२०२१
येशू ख्रीष्टले हामीलाई पाप र मृत्युबाट बचाउनुभयो
अप्रिल २०२१


“येशू ख्रीष्टले हामीलाई पाप र मृत्युबाट बचाउनुभयो,” लीयाहोना, अप्रिल २०२१

मासिक लीयाहोना सन्देश, अप्रिल२०२१

येशू ख्रीष्टले हामीलाई पाप र मृत्युबाट बचाउनुभयो

उहाँको बलिदानका कारण, हामी सबैले अनन्त शान्ति र आनन्द प्राप्त गर्ने मौका पाएका छौँ।

छवि
अन्तिम भोज

पृथ्वीको सिर्जना गर्दै ख्रीष्ट, रोबर्ट टी. बारेटद्वारा

हामी येशू ख्रीष्टलाई हाम्रो मुक्तिदाताको रूपमा उल्लेख गर्दछौँ। किनकि उहाँले हाम्रा पापहरूको मूल्य चुकाउनुभयो र मृत्युको शक्तिमाथि विजय प्राप्त गर्नुभयो। उहाँले हामीलाई बचाउनुभयो ! हाम्रो लागि उहाँको बलिदानलाई प्रायश्चित्त भनिन्छ, यो अहिलेसम्म भएको सबैभन्दा महत्त्वपूर्ण घटना हो। उहाँका कारण, मृत्यु कुनै अन्त्य होइन। उहाँका कारण, हामी पापहरूका लागि क्षमा पाउन सक्छौँ, फेरि पवित्र हुन सक्छौँ र हरेक दिन अझ राम्रो हुँदै जान सक्छौँ।

सबैभन्दा पहिले येशू ख्रीष्टको जन्म भएको थियो

पृथ्वीमा आउनुभन्दा पहिले हामी हाम्रा स्वर्गमा रहनुहुने अभिभावकसँगै बस्थ्यौँ। सबैभन्दा जेठो हुनाले येशू ख्रीष्टले यो सुन्दर संसारको सिर्जना गर्न सहयोग गर्नुभयो। उहाँलाई हाम्रो मुक्तिदाता हुन छनौट गरिएको थियो र उत्तम उदाहरण स्थापित गर्न, आफ्नो सुसमाचार सिकाउन र हाम्रो निम्ति प्रायश्चित्तको काम पूरा गर्न सकियोस् भन्नाका निम्ति उहाँ पृथ्वीमा जन्मिन सहमत हुनुभएको थियो।

छवि
गेत्समनीमा प्रार्थना गर्दै येशू ख्रीष्ट

हे मेरा पिता, सिमोन डेवेद्वारा

येशू ख्रीष्टले हाम्रा पापहरूको मूल्य चुकाउनुभयो

येशूले आफू चाँडै मर्नेछु भन्ने थाहा पाएपछि उहाँ गेत्समनी नामक बगैँचामा प्रार्थना गर्न जानुभयो। त्यो प्रार्थनाका क्रममा उहाँले हाम्रा पापहरूको मूल्य चुकाउन सुरु गर्नुभएको थियो। हामीले पश्चात्ताप गर्यौँ भने कष्ट सहन पर्ने छैन भन्नाका निम्ति उहाँले जानीजानी कष्ट सहनुभयो। हामी हाम्रा पापहरूबाट टाढा हुँदा र सट्टामा मुक्तिदाताको अनुसरण गर्दा हामी क्षमा र चङ्गाइ पाउन सक्छौँ। गेत्समनीमा आफूले अनुभव गरेका विषयहरूका कारण, हामी हरेक जस्तो हुनु भनेको कस्तो हो भनेर येशूले वास्तवमा नै बुझ्नुहुन्छ। उहाँले हाम्रा सबै दुख, विरामीपन र पीडाहरूको अनुभव गर्नुभएको थियो। यो प्रयाश्चित्तको पहिलो अंश हो।

छवि
ख्रीष्टको दफन

ख्रीष्टको दफन, कार्ल हेनरिज ब्लोजद्वारा

येशू ख्रीष्टले मृत्युमाथि विजय हासिल गर्नुभएको थियो।

गेत्समनीमा उहाँको प्रार्थनापछि येशूलाई धोका दिइयो, पक्राउ गरियो र क्रूसारोहणद्वारा मृत्युदण्ड दिइयो। यद्यपि उहाँ सर्वशक्तिमान हुनुहुन्थ्यो, तापनि येशूले आफूलाई क्रूसमा मर्न अनुमति दिनुभयो। उहाँका अनुयायीहरूले प्रेमपूर्वक उहाँको शरीर चिहानमा राखे। उनीहरूले उहाँको शरीर मरे पनि उहाँको आत्मा अझै आत्मिक संसारमा जीवित थियो भन्ने कुरा महसुस गनेरन्। तीन दिन पछि, येशू फेरि ब्यूँतिनुभायो र उहाँले मृत्युमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ भन्ने प्रमाणित गर्दै तिनीहरूलाई भेट्न आउनुभयो। यसले गर्दा प्रयश्चित्त पूरा भयो। किनकि येशू ब्यूँतिनुभएको थियो, हामीमध्ये हरेक पनि मरेपछि फेरि पुनरुत्थापित हुनेछौँ ।

छवि
चिहानमामा ख्रीष्ट र मरियम

उहाँ जीवित हुनुहुन्छ, सिमोन डेवेद्वारा

ख्रीष्मस र इस्टरको अर्थ

विश्वका धेरै जसो भागहरूमा दुई दिनको बिदा मनाइन्छ जसले हामीलाई येशू ख्रीष्टको प्रायश्चित्तको सम्झना गर्न मद्दत गर्दछ। ख्रीष्मसको समयमा, हाम्रो लागि पीडा सहने र मर्ने कुरा समावेश भएता पनि येशू यस पृथ्वीमा आउने लक्ष्य स्वीकार्न इच्छुक हुनुहुन्थ्यो भन्ने कुरा हामी कृतज्ञताका साथ सम्झन्छौँ। इस्टरमा पाप र मृत्युमाथि मुक्तिदाताको विजयको उत्सव मनाइन्छ, जसले हामीलाई आनन्दको अनन्त भविष्यको लागि आशा दिन्छ।

छवि
पत्रुस र अन्द्रियासलाई बोलाउँदै ख्रीष्ट

पत्रुस र अन्द्रियासलाई बोलाउँदै ख्रीष्ट, जेम्स टेलर हारवुडद्वारा

धर्मशास्त्रहरूले मुक्तिदाताको प्रायश्चित्तका बारेमा के भन्दछन् ?

येशूले हामीलाई पूर्ण रूपमा जान्ने हुनाले उहाँ हामीलाई “सहायता गर्न” वा मद्दत गर्न सक्नुहुन्छ (अल्मा ७:११–१२ हेर्नुहोस्)।

मुक्तिदाताले हाम्रो दु: ख र शोक बुझ्नुहुन्छ (यशैया ५३:२–५)।

परमेश्वरले हामीलाई माया गर्ने हुनाले हामीलाई मुक्ति दिन परमेश्वरले येशूलाई पठाउनुभएको हो (युहन्ना ३:१६–१७ हेर्नुहोस्)।

येशूले हामी लगायतका आफ्ना अनुयायीहरूलाई दुष्टबाट बचाउन र उहाँमा तथा स्वर्गमा रहनुहुने पितासँग एकाकार हुन प्रार्थना गर्नुभएको थियो (युहन्ना 17 हेर्नुहोस्)।

हाम्रा मुक्तिदाता हामीलाई उहाँको अनुसरण गर्न र उहाँको उपस्थितिमा फर्कन आमन्त्रण गर्नुहुन्छ (सिद्धान्त र करार १९:१६–१९, २३–२४; १३२:२३ हेर्नुहोस्)।

प्रिन्ट गर्नुहोस्