२०२१
एउटा गाउँलाई बचाउन एउटा केटालाई लिइयो
अप्रिल २०२१


“एउटा गाउँलाई बचाउन एउटा केटालाई लिइयो,” युवा शक्तिका लागि, अप्रिल २०२१, १०–११।

मासिक युवा शक्तिका लागि सन्देश, अप्रिल २०२१

एउटा गाउँलाई बचाउन एउटा केटालाई लिइयो

टम फनेन १२ वर्षका मात्र थिए, तर सामोआको एउटा गाउँमा विनाशकारी रोग फैलिँदा उनलाई ठुला कार्यहरू गर्न लगाइयो।

छवि
बिरामी गाउँलेलाई सहयोग गर्दै सामोअन द्वीपका बालक

जेम्स म्याड्सेनद्वारा चित्रण; Getty Images बाट फोटोग्राफ

यस वर्षको युवा विषयवस्तुले बताएको जस्तै तपाईं “महान् कार्यको आधार तयार पार्दै हुनुहुन्छ” (सिद्धान्त र करार ६४:३३)। चर्चको इतिहाभरी परमेश्वरको राज्यको निर्माण गर्ने काममा युवाहरूले धेरै पटक अत्यन्त निर्णायक समयमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। एउटा उदाहरण यहाँ दिइएको छ।

द्वीपको महामारी

१०० वर्षभन्दा बढी समय पहिले प्रशान्त महासागरको सामोअन द्वीपमा टम फनेन नाम गरेका युवकले पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्चका सदस्यहरूको जीवन र मृत्युको अवस्थामा महत्त्वपूर्ण सहयोग पुर्याएका थिए।

टम सौनिआटु नामक गाउँमा बस्थे जसको स्थापना पछिल्ला दिनका सन्तहरूले त्यस क्षेत्रमा आफू भेला हुन र समुदाय बनाउनका लागि गरेका थिए। आपसमा मिलेर परमेश्वरको राज्य निर्माण गर्ने काम गर्दैगर्दा अन्य समय र स्थानहरूमा परमेश्वरका सन्तहरू जस्तै उनीहरूले परीक्षाका साथै चमत्कारहरू पनि अनुभव गरे। एउटा परीक्षा सन् १९१८ मा तब आयो जब त्यो गाउँमा इन्फ्लूएन्जाको महामारी फैलियो।

त्यो बिमारी आउने बित्तिकै त्यसले विनाशकारी रूप लियो र उक्त गाउँमा द्रुत गतिले फैलियो। यसका कारण करीब ४०० जनामध्ये लगभग हरेक जना बिरामी भएर ओछ्यान समात्न पुगे। उनीहरूमध्ये केही मानिस मात्र यताउता डुल्नका लागि एक जना वृद्ध र १२ वर्षका टम पर्याप्त स्वस्थ थिए।

आस्था र कडा परिश्रम

टमको परिवारले पहिले पनि रोगको सामना गर्दा आस्था देखाएको थियो र त्यसको परिणामस्वरूप परिवारले चमत्कारहरू पनि देखेको थियो। केही वर्षअघि टमका भाइ आइलामा बिरामी भएका थिए। तिनीहरूका बुबा एलिसलाले एउटा सपना देखे जसमा उनलाई आइलामाको हेरचाहमा के गर्नुपर्छ भन्नेबारे निर्देशनहरू दिइएको थियो: एउटा विली-विलीको रुख खोज्नुहोस्, केही बोक्रा निकाल्नुहोस् र रस निकाल्नुहोस्। एलिसलाले त्यसो गरे र रस ल्याएर आइलामालाई दिए। आइलामाले त्यो रस पिए तथा चाँडै निको भए। तब टमले आस्थापूर्वक काम गरेर कसरी रोगलाई जित्न सकिन्छ भन्ने कुरा देखेका थिए।

सन् १९१८ को इन्फ्लूएन्जा महामारीको बेला टमले गाउँका मानिसहरूको हेरचाहमा कडा परिश्रम गर्दा आस्थाको प्रयोग गरे। “हरेक बिहान मानिसहरूलाई खाना खुवाउन र तिनीहरूको सरसफाइ गर्नुका साथै को-कस्को मृत्यु भयो भनी पत्ता लगाउन म घर-घरमा जाथेँ” उनले भने।

उनले एउटा कुवाबाट बाल्टिनमा पानी ल्याए र सबै घरमा पानी पुर्याए। उनी नरिवलको रुखमा चढे, नरिवल टिपे, बोक्रा निकाले र बिरामीलाई दिनका लागि रस संगाल्न ती नरिवलहरू खोले। प्रत्येक परिवारका निम्ति सूप बनाउनका लागि उनले गाउँमा भएका सबै कुखुरा पनि काटे।

परिवर्तन ल्याउनु

यस महामारीको बखत सामोआको जनसंख्यामध्येका एक चौथाई मानिसहरूको इन्फ्लुएन्जाबाट मृत्यु भयो। टमको गाउँका केही मानिसहरूको पनि मृत्यु भयो। टमले आफ्नै बुबा, एलिसलासहित २० जनाभन्दा बढी मरेका मान्छेहरूका लागि चिहान खन्ने र गाड्ने काममा मद्दत गरे।

तर टमको कडा परिश्रम र प्रेमपूर्वक हेरचाहले गर्दा तिनको गाउँका धेरै मानिसहरू बाँचे। उनले ती मानिसहरूमा र सामोआमा परमप्रभुको राज्यको निर्माण गर्ने ठूलो परिवर्तन ल्याएर देखाए। उहाँले “महान् कार्यको आधार तयार पार्नुभयो”।

अनि आफ्नै तरिकाले तपाईं पनि सोही काम गर्दै हुनुहुन्छ।

तपाईंलाई टोमले गरेकै किसिमका कामहरू गर्न नभनिन सक्छ, तर तपाईं वास्तवमा विभिन्न तरिकाले आस्थाको अभ्यास गर्दै हुनुहुन्छ। यसले तपाईं, अरु मानिस र परमेश्वरको राज्यको निर्माणको काममा ठुलो फरक पार्नेछ।

सद्गुण, धैर्यता, दया र माया देखाएर तपाईं आफ्नो परिवार, साथीहरू र अन्य मानिसहरू लागि उदाहरण स्थापित गर्दै हुनुहुन्छ। तपाईं अन्य मानिसहरूको सेवा गर्दै हुनुहुन्छ। तपाईं धर्मशास्त्रको अध्ययन र प्रार्थनामा संलग्न हुँदै हुनुहुन्छ। तपाईं येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारको सत्यता बाँढ्दै हुनुहुन्छ।

गत वर्ष, तपाईहरू मध्ये अधिकांशले महामारीका प्रभावहरुलाई पनि सहँदै यी चीजहरु गर्दै आउनुभएको छ। तपाईंले पानी र नरिवल ल्याउने र ४०० जनालाई स्वस्थ अवस्थामा फर्काउने काम नगर्नुभएको हुनसक्छ, तर तपाईंले मानिसहरूलाई अन्य थुप्रै तरिकाले आराम, आशा, आनन्द र शान्ति दिनुभएको छ

तपाईंको उमेर तपाईंको आस्था र कार्य तथा सेवा गर्ने तपाईंको इच्छाभन्दा कम महत्वपूर्ण छ। टम फनेनका जस्ता प्राचिन समयका उदाहरणहरूले परमेश्वरको महान कामको आधार निर्माण गर्न तपाईंको आवश्यकता छ भन्ने कुरा जान्नमा मद्दत गर्दछ।

प्रिन्ट गर्नुहोस्