२०२१
ख्रीष्ट बिउँतिनुभयो; उहाँमा आस्थाले पहाडहरू सार्नेछ
मे २०२१


मासिक लियाहोना सन्देश, मे २०२१

ख्रीष्ट बिउँतिनुभयो; उहाँमा आस्थाले पहाडहरू सार्नेछ

येशू ख्रीष्टमा आस्था नै यस जीवनमा हाम्रा लागि उपलब्ध सबै भन्दा महान् शक्ति हो। विश्वास गर्नेहरूका लागि सबै कुराहरू सम्भव छन्।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, म यस इष्टर आइतबारमा तपाईंहरूसँग बोल्ने सुअवसरका लागि कृतज्ञ छु। । येशू ख्रीष्टको प्रायश्चित्तको वलिदान र प्रायश्चित्तले हाम्रो जीवनलाई सदासर्वदाका लागि परिवर्तन गरायो। हामी उहाँलाई प्रेम गर्छौँ र कृतज्ञतापूर्वक उहाँलाई र स्वर्गका हाम्रा पिताको आराधना गर्दछौँ।

बितेका छ महिनाको अवधिमा, हामी विश्वव्यापी महामारी सँग निरन्तर जुधी रह्यौँ। तपाईंको विरामीपना, क्षति, र एक्लोपपनाको समयमा तपाईंको लचकता र आध्यात्मिक शक्तिमा म आश्चर्यचकित छु। म निरन्तर रुपमा प्रार्थना गर्दछु कि यी सबैका माध्यमबाट तपाईंले आफ्ना परमप्रभुको अतुलनीय प्रेम महसुस गर्नुहुनेछ। यदि तपाईंले आफ्ना परीक्षाहरूमा मजबुत शिष्यताका साथ जवाफ दिनु भएको छ भने, यो बितेको वर्ष व्यर्थमा जानेछैन।

आज बिहान हामीले चर्चका अगुवाहरूबाट सुनेका छौँ जो पृथ्वीका हरेक महादेशबाट आउनुभएको छ। वास्तवमा नै, सुसमाचारका आशीषहरूहरेक जाति, भाषा, र व्यक्तिहरूका लागि हुन्। येशू ख्रीष्टको चर्च एक विश्वव्यापी चर्च हो। येशू ख्रीष्ट हाम्रा अगुवा हुनुहुन्छ।

कृतज्ञतापूर्वक, एक महामारीले पनि उहाँको सत्यताको गतिलाई कम गर्न सकेको छैन। यस भ्रमित, विवादास्पद र थकित संसारलाई चाहिएको कुरा नै येशू ख्रीष्टको सुसमाचार हो।

परमेश्वरका हरेक सन्ततिले येशू ख्रीष्टको चङ्गाइ दिने, उद्धार गर्ने, सन्देश सुन्ने र स्वीकार गर्ने अवसरको योग्यता राख्छन्। अन्य कुनै पनि सन्देश — अहिले र सदासर्वदाका लागि हाम्रो खुशीका लागि अझै महत्त्वपूर्ण छैन । अन्य कुनै पनि सन्देश यो भन्दा बढी आशाले भरिएको छैन। अन्य कुनै पनि सन्देशले हाम्रो समाजमा कलह निवारण गर्न सक्दैन।

येशू ख्रीष्टमा आस्था भनेको सबै विश्वासको आधार र दैवी शक्तिको वाहिनी नाली हो। प्रेरित पावलका अनुसार, “आस्थाबिना [परमेश्वरलाई] खुशी तुल्याउन असम्भव छ: किनभने जो परमेश्वरकहाँ आउँछ उसले उहाँ हुनुहुन्छ भनेर विश्वास गर्नै पर्छ, र लगनशील भई उहाँलाई खोज्नेहरूलाई उहाँ प्रतिफल दिनुहुन्छ।”

जीवनका हरेक असल चीज—अनन्त महत्वको हरेक सम्भावित आशीष—आस्थाबाट सुरू हुन्छ। परमेश्वरलाई हाम्रो जीवनमा प्रभुत्व जमाउन दिने कुराको शुरुवात उहाँले हामीलाई निर्देशन गर्न इच्छुक हुनुहुन्छ भन्ने आस्थाबाट शुरु हुन्छ। येशू ख्रीष्टसँग हामीलाई विशुद्ध पार्ने, चङ्गाइ दिने र मजबुत बनाउने शक्ति छ भन्ने आस्थासँगै सत्य पश्चात्ताप सुरु हुन्छ।

“परमेश्‍वरको शक्तिलाई इन्कार नगर्नुहोस्,” अगमवक्ता मोरोनीले घोषणा गरे, “किनकि उहाँले मानिसका छोराछोरीहरूको, आस्था अनुसार शक्तिले काम गर्नुहुन्छ।” यो हाम्रो आस्था हो जसले परमेश्वरको शक्तिलाई हाम्रो जीवनमा खोल्छ।

अनिअझै, आस्थाको अभ्यास गर्नु अत्यन्तै अप्ठ्यारो देखिन्छ। यदाकदा हामीलाई चाहिएका आशीषहरू पाउन सम्भवतया आस्था बढाउन सक्छौँ कि भनेर हामी सोच्न सक्छौँ? यद्यपि, परमप्रभुले मोर्मोनको पुस्तकका अगमवक्ता अल्माका वचनद्वारा ती त्रासहरूलाई विश्राम दिनु भएको छ।

छवि
रायोको बिऊको दाना

अल्माले हामीलाई केवल वचनमापरीक्षण गर्न र आस्थाकोकण अभ्यास गर्न भनेका छन्, “यद्यपि [हामी] विश्वास गर्ने चाहना राख्नु भन्दा बढी गर्न सक्दैनौँ।” “आस्थाको कण” वाक्यांशले बाइबलको परमप्रभुको प्रतिज्ञाको सम्झना गराउँछ कि यदि हामीसँग “रायोको बिऊजतिको आस्था छ भने” हामी यो पहाडलाई भन्न सक्नेछौँ, “यहाँबाट पर हटिजा; र यो हट्नेछ; र [हामीलाई] केही पनि असम्भव हुँदैन.”

छवि
रायोको बिऊ माझ चरा

परमप्रभुले नश्वरताका हाम्रा कमजोरी बुझ्नुहुन्छ। हामी सबै समय-समयमा लड्छौं। तर उहाँलाई हाम्रो महान सम्भाव्यता पनि थाहा छ। रायोको बिऊ सानोबाट शुरु हुन्छ तर चराहरूले यसका हाँगामा गुँड बनाउन सक्ने गरी यो ठूलो हुन्छ। रायोको बिऊले एउटा सानो तर हुर्कंदै गरेको आस्थाको प्रतिनिधित्व गर्छ।

उहाँको पूर्ण शक्तिमा पहुँच पाउनका लागि हामी सँग निपूर्ण आस्था हुनु परमप्रभुका लागि आवश्यक छैन। तर उहाँ हामीलाई विश्वास गर्न आग्रह गर्नुहुन्छ।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, यस इष्टरको बिहान तपाईंहरूका लागि मेरो आह्वान भनेको तपाईंको आस्था बढाउनआजैबाट शुरु गर्नुहोस् । तपाईंको आस्थाका माध्यमबाट, यद्यपि तपाईंका व्यक्तिगत चुनौतीहरू सगरमाथा जत्तिकै ठूलो अगाडि नै मडारिएको भए तापनि येशू ख्रीष्टले तपाईंको जीवनका पहाडहरू सार्ने तपाईंको क्षमता बढाउनुहुनेछ।

एक्लोपना, शङ्का, विरामी वा अन्य व्यक्तिगत समस्याहरू तपाईंका पहाडहरू हुन सक्छन्। तपाईंका पहाडहरू फरक-फरक हुन्छन्, र अझै पनि तपाईं हरेकका चुनौतीहरूको समाधान तपाईंको आस्थालाई बढाउनु नै हो। त्यसका लागि कार्य गर्नुपर्छ। अल्छी सिकारु र अल्छी अनुयायीहरूले विश्वासको कणलाई जम्मा गर्न पनि सधैँ सङ्घर्ष गर्नेछन्।

कुनै चीज राम्ररी गर्न प्रयासको आवश्यकता पर्दछ । येशू ख्रीष्टको सत्य अनुयायी हुनुमा कुनै अपवाद छैन। उहाँमा तपाईंको आस्था र भरोसा बढाउन प्रयास चाहिन्छ। त्यो आस्था र भरोसा विकास गर्नका लागि तपाईंहरूलाई सहयोग गर्न के म पाँचवटा सुझावहरू दिन सक्छु।

पहिलो, अध्ययन। सक्रीय सिकारु बन्नुहोस्। ख्रीष्टको लक्ष्य र सेवालाई अझै राम्ररी बुझ्न आफूलाई धर्मशास्त्रहरूमा डुबाउनुहोस्। ख्रीष्टको सिद्धान्तलाई बुझ्नुहोस् ताकि तपाईंले आफ्नो जीवनका लागि यसको शक्तिलाई बुझ्न सक्नुहुन्छ। सत्यलाई वैयक्तिकृत गर्नुहोस् ताकि येशू ख्रीष्टको प्रायश्चित तपाईंमा लागू होस्। उहाँले तपाईंका कष्ट, तपाईंका गल्तीहरू तपाईंका कमजोरी, र तपाईंका पापहरू आफु माथि लिनुभयो। उहाँले क्षतिपूर्तिको मूल्य चुक्ता गरिदिनु भएको छ र तपाईंले सामना गर्ने हरेक पहाडलाई सार्न सक्नेशक्ति उपलब्ध गराउनु भएको छ। उहाँलाई अनुशरण गर्ने तपाईंको आस्था, भरोसा, र चाहना संगी तपाईंले त्यो शक्ति प्राप्त गर्नुहुन्छ।

तपाईंका पहाडहरू सार्नलाई एउटा चमत्कारको आवश्यक पर्दछ। चमत्कारहरूका बारे जान्नुहोस्। चमत्कारहरू परमप्रभुमा तपाईंको आस्था अनुसार आउँछन्। त्यो आस्थाको केन्द्र भनेको उहाँको चाहना र समय तालिकालाई भरोसा गर्नु हो - तपाईंले चाहनु भएको चमत्कारपूर्ण सहयोग सँगै तपाईंलाई कसरी र कहिले आशीर्वाद दिनुहुनेछ भन्ने विषयमा भरोसा गर्नु हो। केवल तपाईंको विश्वासले तपाईंलाई तपाईंको जीवनमा १० चमत्कार सहित पर्वतहरूलाई सार्ने आशीर्वाद दिनबाट परमेश्वरलाई रोक्नेछ ।

तपाईंले मुक्तिदाताका बारेमा जति धेरै सिक्नुहुन्छ, त्यति नै धेरै उहाँको कृपा, उहाँको असीम प्रेम, र उहाँको सुदृढीकरण, चङ्गाइ र उद्धार गर्ने शक्तिमा भरोसा गर्न सजिलो हुन्छ। मुक्तिदाता तपाईंसँग कहिल्यै यति नजिक हुनुहुन्नथ्यो जति तपाईं आस्थाका साथ पहाडको सामना गर्नुहुन्छ वा चढ्दै जानुहुन्छ।

दोस्रो, येशू ख्रीष्टमा विश्वास गर्न छनौट गर्नुहोस्। यदि तपाईं परमेश्वर पिता र उहाँका प्रिय पुत्र वा पूनर्स्थापनाको वैधता वा एक अगमवक्ताका रुपमा जोसेफ स्मिथको दैवी बोलावटको सत्यता बारे शङ्काहरू छन् भने, विश्वास गर्ने छनौट गर्नुहोस्११ र आस्थावान् रहनुहोस् तपाईंका प्रश्नहरू परमप्रभु र अन्य विश्वासिला स्रोतहरू सामु लैजानुहोस्। तपाईंले अगमवक्ताको जीवनमा कपडामा त्रुटी वा धर्मशास्त्रहरूमा विसङ्गति भेटाउनुहुन्छ भन्ने अपेक्षा सहित खोजी गर्नु भन्दा विश्वास गर्ने चाहनासँगै अध्ययन गर्नुहोस्। शङ्का गर्ने अरूहरूसँग अभ्यास गरेर तपाईंका शङ्काहरू बढाउन बन्द गर्नुहोस्। परमप्रभुलाई आध्यात्मिक खोजको तपाईंको यात्रामा अगुवाइ गर्न दिनुहोस्।

तेस्रो, आस्थामाकाम गर्नुहोस् । तपाईंसँग अझै बढीआस्था भएको भए तपाईं के गर्नुहुनेथियो? यसका बारेमा सोंच्नुहोस्। यसका बारेमा लेख्नुहोस्। त्यसैले थप आस्था आवश्यक पर्ने त्यस्तो केही चीज गरेर अझै बढी आस्था प्राप्त गर्नुहोस्

चौंथो, पवित्र विधिहरुमा योग्यतापूर्वक सहभागी हुनुहोस् । विधिहरूले तपाईंको जीवनका लागि परमेश्वरको शक्तिलाई खुला गर्छन् ।१२

अनि पाँचौं, ख्रीष्टको नाममा सहयोगका लागि तपाईंका स्वर्गका पितासँग माग्नुहोस्

आस्थाका लागि कार्य गर्नुपर्छ। प्रकाशका लागि कार्य आवश्यक छ। तर “हरेक जसले माग्छ त्यसले पाउँछ; जसले खोज्छ उसले भेट्टाउँछ। अनि जसले ढक्ढाउँछ उसका निम्ति खोलिनेछ।” १३ तपाईंको आस्था बढाउन कुन कुराले सहयोग गर्छ भनेर परमेश्वर जान्नुहुन्छ। सोध्नुहोस्, र फेरी पनि सोध्नुहोस्।

आस्था भन्ने कुरा त कम्जोरहरूका लागि हो भनेर एक अविश्वासीले भन्न सक्छ। तर यो दाबीले आस्थाको शक्तिलाई उपेक्षा गर्छ। यदि शङ्का गरेका भए के मुक्तिदाताका प्रेरितहरूले उहाँको मृत्यु पछि उनीहरूको जीवनलाई नै खतरामा पारेर, उहाँको सिद्धान्त सिकाइ रहन्थे? १४ के जोसेफ र हाइरम स्मिथमा यो सत्य हो भन्ने गवाही थिएन भने परमप्रभुको चर्चको पूनर्स्थापनाका लागि प्रतिवाद गर्दै शहीदहरूका रुपमा मृत्यु वरण गर्नु पर्थ्यो? के लगभग २,००० सन्तहरू १५ यदि तिनीहरूले येशू ख्रीष्टको सुसमाचार पूनर्स्थापित भएको थियो भनेर आस्था नगरेका भए अग्रगामी मार्गमा मर्ने थिए? वास्तवमा नै, आस्था त्यो शक्ति हो जसले असम्भवलाई सम्भव बनाउन सक्षम पार्छ।

तपाईंसँग पहिल्यैदेखि रहेको आस्थालाई कम नबनाउनुहोस्। चर्चमा सम्मिलित हुन र आस्थावान रहन आस्था चाहिन्छ। पण्डितहरू र लोकप्रिय विचारहरूलाई पछ्याउनुको सट्टा अगमवक्ताहरूलाई अनुशरण गर्न आस्था चाहिन्छ। महामारीको समयमा सुसमाचार प्रचार सेवा गर्न आस्था चाहिन्छ। पवित्र जीवन जिउनका लागि आस्था चाहिन्छ जब संसारले परमेश्वरको पवित्रताको नियम अप्रचलित छ भनेर चिच्याउँछ। धर्मनिरपेक्ष विश्वमा बालवालिकाहरूलाई सुसमाचार सिकाउनका लागि आस्था चाहिन्छ। प्रियजनको जीवनका लागि बिन्ती गर्न आस्था चाहिन्छ र निराश पार्ने जवाफ स्वीकार्न अझ बढी आस्था चाहिन्छ।

दुई वर्ष अघि दिदी नेल्सन र मैले सामोआ, टोङ्गामा, फिजी र ताहिती भ्रमण गर्यौं। ती टापुहरूमा प्रत्येकले केही दिन देखि ठूलो वर्षाको अनुभव गरेका थिए। उनीहरूका खुल्ला सभाहरू वर्षाबाट सुरक्षित होऊन् भनेर सदस्यहरूले उपवास र प्रार्थना गरेका थिए।

सामोआ, फिजी, र ताहितीमा, मात्र सभाहरू सुरु हुने बित्तिकै वर्षा रोकियो। तर टोङ्गामा पानी रोकिएन। यद्यपि १३,००० आस्थावान सन्तहरू सिट पाउनका लागि घण्टौँ अगाडि नै आउँथे, दन्किरहेको झरीमा पनि धैर्यसाथ पर्खन्थे, र त्यसपछि भिजेर दुई घण्टाको वैठकमा बस्थे।

छवि
झरीमा टोङ्गन सन्तहरु

हामीले ती टापुहरूमध्ये प्रत्येकमा — वर्षा रोक्नका लागि पर्याप्त आस्था अनि पानी पर्न बन्द नहुँदासम्म दृढ रहनका लागि आस्था, जीवन्त आस्था देख्यौँ।

हाम्रो जीवनका पहाडहरू सँधै हामीले चाहेकै समय वा तरिकाले हट्दैन। तर हाम्रो आस्थाले हामीलाई सँधै अगाडि बढाउँछ। आस्थाले सँधै ईश्वरीय शक्तिमा हाम्रो पहुँच बढाउँछ।

कृपया यो बुझ्नुहोस्: यदि संसारमा भएका हरेक चीज र हरेक व्यक्तिले तपाईंले भरोसा गर्नुहुन्छ, असफल हुन्छन्, येशू ख्रीष्ट र उहाँको चर्चले तपाईंलाई कहिल्यै पनि असफल गराउनुहुँदैन। परमप्रभु कहिल्यै उङ्घनु हुन्न, न त उहाँ सुत्नु हुन्छ।१६ उहाँ “हिजो, आज र [भोलि] एक समान हुनुहुन्छ।”१७ उहाँले आफ्ना करारहरू, १८ उहाँका प्रतिज्ञाहरू, वा उहाँका मानिसहरूलाई उहाँको प्रेम त्याग्नुहुनेछैन। आज पनि उहाँ आश्चर्यकर्म गर्नुहुन्छ, र उहाँले भोलि पनि आश्चर्यकर्महरु गर्नुहुनेछ।१९

येशू ख्रीष्टमा भएको हाम्रो आस्था नै हाम्रो यस जीवनमा उपलब्ध भएको सबै भन्दा महान शक्ति हो। विश्वास गर्नेहरूका लागि सबैकुराहरू सम्भव छन्। ।२०

उहाँमाथिको तपाईंको वृद्धि भइरहेको आस्थाले पृथ्वीलाई सुन्दर बनाउने चट्टानका पहाडहरू नभई तपाईंको जीवनका दु:खका पहाडहरू सार्नेछ — । तपाइँको फस्टाउँदै विश्वासले तपाईंलाई चुनौतीहरूलाई अद्वितीय वृद्धि र अवसरमा बदल्न सहयोग गर्दछ।

यस इष्टर आइतबार, मेरो गहिरो प्रेम र कृतज्ञताका भावहरू सहित, म येशू ख्रीष्ट वास्तवमा नै ब्यूँतिनुभएको छ भनेर मेरो साक्षी घोषणा गर्दछु। उहाँ आफ्नो चर्चको नेतृत्व गर्न ब्यूँतिनुभएको छ। जहाँ रहने भए तापनि परमेश्वरका सबै सन्तातिहरूको जीवनलाई आशीषित गर्न उहाँ ब्यूँतिनुभएको छ। उहाँमा आस्थाका साथ हामी हाम्रो जीवनका पहाडहरू सार्न सक्छौं। म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन।

चित्र प्लेसहोल्डर श्रेय

प्रिन्ट गर्नुहोस्