२०२१
पादरित्व परमेश्वरको शक्ति हो
अगष्ट २०२१


“पादरित्व परमेश्वरको शक्ति हो,” लियाहोना, अगष्ट २०२१

मासिक लियाहोना सन्देश, अगष्ट २०२१

पादरित्व परमेश्वरको शक्ति हो

पादरित्वको शक्तिद्वारा परमेश्वरले हामीलाई आशीषित गर्नुहुन्छ। पादरित्वका आशीषहरू सबैका लागि उपलब्ध छन्।

पादरित्वको शक्ति परमेश्वरको शक्ति हो उहाँले यो शक्ति आफ्ना सबै सन्ततिहरूलाई आशीषित गर्न र तिनीहरूलाई उहाँसँगै बस्नका लागि फिर्ता हुन सहयोग गर्न प्रयोग गर्नुहुन्छ। परमेश्वरले पृथ्वीमा आफ्ना सन्ततिहरूलाई पादरित्वको शक्ति प्रदान गर्नुभएको छ। यस शक्तिले, पादिरित्व अगुवाहरूले चर्चलाई अगुवाइ गर्न सक्दछन् र पादरित्व वाहकहरूले बप्तिस्मा जस्ता पवित्र विधिहरू पनि गर्न सक्दछन् जसले हामीलाई परमेश्वरको नजिक आउन सहयोग गर्दछन्। हरेक पुरूष र महिला जसले उचित रुपमा पादरित्वका विधिहरू पाउँछन् र करारहरू (पवित्र प्रतिज्ञाहरू) पालना गर्छन्, तिनीहरूमा परमेश्वरको शक्तिमा पहूँच हुन्छ।

छवि
प्रभूभोज

पादरित्वको शक्ति जोसेफ स्मिथलाई दिइएको थियो।

जब येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफ्नो चर्चलाई पादरित्वको शक्तिसँगै अगुवाइ गर्नुभयो। उहाँले यो शक्ति आफ्ना प्रेरितहरूलाई पनि दिनुभयो। शताब्दीयौँमा उहाँहरूको मृत्युपछि. धेरै सदस्यहरू चर्चबाट अलग भए। तिनीहरूले सुसमाचार र चर्चले काम गर्ने तरिकालाई गलत तरिकाले परिवर्तन गरे। त्यस उप्रान्त परमेश्वरको पादरित्व पृथ्वीमा रहेन। सन्‌ १८९२ मा, येशूले जोसेफ स्मिथलाई पादरित्व दिनका लागि बप्तिस्मा दिने यूहन्ना अनि प्रेरितहरू पत्रुस, याकूब र यूहन्नालाई पठाउनुभयो। पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च, परमेश्वरबाट अधिकार पाएको पृथ्वीको एक मात्र सङ्गठन हो।

छवि
मेल्केसेडेक पादरित्वको पूनर्स्थापना

The Voice of Peter, James, and John, by Linda Curley Christensen and Michael T. Malm

पादरित्वका साँचाहरू

पादरित्वका साँचाहरू प्पदरित्वको उपयोगका निर्देशन दिने, जस्तै विधिहरू प्रयोग गर्न अनुमति प्रदान गर्ने अधिकार हुन्। येशू ख्रीष्टसँग पादरित्वका सबै साँचाहरू छन्। चर्चका अध्यक्ष पृथ्वीका एक मात्र व्यक्ति हुनुहुन्छ जसले सम्पूर्ण चर्चलाई निर्देशित गर्न पादरित्वका साँचाहरू प्रयोग गर्न सक्नुहुन्छ। उहाँको निर्देशन अनुरुप, अरूहरू केहीले परमेश्वरको कार्य गर्न साँचाहरू प्रयोग गर्न सक्दछन्। विशप र किल्ला अध्यक्षहरू जस्ता अगुवाहरूले तिनीहरूका वार्ड र किलाहरूलाई अगुवाइ गर्न पादरित्वका साँचाहरू प्रयोग गर्छन्। पादरित्वका साँचा भएका अगुवाहरूबाट सेवा गर्नका निमित्त बोलावटहरू आउने भएकोले, बोलावटमा सेवा गर्ने पुरूष र महिलाहरूले आफ्नो दायित्व पूरा गर्दा पादरित्वका अधिकारहरूको अभ्यास गर्दछन्।

मेल्केसेडेक पादरित्व र हारुनको पादरित्व।

पादरित्वका दुई भागहरू छन्: मेल्केसेडेक पादरित्व र हारुनको पादरित्व। मेल्केसेडेक पादरित्वद्वारा चर्चका अगुवाहरूले चर्चका सबै आत्मिक कार्यहरू जस्तै सुसमाचार प्रचार र मन्दिरका कार्यमा निर्देशन दिन्छन्। हारुनको पादरित्वले मेल्केसेडेक पादरित्वको अधिकारको अधीनमा कार्य गर्दछ। बप्तिस्मा र प्रभूभोज जस्ता विधिहरू गर्न यसको प्रयोग गरिन्छ।

छवि
बप्तिस्मा

पादरित्वका आशीषहरू

करार र विधिहरूका माध्यमबाट, परमेश्वरले पादरित्वका आशीषहरू आफ्ना सबै सन्ततिहरूका लागि उपलब्ध गराउनुहुन्छ। यी आशीषहरूमा बप्तिस्मा, पवित्र आत्माको उपहार, प्रभूभोज, र मन्दिर विधिहरू समावेश छन्। मन्दिरमा अभिदान प्राप्त पुरुष र महिलाहरूले उनीहरूको करारका माध्यमबाट परमेश्‍वरको पादरित्वको शक्तिको उपहार प्राप्त गर्दछन्। हामी चङ्गाइ, सान्त्वना, र निर्देशनका लागि पनि पादरित्वको आशीष लिन सक्छौँ ।

छवि
मन्दिरमा नवविवाहित जोडी

धर्मशास्त्रहरुले पादरित्वका बारेमा के भन्दछ?

पुरातन समयमा अस्तित्वमा रहेको पादरित्व र अहिले अस्तित्वमा रहेको पदारित्व उही हो (हेर्नुहोस् मोशा ६:७ )।

पादरित्वका साँचाहरूले हामीले परमेश्वरका कार्यहरू व्यवस्थित ढङ्गले गरेका छौँ कि छैनौँ भनेर निर्क्यौल गर्न सहयोग गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार ४२:११)।

पादरित्व वहन गर्ने मानिसहरूले यसलाई “धार्मिकताका सिद्धान्तहरूमा मात्रै” प्रयोग गर्न सक्दछन्। (सिद्धान्त र करार १२१:३६)

”(सिद्धान्त र करार २०:३८-६७) मा पादरित्व धारण गर्नेहरूका केही उत्तरदायित्वहरूका बारेमा वर्णन गरिएको छ।

प्रिन्ट गर्नुहोस्