँ, तर उसलाई पूनर्जीवित गर्ने सबै प्रयास व्यर्थ साबित भए ।

हामी तहसनहस भएका थियौँ कि हामीले यो नश्वर जीवनमा हाम्रो बहुमूल्य सन्ततिलाई हुर्काउने अवसर पाउने छैनौँ । सदाकालका लागि केनेथ हाम्रो परिवारको अंशहुनेछ भन्ने जानकारी हुँदाहुँदै पनि मैले आफु स्वयंलाई प्रश्न गरिरहेको पाएँ कि किन परमेश्वरले यो दु:खद घटना मलाई हुनदिनुभयो जब म मेरो बोलावटलाई सम्मान गर्न सक्दो प्रयास गरिरहेको थिएँ । सन्तहरूका सेवामा आफ्नो कर्तव्य निभाएर म भर्खर घर फर्केको थिएँ । मेरो सेवालाई हेरेर परमेश्वरले किन यो दुःखद घटनाबाट मेरो छोरा र परिवारलाई बचाउन सक्नुभएन? जति मैले यसका बारेमा सोचेँ, त्यति नै म द्वेषपूर्ण हुँदै गएँ ।

मेरी श्रीमतीले उनका प्रेरणालाई प्रतिक्रिया नदिएकोमा कहिल्यै मलाई दोष दिईनन् तर मैले जीवन बदल्ने एउटा शिक्षा पाएँ रकहिल्यै पनि नतोड्ने गरी दुईटा नियमहरू बनाए ।

नियम १: तपाईंकी श्रीमतीका प्रेरणहरूलाई सुन्नुहोस् र ध्यान दिनुहोस् ।

नियम २: यदि तपाईं कुनै कारणले सुनिश्चित हुनुहुन्न भने, नियम १ लाई हेरौँ ।

विध्वम्सात्मक अनुभव गरे तापनि र हामीले शोक मनाउनमा निरन्तरता दिए तापनि हाम्रा विह्वल पार्ने बोझ अन्तत: सहज भयो । मेरी श्रीमती र मैले विशिष्ट शिक्षाहरू सिक्यौँ । हामीले मन्दिरका हाम्रा करारहरूका कारण एकता र बाँधिएको महसुस गर्‍यौँ; हामीलाई थाहा छ कि हामीले केनेथलाई आउने संसारमा हाम्रो भनेर दाबी गर्न सक्छौँ किनभने ऊ करारमा जन्मिएको थियो । अरूको सेवा गर्ने र तिनीहरूका कष्टमा सहानुभूति दिनलाई चाहिने अनुभव पनि हामीले आर्जन गर्‍यौँ । म गवाही दिन्छु कि परमप्रभुमा आस्थाको अभ्यास गरेर हामी तिक्तताबाट मुक्त भएका छौँ । हाम्रा अनुभवहरू कठीन भइरहेका छन् तर हामीले प्रेरित पावलसँगै सिकेका छौँ कि यदि हामी उहाँमा केन्द्रित भयौँ भने हामीले “ख्रीष्टमा हामीले सबै चीज गर्न सक्छौँ जसले [हामीलाई मजबुत पार्छन्],” यदि ।

अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभयो, “जब हाम्रो जीवनको केन्द्रबिन्दु परमेश्वरको मुक्तिको योजना… अनि येशू ख्रीष्ट र उहाँको सुसमाचारमा हुन्छ, हाम्रो जीवनमा के भइरहेको छ - वा भइरहेको छैन भन्ने विषयलाई बेवास्ता गरी हामी प्रसन्नता महसुस गर्न सक्छौँ ।” उहाँले अगाडि भन्नुभयो, “प्रसन्नता उहाँबाट र उहाँको कारणबाट आउँछ ।”

हामी हाम्रा कठीन समयहरूमा हर्षित बन्न र शान्तिले भारिपूर्ण भएका हुनुसक्छौँ । मुक्तिदाता र उहाँको प्रायश्चितका कारणले हामीले महसुस गरेको प्रेम हाम्रा प्रयासहरूमा हाम्रा लागि एक शक्तिशाली स्रोत बन्छ। “जीवनका बारेमा ती सबै जुन अनुचित [र कठीन] छन्, तिनीहट्रू येशू ख्रीष्टको प्रायश्चित्तद्वारा उचित बनाउन सकिन्छ ।” उहाँले आज्ञा दिनुभयो, “संसारमा तिमीहरूलाई सङ्कट हुनेछ: तर हर्षित बन, मैले संसार माथि विजय प्राप्त गरेको छु ।” जुनैपनि कष्ट, रोग र परीक्षण हामीले यो मरणशीलतामा अनुभव गरे तापनि उहाँले हामीलाई सहन सहयोग गर्नसक्नुहुन्छ ।

हामीले यर्मिया, अय्यूब, जोसेफ स्मिथ र नफी जस्ता महान् तथा कुलीन अगुवाहरूका बारेमा धर्मशास्त्रका धेरै कथाहरूमा पाउँछौँ जसलाई मरणशीलताका सङ्घर्ष र चुनौतीहरूबाट टाढा राखिएको थिएन । तिनीहरू नश्वर थिए जसले कठोर अवस्थाहरूमा पनि परमप्रभुको आज्ञा पालना गर्न सिके ।

लिबर्टी कारागारका भयानक दिनहरूमा, जोसेफ स्मिथ पुकार गरे: “हे परमेश्वर, हजुर कहाँ हुनुहुन्छ? अनि तपाईंको लुक्ने ठाउँ छोप्ने मण्डप कहाँ छ?” परमप्रभुले जोसेफलाई “राम्रोसँग अन्त्यसम्म सहन” सिकाउनुभयो१० र प्रतिज्ञा गर्नुभयो कि यदि उनले यसो गरेमा, सबै चीजहरूले उनलाई अनुभव दिनेछन् र उनको भलाइका लागि हुनेछन् ।११

मेरा आफ्नै अनुभवहरूलाई हेर्दा, मलाई मेरा आरामदायी क्षेत्रहरूबाट बाहिर लगिएका ती समयहरूमा मैले महसुस गरेँ कि मेरा जीवनका कठीन समयहरूमा मैले मेरा सबैभन्दा उत्कृष्ट शिक्षाहरू सिकेको छु, । युवावस्थामा , चर्चका बारेमा सुसमाचार प्रशिक्षणद्वारा सिक्दै गर्दा, भर्खर बप्तिस्मा लिई परिवर्तन भएको समयमा र पूर्णकालीन सुसमाचार प्रचार कार्यमा संलग्न हुँदा मैले प्राप्त गरेका कठीनाइहरूले अनि मेरो शिक्षामा, मेरा बोलावटमा असल गर्ने प्रयास गर्दा अनि परिवारलाई हुर्काउँदा मैले सामना गरेका चुनौतीहरूले भविष्यका लागि मलाई तयार पारेका छन् । जति म परमप्रभुमा आस्थाका साथ कठीन चुनौतीहरूको सामना हर्षका साथ गर्दछु, त्यति म शिष्यत्वमा बढ्दछु ।

कोप्चो र साँघुरो बाटोमा लागेपछि हाम्रा जीवनमा आउने कठीनाइहरू आश्चर्यका रूपमा आउनुहुँदैन ।१२ येशू ख्रीष्टले “उहाँलेभोग्नुभएका कष्टहरूद्वारा आज्ञा पालन गर्न सिक्नुभयो ।”१३ जब हामी विशेषगरी कठीन समयहरूमा उहाँलाई अनुशारण गर्दगर्दछौँ, , हामी उहाँ जस्तै बन्न सक्छौँ ।

मन्दिरमा परमप्रभुसँग गर्ने करारहरू मध्येको एउटा करार हो बलिदानको नियम पालना गर्नु हो । बलिदान सदैव येशू ख्रीष्टको सुसमाचारको एक अंश रहेको छ । येशू ख्रीष्टको प्रायश्चित महान् बलिदान यस पृथ्वीमा जिइरहेका वा जिउने सबैका लागि एक स्मरण हो ।

एल्डर मोरिसनका सुसमाचार प्रचारकहरू

मलाई थाहा छ कि परमप्रभुले हाम्रा असल चाहनाहरू सदैव पूरा गर्नुहुन्छ । धेरै सन्तति भनेर मेरो कुलपिताको आशीषमा मलाई प्रतिज्ञा गरिएको सम्झनुहुन्छ? त्यो आशीष पूरा हुँदैछ । मेरी श्रीमती र मैले घाना केप कोष्ट सुसमाचार प्रचार क्षेत्रमा, २५ वटा भन्दा बढी देशहरूबाट आएका सयौँ सुसमाचार प्रचारकहरूसँग सेवा गर्‍यौँ । तिनीहरू हाम्रा लागि त्यति नै प्रिय छन् जति हाम्रा आफ्ना सन्ततिहरू प्रिय छन्।

म गवाही दिन्छु कि हामी शिष्यत्वमा हुर्कन्छौँ जब हामी कठीन समयहरूमा परमप्रभुमा आस्थाको अभ्यास गर्दछौँ । हामीले त्यसो गरेमा, उहाँले हामीलाई कृपाका साथ मजबुत बनाउनुहुनेछ र हाम्रा बोझहरू बोक्न हामीलाई सहयोग गर्नुहुनेछ । येशू ख्रीष्टका नाममा आमीन ।