२०२१
येशू ख्रीष्टले हामीलाई प्रभुभोज लिन भन्नुभएकोछ
मार्च २०२१


“येशू ख्रीष्टले हामीलाई प्रभुभोज लिन भन्नुभएकोछ,”लियाहोना मार्च २०२१

मासिक लियाहोना सन्देश, मार्च २०२१

येशू ख्रीष्टले हामीलाई प्रभुभोज लिन भन्नुभएकोछ

हामीले हरेक हप्ता हाम्रा मुक्तिदातालाई सम्झिदा हामी सफा र चंगाई हुन्छौं ।

छवि
अन्तिम भोज

अन्तिम भोज, कार्ल हेनरिज ब्लोजद्वारा

उहाँको मृत्यु हुनुभन्दा अगि, येशू ख्रीष्टले अतिम भोज भनिने एक अन्तिम खाना खानुभयो । खानाको अन्त्यमा, उहाँले आफ्ना चेलाहरुलाई प्रभुभोजको परिचय गराउनुभयो । उहाँले रोटीलाई भाच्नुभयो र आशिषित गर्नुभयो। “यो मेरो सम्झनामा गर,” उहाँले भन्नुभयो (लुका २२:१९)। त्यस पछि उहाँले एक कप वाइनलाई आशिषित गर्नुभयो र बाँड्नुभयो।

छवि
परिवारले प्रभुभोज ग्रहण गर्दै

साप्ताहिक आराधनाको हिस्सा

जब येशू ख्रीष्टको चर्च पृथ्वीमा पुनस्थापना भयो, प्रभुभोज साप्ताहिक आराधनाको हिस्सा बन्यो । चर्चका बेला प्रभुभोजलाई पादरित्व बाहकहरुद्वारा आशिषित गरि वितरण गरिन्छ । उहाँहरुले धर्मशास्त्रका शब्दहरु प्रयोग गरि प्रार्थना गर्नुहुन्छ (हेर्नुहोस् मोरोनी ४; )। त्यस पछि येशू ख्रीष्ट र हाम्रा लागि उहाँको बलिदानको सम्झनामा सभाका हरेक व्यक्तिले रोटी खानुहुन्छ र पनि पिउनुहुन्छ, उहाँले हामीलाई भनेजस्तै गरि।

छवि
यूवती प्रार्थना गर्दै

एन्जिला सुटरद्वारा चित्र

लिने तयारी गर्दै

प्रभुभोज लिन तयार हुन, हामीले इमान्दारपूर्वक आफ्ना जीवनहरु र छनोटहरुका बारेमा सोच्नुपर्छ । हामीले बितेको हप्ताका गल्तिहरु र पापहरुको पश्चाताप गर्नुकासाथै परमेश्वरसँग क्षमा माग्नुपर्छ । प्रभुभोज लिन हामी निपूर्ण हुनुपर्दैन, तर हाम्रा हृदयहरु बिनम्र हुनुपर्छ ।

छवि
गेतसेमने मा प्रार्थना

गेत्समानी मा प्रार्थना, डेल पार्सनद्वारा

रोटी र पानि भन्दा बढी

प्रभुभोज लिने कार्य एक पवित्र समय हो । प्रभुभोज प्रार्थनाले हामीलाई सम्झाउछ कि जब हामीले रोटी र पानी लिन्छौं, हामीले येशू ख्रीष्टले हाम्रा लागि दिनुभएको शरीर र रगतलाई सम्झीरहेका हुन्छौँ । हामीले उहाँलाई पछ्याउने र एक ख्रीष्टिय जीवन जिउने प्रतिज्ञा गर्छौं । हामीले परमेश्वरका आज्ञाहरु पालना गर्न प्रयास गर्ने प्रतिज्ञा गर्छौँ । त्यसको बदलामा, पवित्र आत्माले हामीलाई सान्त्वना, निर्देशन र चंगाई दिन्छ ।

छवि
बप्तिस्म

करारहरूको नविकरण

जब हामी बप्तिस्म लिइसकेकाहरुले पवित्र हृदयले प्रभुभोज लिन्छौं, हामीले बप्तिस्म गर्दा गरेका करारहरूको नविकरण गर्छौं । यसमा हामीले फेरी बप्तिस्म लिएको जस्तै पवित्र प्राप्त गर्ने र पापबाट धुलिने कुरा समाबेश हुन्छ। यो नै ख्रीष्टले हामी हरेकलाई दिने आशा र दया हो । पश्चाताप गर्न र क्षमा प्राप्त कहिले पनि ढिला हुँदैन ।

छवि
येशू ख्रीष्टले नफीहरु माझ प्रभुभोजको परिचय गराउदै

कि तिमीहरुले सदैव मलाई सम्झनेछौ, गेरी एल. केपद्वारा, नक्कल गर्न मनाही छ

धर्मशास्त्रहरुले प्रभुभोजका बारेमा के भन्दछ ?

प्रभुभोज लिनुभन्दा अघि हामीले इमान्दारपूर्वक भित्र हेर्दै आत्मिक रुपमा आत्म परिक्षण गर्नुपर्छ (हेर्नुहोस् १ कोरिन्थी ११:२८)।

उहाँको पुनरुत्थान पछि येशूले अमेरिकाहरुमा आफ्ना मानिसहरुलाई प्रभुभोज कसरी लिने भन्ने सिकाउनुभयो (हेर्नुहोस् ३ नेफी १८)।

आधुनिक अगमबक्ताले हामीलाई प्रभुभोजका लागि रोटी र पानी प्रयोग गर्न भन्नुभएकोछ, तर हामीले के खान्छौं वा पिउछौँ भन्ने कुरा खासै फरकपर्दैन (हेर्नुहोस् सिद्धान र करार २७:२)। कहिलेकाहीँ एलर्जी हुनेहरुले रोटी जस्तो अरु केहि प्रयोग गर्नुपर्छ ।

अन्तिम भोज, कार्ल हेनरिज ब्लोजद्वारा, एन्जिला सुटरद्वारा यूवतीले प्रार्थना गरिरहेको चित्र ; गेतसेमने मा प्रार्थना, डेल पार्सनद्वारा; कि तिमीहरुले सधैव मलाई सम्झनेछौं, गरी एल. केपद्वारा, नक्कल गर्न मनाही छ

प्रिन्ट गर्नुहोस्