२०२१
हाम्रा मुक्तिदाताले हाम्रा लागि के गर्नुभयो?
मे २०२१


“हाम्रा मुक्तिदाताले हाम्रा लागि के गर्नुभयो?,” यूवाको शक्तिका लागि, मे २०२१।

पादरित्व सत्र

हाम्रा मुक्तिदाताले हाम्रा लागि के गर्नुभयो?

अंशहरू

छवि
ख्रीष्टको रित्तो चिहान

येशू ख्रीष्टले हामी सबैका लागि के गर्नुभयो? उहाँले नश्वरता देखि स्वर्गका हाम्रा पिताको योजनामा रेखाङ्कन गरिएको गन्तव्यसम्मको हाम्रो यात्राका लागि आवश्यक सबै कुरा गर्नुभयो। म त्यो योजनाका चार प्रमुख विशेषताहरूका बारेमा बोल्नेछु गर्नेछु। …

पूनरुत्थानले हामी र हामीले प्रेम गर्नेहरू सबैले सामना गर्ने नश्वरताका चुनौतीहरूको सामना गर्न दृष्टिकोण र शक्ति प्रदान गर्दछ। जन्मको समय वा नश्वर जीवनका क्रममा हामीसँग भएका शारीरिक, मानसिक, वा संवेगात्मक कमजोरीहरूलाई नयाँ तरिकाले हेर्न बाटो प्रदान गर्छ। यसले हामीलाई शोक, असफलता र निराशाहरू सहने शक्ति दिन्छ।

पूनरुत्थानले नश्वर जीवनका क्रममा परमेश्वरका आज्ञाहरू पालन गर्न हामीलाई शक्तिशाली प्रेरणा दिन्छ। …

हाम्रा मुक्तिदाता र उद्धारकर्ताले हाम्रो समझ भन्दा बाहिरको पीडा सहनु भयो जुन पश्चाताप गर्ने सबै मानिसहरुको पापहरूका लागि वलिदान हुन जान्छ। यो प्रायश्चित्तको वलिदानले दुष्टताको अन्तिम उपाय, सम्पूर्ण संसारका पापहरूका लागि परम असल, कुनै पनि खोट बिनाको थुमाको वलिदान प्रदान गर्‍यो। …

… येशूले हामीलाई मुक्तिको योजना सिकाउनुभयो। यस योजनाले सृष्टि, जीवनको उद्देश्य, विपक्षको आवश्यकता, र छनौटको स्वतन्त्रताको उपहार समावेश गर्दछ। उहाँले हामीलाई स्वर्गका अभिभावकहरूसामु फर्कनका लागि हामीले पालन गर्नैपर्ने आज्ञाहरू र करारहरू अनि हामीले अनुभव गर्नैपर्ने विधिहरू सिकाउनुभयो। …

हाम्रा मुक्तिदाताले हाम्रा प्रलोभनहरू, हाम्रा संघर्षहरू, हाम्रा पीडा र हाम्रा कष्टहरू महसुस गर्नुहुन्छ र बुझ्नुहुन्छ, किनकि उहाँले प्रायश्चित्तको एक अंशका रुपमा ती सबैलाई स्वेच्छाले अनुभव गर्नुभयो।… कुनै पनि प्रकारका नश्वर दुर्बलताहरूको पीडा सहने सबैले सम्झनु पर्दछ कि हाम्रा मुक्तिदाताले पनि तिनै प्रकारका पीडाहरू भोग्नुभयो, र उहाँको प्रायश्चितद्वारा उहाँले हामी प्रत्येकलाई यसलाई सहन गर्ने शक्ति प्रदान गर्नुहुन्छ।

प्रिन्ट गर्नुहोस्