२०२१
मन्दिर अनि तपाईंको आध्यात्मिक आधार
नोभेम्वर २०२१


मासिक लियाहोना सन्देश, नोभेम्वर २०२१

मन्दिर अनि तपाईंको आध्यात्मिक आधार

जब तपाईंको जीवनमा कुनै पनि प्रकारको उथलपुथल हुन्छ, आध्यात्मिक रुपमा रहनका लागि सबैभन्दा सुरक्षित स्थान तपाईंले गर्नुभएका मन्दिरका करारहरू भित्र रहनु हो !

प्रिय दाजुभाइ अनि दिदीबहिनीहरू, म आज बिहान तपाईंसँग मेरो हृदयको भावनाहरू बाँढ्न पाउँदा आभारी छु।

तपाईंहरुलाई थाहा छ कि, हामी एतिहासिक साल्ट लेक मन्दिरमा प्रमुख जीर्णोद्धारका कार्यहरु गर्दैछौँ। यस जटिल परियोजनाले यसको प्रमूख आधारको सुदृढीकरणलाई समावेश गर्दछ, जसले एक शताब्दी भन्दा बढीका लागि राम्रोसँग सेवा गरेको छ। तर यो मन्दिर अझ धेरै लामो समयसम्म खडा हुनुपर्छ। मे को अन्त्यमा, मैले यो विशाल परियोजनाको प्रगति निरीक्षण गरेँ। मैले सोचेँ कि मेरी श्रीमती वेन्डी र मैले देखेका कुराहरू देखेर तपाईंले प्रशंसा गर्नुहुनेछ। मलाई लाग्छ कि तपाईंले भजन “How Firm a Foundation” ले हाम्रा लागि किन नयाँ अर्थ लिएको छ भनेर देख्नुहुनेछ।

साल्ट लेक मन्दिर जीर्णोद्धारको साइटबाट भिडियो: “हामी साल्ट लेक मन्दिरको पहिलेको जग हेर्दैछौँ। म गार्डेन रुम मुनिको एउटा क्षेत्रमा उभिरहेको छु। जब मैले पूरै भवनको शिल्पकला अवलोकन गरेँ हाम्रा अगुवाहरूले के गर्नुभयो भनेर म चकित भएँ। एक शताब्दीभन्दा अघि उउहाँहरूले उपलब्ध औजार र प्रविधिहरूको मात्रै उपयोग गरेर यो भव्य मन्दिर बनाएको कुरा विचार गर्दा म पूर्ण रुपमा चकित परेको छु।

“यी धेरै दशकहरू पछि, यद्यपि, यदि हामीले आधारलाई राम्ररी अवलोकन गर्यौं भने, हामीले कटानको प्रभाव, ढुङ्गाको मूल काममा भिन्नता अनि प्रस्तरकलामा स्थिरताका विभिन्न चरणहरू देख्न सक्छौँ।

“अब आधुनिक इन्जिनियरहरू, आर्किटेक्टहरू, र निर्माण विशेषज्ञहरूले त्यो पहिलेको जग सुदृढ पार्न के गर्न सक्छन् भन्ने कुराको साक्षी दिँदा, म एकदमै चकित परेको छु। तिनीहरूको काम अचम्मको छ!

“कुनै पनि भवनको जग, विशेष गरी यो जस्तो विशाल, भूकम्प, विनाश, हुरी, र सबै भवनहरूलाई असर गर्ने अपरिहार्य घटनाहरुको सामना गर्न पर्याप्त बलियो र लचिलो हुनुपर्छ। अहिले भइरहेको मजबुत पार्ने जटिल कार्यले यस पवित्र मन्दिरलाई समयको परीक्षामा खडा हुन सक्ने र हुने जगका साथ सुदृढ बनाउनेछ।”

छवि
सल्ट लेक मन्दिरको जीर्णोद्धार

हामी यस पूजनीय मन्दिरलाई, जुन निरन्तर रुपमा कमजोर, बन्दै गएको थियो, लाई सहस्राब्दीमा प्रकृतिका शक्तिहरूको सामनागर्ने जग दिनका लागि कुनै कसर बाँकी राखिरहेका छैनौँ। त्यसै गरी, हामी प्रत्येकले - सम्भवत: यस भन्दा अघि हामीले कहिल्यै उपयोग नगरेका उपायहरू लागू गर्ने आफ्नो व्यक्तिगत आध्यात्मिक आधार बलियो बनाउन असाधारण उपायहरू उपयोग गर्ने समय अब आएको छ। अभूतपूर्व समयले अभूतपूर्व उपायहरू जन्माउँछ।

प्रिय दाजुभाइ दिदीबहिनीहरू, यी पछिल्ला दिनहरू हुन्। यदि तपाईं र म आगामी खतराहरू र दबाबहरूको सामना गर्न चाहन्छौँ भने, यो अनिवार्य छ कि हामी प्रत्येकले हाम्रो उद्धारकर्ता, येशू ख्रीष्टको चट्टानमा मजबुत आध्यात्मिक जग निर्माण गर्नुपर्छ।

त्यसोभए म तपाईंहरू प्रत्येकलाई सोध्छु, तपाईंको जग कति बलियो छ? अनि तपाईंको सुसमाचार प्रतिको गवाही र समझका लागि के-के सुदृढीकरणहरू आवश्यक छन् ?

मन्दिर हाम्रो आस्था र आध्यात्मिक शक्तिलाई बलियो बनाउने केन्द्रमा रहेको छ किनभने मुक्तिदाता र उहाँको सिद्धान्त मन्दिरको मुटु हो। मन्दिरमा सिकाइएका सबै कुरा, निर्देशन मार्फत र आत्मा मार्फत येशू ख्रीष्टप्रतिको हाम्रो समझलाई बढाउँछ। उहाँका अत्यावश्यक विधिहरूले हामीलाई पादरित्वका पवित्र करारहरूद्वारा उहाँसँग बाँध्छ। त्यसपछि, जब हामी हाम्रा करारहरू पालन गर्छौं, उहाँले हामीलाई उहाँको चङ्गाइ प्रदान गर्ने, बलियो बनाउने शक्ति प्रदान गर्नुहुन्छ। अनि ओह, हामीलाई आगामी दिनहरूमा उहाँको शक्ति कसरी चाहिन्छ।

हामीलाई प्रतिज्ञा गरिएको छ कि “यदि [हामी] तयार छौँ भने [हामी] डराउने छैनौँ।” आज यो आश्वासनको गहिरो प्रभाव छ। परमप्रभुले घोषणा गर्नुभएको छ कि आजका अभूतपूर्व चुनौतीहरूका बाबजुद पनि, जसले येशू ख्रीष्टमा आफ्नो जग खडा गर्छ, र उहाँको शक्तिलाई कसरी आकर्षित गर्ने भनेर सिक्छ, उसले यस युगको अद्वितीय चिन्ताहरूको सामना गर्नुपर्दैन।

मन्दिरका विधि र करारहरू पूराना हुन्। परमप्रभुले आदम र हव्वालाई प्रार्थना गर्न, करारहरू गर्न र वलिहरू चढाउन निर्देशन दिनुभयो। वास्तवमा , “जब जहिले पनि पृथ्वीमा उहाँका वचन पालन गर्ने परमप्रभुका मानिसहरू हुन्छन्, तिनीहरूलाई मन्दिरहरू निर्माण गर्ने आज्ञा दिइएको छ।” मानक कार्यहरू मन्दिरका शिक्षाहरू, वस्त्रहरू, भाषाहरू, र थप सन्दर्भहरूले भरिएका छन्। हामीले विश्वास गर्ने सबै कुरा अनि परमेश्वरले आफ्ना करारका जनहरूलाई गर्नुभएका प्रत्येक प्रतिज्ञा मन्दिरमा एकसाथ आउँछन्। हरेक युगमा, मन्दिरले अनमोल सत्यलाई परीक्षण गरेको छ कि परमेश्वरसँग करार गर्ने र पालन गर्नेहरू करारका सन्ततिहरू हुन्छन्।

यसरी, परमप्रभुको घरमा, हामी अब्राहाम, इसाहाक र याकूबले बनाएका परमेश्वरसँग समान करारहरू गर्न सक्छौँ। अनि हामीले पनि त्यस्तै आशीषहरू पाउन सक्छौँ!

छवि
कर्टलेण्ड र नभू मन्दिरहरु

मन्दिरहरू प्रारम्भिक दिनदेखि नै यस समयावधिका हिस्सा हुन्। ८ एलियाले कर्टल्याण्ड मन्दिरमा बाँध्नेअधिकारको साँचो जोसेफ स्मिथलाई दिनुभयो। पादरित्वको पूर्णता नभू मन्दिरमा पूनर्स्थापित भयो।

उहाँको शाहदत नहुँदासम्म, जोसेफ स्मिथले प्रकाशहरू प्राप्त गरिरहनुभयो जसले अभिधानको पूनर्स्थापना र सील गर्ने विधीहरुलाई अगाडि बढायो । १० तरपनि, थप परिमार्जन आवश्यक रहेको कुरा उहाँले पहिचान गर्नुभयो। मे १८४२ मा ब्रिघम यङलाई अभिदान प्रदान गरेपछि, जोसेफले ब्रिघमलाई भन्नुभयो, “यसलाई ठीकसँग व्यवस्थित गरिएको छैन, तरपनि हामीले जुन परिस्थितिमा हामी छौँ, हामीले सकेसम्म राम्रो गरेका छौँ, र म चाहन्छु कि तपाईं यो विषयलाई हातमा लिनुहोस् र यी सबै समारोहहरूलाई सङ्गठित र व्यवस्थित गर्नुहोस्।” ११

अगमवक्ताको मृत्यु पछि, अध्यक्ष यङले नभू मन्दिर को सम्पन्नताको निरीक्षण गर्नुभयो १२ र पछि यूटा क्षेत्रमा मन्दिरहरू निर्माण गर्नुभायो। सेन्ट जर्ज मन्दिरको तल्ला तला हरूको समर्पणमा, ब्रिघम यङले मन्दिरको कार्यको द्रूत विकासको आवश्यकतालाई जोडदार रुपमा घोषणा गर्नुभयो जब उहाँले भन्नुभयो, “जब म यस विषयमा सोच्दछु, म सात गर्जनको जिब्रोले मानिसहरूलाई जगाउन चाहन्छु।” १३

त्यसबेलादेखि मन्दिरका विधिहरू क्रमशः परिमार्जन हुँदै गए। अध्यक्ष ह्यारोल्ड बी लीले मुक्तिदाताको पूनर्स्थापित् चर्च भित्र किन प्रक्रियाहरू, नीतिहरू, र मन्दिर विधिहरूको प्रशासन पनि परिवर्तन भइरहन्छ भनेर व्याख्या गर्नुभयो। अध्यक्ष लीले भन्नुभयो: “येशू ख्रीष्टको सुसमाचारका सिद्धान्तहरू दैवी छन्। प्रकाशद्वारा परमप्रभु बाहेक चर्चका पथ र [सिद्धान्त] कसैले परिवर्तन गर्दैन। तर निश्चित समयमा अध्यक्षता गर्नेहरूलाई प्रेरणादायी निर्देशनहरू आउँदा विधिहरू परिवर्तन हुन्छन्।” १४

यी वर्षहरूमा प्रभुभोजको व्यवस्थापन कसरी परिवर्तन भएको छ विचार गर्नुहोस्। प्राचीन दिनहरूमा, प्रभूभोजको पानी एउटा ठूलो भाँडामा सभामा बाँढिन्थ्यो। सबैले त्यसैबाट पिउँथे। अब हामी व्यक्तिगत डिस्पोजेबल कपहरू प्रयोग गर्दगर्छौं। प्रक्रिया परिवर्तन भयो, तर करारहरू उस्तै छन्।

यी तीन सत्यहरूलाई मनन गर्नुहोस्:यी प्रतिज्ञाहरूलाई मनन गर्नुहोस्।

  1. पूनर्स्थापना एउटा प्रक्रिया हो, घटना होइन, र परमप्रभु पून: नआउञ्जेल जारी रहनेछ।

  2. इस्राएलको जमघटको अन्तिम उद्देश्य १५परमेश्वरका आस्थावान् सन्ततिहरूलाई मन्दिरका आशीषहरू प्रदान गर्नु हो।

  3. त्यो उद्देश्यलाई अझै प्रभावकारी रुपमा कसरी पूरा गर्ने भनेर हामीले अन्वेषण गर्दा, परमप्रभुले थप अन्तर्दृष्टिहरू प्रकट गर्नुहुन्छ। निरन्तर चलिरहेको पूनर्स्थापनालाई निरन्तर प्रकाश चाहिन्छ।

प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणले उहाँका आस्थावान् सन्ततिहरूलाई मन्दिरका आशीर्वाद लिनको लागि यदि राम्रो तरिकाहरू छन् कि भनेर बारम्बार परमप्रभुलाई सोध्नुभएको छ। भाषा र संस्कृतिमा भिन्नता भए तापनि हामी मन्दिरका निर्देशन, करारहरु र विधिहरूको विश्वव्यापी विशुद्धता र एकरुपता कसरी सुनिश्चित गर्ने भन्ने बारे नियमित रुपमा मार्गदर्शन खोज्छौँ।

परमप्रभुको निर्देशन अन्तर्गत र हाम्रो प्रार्थनाको जवाफमा, भर्खरै प्रक्रियागत समायोजनहरू गरिएको छ। उहाँ एक हुनुहुन्छ जसले ठूलो स्पष्टताका साथ तपाईंले वास्तबमा के गर्नका लागि वाचाहरू बनाउनुहुन्छ भनेर बुझोस् भन्ने चाहनुहुन्छ । उहाँ एक हुनुहुन्छ जसले तपाईंले उहाँका पवित्र विधिहरू पूर्ण रुपमा अनुभव गरेको चाहनुहुन्छ। उहाँ तपाईंले आफ्ना विशेषाधिकार, प्रतिज्ञा र जिम्मेवारीहरू बुझेको चाहनुहुन्छ। उहाँ चाहनुहुन्छ कि तपाईंले आध्यात्मिक अन्तर्दृष्टि र जागरणहरू पाउनुहुनेछ जुन तपाईंले पहिले कहिल्यै पाउनुभएको थिएन। जहाँसुकै बस्ने भए तापनि उहाँ यो सबै मन्दिर संरक्षकहरूका लागि चाहनुहुन्छ।

मन्दिरका समायोजनहरूमा हालका प्रक्रियाहरू, अनि अन्य जुन आउनेछन्, ले परमप्रभुले सक्रिय रुपमा उहाँको चर्चलाई निर्देशित गर्दै हुनुहुन्छ भन्ने निरन्तर प्रमाण हुन्। उहाँले हामी प्रत्येकलाई हाम्रो जीवन उहाँमा र उहाँको मन्दिरका विधि र करारहरूमा केन्द्रित गरेर अझै प्रभावकारी रुपमा हाम्रो आध्यात्मिक आधार बलियो बनाउने अवसरहरू प्रदान गर्दै हुनुहुन्छ। जब तपाईं आफ्नो मन्दिर अनुमति पत्र, चूर्ण हृदय, र खोजी गर्ने मष्तिस्कलाई परमप्रभुको सिकाइको घरमा ल्याउनुहुन्छ, उहाँले तपाईंलाई सिकाउनुहुनेछ।

यदि दूरी, स्वास्थ्य चुनौतीहरू, वा अन्य वाधाव्यवधानहरूले एक समयका लागि तपाईंलाई मन्दिरमा उपस्थित हुन निषेध गर्दछ भने, म तपाईंलाई तपाईंले आफ्नो मनमा बनाएका करारहरू अभ्यास गर्नका लागि नियमित समय निर्धारण गर्न आमन्त्रण गर्दछु।

यदि तपाईं अझै मन्दिरमा उपस्थित हुन मन पराउनुहुन्न भने, धेरै पटक जानुहोस् - कम होइन। परमप्रभुलाई, उहाँको आत्माद्वारा, तपाईंलाई त्यहाँ सिकाउन र प्रेरणा दिन दिनुहोस्। म तपाईंलाई वचन दिन्छु कि समयसँगै, मन्दिर एक सुरक्षा, सान्त्वना, र प्रकाशको ठाउँ बन्नेछ।

यदि मेरा लागि हरेक युवा वयस्कहरूसँग एक-अर्कासँग कुरा गर्न सम्भव हुन्थ्यो भने, म तपाईंलाई एउटा साथी खोज्नका लागि बिन्ती गर्छु जससँग तपाईं मन्दिरमा बाँधिन सक्नुहुन्छ। तपाईं सोच्न सक्नुहुन्छ कि यसले तपाईंको जीवनमा के फरक पार्छ। म प्रतिज्ञा गर्दछु कि यसले सबै भिन्नता ल्याउनेछ! जब तपाईं मन्दिरमा विवाह गर्नुहुन्छ र बारम्बार फर्कनुहुन्छ, तपाईं आफ्ना निर्णयहरूमा मजबुत र निर्देशित हुनुहुनेछ।

यदि म प्रत्येक पति र पत्नीसँग कुरा गर्न सक्थेँ जो अझै पनि मन्दिरमा बाँधिनुभएको छैनन् भने, म तपाईंलाई त्यो मुकुट, जीवन परिवर्तन गर्ने विधि प्राप्त गर्न आवश्यक कदमहरू चाल्न अनुरोध गर्दछु। १६ के यसले फरक पार्छ? केवल तपाईं सधैँभरी प्रगति गर्न चाहनुहुन्छ र सधैँभरी साथ रहन चाहनुहुन्छ भने। सधैँभरी सँगै बस्ने चाहनाले मात्रै त्यस्तो हुँदैन। कुनै अन्य समारोह वा सम्झौताले यस्तो गर्दैन। १७

यदि मैले प्रत्येक पुरुष वा महिलासँग कुरा गर्न सक्थेँ जसमा विवाह गर्ने चाहना छ तर अहिलेसम्म उसको अनन्त साथी भेटिएको छैन, म तपाईलाई परमप्रभुको घरमा विवाह सम्पन्न नभएसम्म प्रतीक्षा नगर्न आग्रह गर्दछु। पादरित्वको शक्ति सु-सम्पन्न हुनुको अर्थ के हो भनेर सिक्न र अनुभव गर्न अहिले नै सुरु गर्नुहोस्।

अनि मन्दिरका करारहरू गर्ने तपाईंहरू प्रत्येकलाई, म तपाईंलाई मन्दिरका करारहरू र विधिहरू बुझ्नका लागि - प्रार्थना गर्न र निरन्तर रुपमा - खोज्न बिन्ती गर्दछु। १८ आध्यात्मिक द्वारहरू खुल्नेछन्। तपाईंले स्वर्ग र पृथ्वीको बीचमा पर्दा कसरी विभाजन गर्ने, कसरी तपाईंले परमेश्वरका स्वर्गदूतहरूको सहयोग माग्ने र स्वर्गबाट निर्देशन प्राप्त गर्न अझै सुधार कसरी गर्ने भन्ने कुरा सिक्नुहुनेछ। त्यसो गर्नका लागि तपाईंका लगनशील प्रयासहरूले तपाईंको आध्यात्मिक आधारलाई सुदृढ र बलियो बनाउनेछ।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, जब सल्टलेक मन्दिरको जीर्णोद्धार पूरा हुन्छ, सल्टलेक उपत्यकामा भूकम्पको समयमा त्यो मन्दिर भित्र भन्दा सुरक्षित ठाउँ अरू हुनेछैन।

त्यस्तै गरी, जब तपाईंको जीवनमा कुनै पनि प्रकारको उथलपुथल आउँछ, आध्यात्मिक रुपमा रहनका लागि सबैभन्दा सुरक्षित स्थान तपाईंका मन्दिरका करारहरू भित्रबस्नु हो!

छवि
येशू ख्रीष्ट

परमप्रभू येशू ख्रीष्ट, डेल पार्सनद्वारा

कृपया मलाई विश्वास गर्नुहोस् जब म भन्छु कि जब तपाईंको आध्यात्मिक आधारलाई येशू ख्रीष्टमा मजबुत बनाइन्छ, तपाईंले डराउनु पर्दैन। तपाईं मन्दिरमा गरिएका आफ्ना करारहरूप्रति सत्य हुनुहुन्छ भने, उहाँको शक्तिद्वारा तपाईं मजबुत हुनुहुनेछ। त्यसपछि, जब आध्यात्मिक भूकम्प आउँछ, तपाईं मजबुत हुन सक्षम हुनुहुनेछ किनभने तपाईंको आध्यात्मिक आधार मजबुत र अचल छ।

म तपाईंहरूलाई माया गर्छु, प्रिय दाजुभाइ दिदीबहिनी। यी सत्यहरू मलाई थाहा छ: परमेश्वर, हाम्रा स्वर्गका पिता, तपाईंले उहाँको घरमा आउन छनौट गरेको चाहनुहुन्छ। अनन्त प्रगतिको उहाँको योजना जटिल छैन, र यसले तपाईंको छनौटलाई सम्मान गर्छ। तपाईं आगामी संसारमा को हुनुहुनेछ र तपाईं कोसँग हुनुहुनेछ भनेर छनौट गर्न स्वतन्त्र हुनुहुन्छ!

परमेश्वर जीवित हुनुहुन्छ येशू नै ख्रीष्ट हुनुहुन्छ! यो उहाँको चर्च हो, तपाईंलाई आफ्नो दैवी गन्तव्य पूरा गर्नका लागि सहयोग गर्न लागि पूनर्स्थापित गरिएको हो। म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन।

सूचीहरू:

  1. हेर्नुहोस् “How Firm a Foundation,” Hymns, no. 85.

  2. ताकि “जब शैतानले आफ्नो शक्तिशाली [हुरी] बाहिर निकाल्छ, … त्यसको [हामीमाथि] कुनै शक्ति हुनेछैन … [हामी] मथि निर्माण गरिएको चट्टानको कारण, जुन एक निश्चित आधार हो, एउटा जग हो जसमा यदि मानिसहरूले निर्माण गर्छन् भने तिनीहरूको पतन हुन सक्दैन” (हिलामान ५:1१२; जोड दिएर थपिएको)।

  3. हेर्नुहोस् सिद्धान्त र करार १०९: १५, २२

  4. सिद्धान्त र करार ३८::३०; पनि हेर्नुहोस् सिद्धान्त र करार १०:५५

  5. हेर्नुहोस् मोसा: ५:५-६

  6. बाइवल शब्दकोष, “मन्दिर.”

  7. उदाहरणका लागि, प्रस्थान २८ ; २९; लेवी ८ हेर्नुहोस्। मोशाको टेबेर्नेकल, मोशाको पाल “गवाहीको पाल” (गन्ती ९:१५) र “टेबेर्नेकलको गवाही” (प्रस्थान ३८:२१) भनेर चिनिन्थ्यो। लहिको परिवारले यरूशलेम छोडेको केही वर्षपछि ईसापूर्व ५८७ मा सोलोमनको मन्दिर ध्वस्त भएको थियो। जेरुब्बाबेलद्वारा यस मन्दिरको जीर्णोद्धार लगभग ७० वर्षपछि भएको थियो। त्यसपछि ३७ ईसापूर्वमा आगोले क्षतिग्रस्त भएको थियो। हेरोदले लगभग १६ ईसा पूर्वमा मन्दिरको विस्तार गरे। त्यसपछि येशूद्वारा चिनिने यो मन्दिर ईस्वी ७० मा ध्वस्त भयो। नफिले प्रार्थना गर्न “पहाडमा” जाँदा मन्दिरमा जस्तो अनुभवहरू पाउनुभएको थियो (१ नफि १८:३) र पछि, अमेरिकामा, “सलमनको मन्दिरको स्वरुपमा” मन्दिर निर्माण गर्नुभयो, यद्यपि यो कम अलंकृत थियो (हेर्नुहोस् २ नफि ५:१६)।

  8. हेर्नुहोस् सिद्धान्त र करार ८८:११९ ; १२४:३१|

  9. हेर्नुहोस् सिद्धान्त र करार ११०:१३-१६; १२४:२८| जोसेफ स्मिथले यसलाई निर्माण गर्ने खुलासा पाएको केही महिनापछि अप्रिल ६, १८४१ मा नभू मन्दिरको आधारशिला राखिएको थियो। नभू मन्दिरमा वृद्धि गराइएका कार्यहरू थिए। उदाहरणका लागि, परमप्रभुले व्याख्या गर्नुभयो कि सन्तहरूले मृतहरूका लागि बप्तिस्मा लिन बप्तिस्माको फन्ट आवश्यक थियो (सिद्धान्त र करार १२४:२९-३० हेर्नुहोस्)।

  10. सिद्धान्त र करार १३१; १३२ हेर्नुहोस्; सिद्धान्त र करार १२८ मा जोसेफ स्मिथले मृतकहरूका लागि बप्तिस्माका बारेमा सन्तहरूलाई लेखेको पत्र समावेश छ। त्यहाँ उहाँले घोषणा गर्नुभयो कि मृतकहरूको मुक्ति “हाम्रो मुक्तिका लागि आवश्यक र अत्यावश्यक छ, … [किनकि] हामी बिना उहाँहरू सिद्ध हुन सक्दैनन्—न त हाम्रा मृतकहरू बिना हामी सिद्ध हुन सक्छौँ” (पद १५)।

  11. जोसेफ स्मिथ सन्तहरूमा : पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको कथा, vol. 1, The Standard of Truth, १८१५–१८४६ (२०१८), ४५४।

  12. “चर्च इतिहासकार जर्ज ए स्मिथले डिसेम्बर १८४५ र जनवरी १८४६ मा आंशिक रुपमा पूरा भएको नभू मन्दिरमा ५६३४ भाइबहिनीहरूले आफ्नो अभिदान प्राप्त गरेको निष्कर्ष निकाल्नुभायो। दम्पत्तीहरू बाँधिने फेब्रुअरी ७, [१८४६,] सम्म जारी रह्यो जसमा २,००० भन्दा बढी दम्पत्तीहरू समय र अनन्तका लागि पादरित्वद्वारा एकतावद्ध भइसकेका थिए” (ब्रुस ए भान अर्डेन, “प्रस्थान अघिको मन्दिर समाप्त,” डेसेरेट समाचार, डिसेम्बर ९, १९९५, deseret.com; रिचर्ड ओ. कोवान, “एन्डोमेन्ट्स ब्लेस द लिभिङ एन्ड डेड,” चर्च समाचार, अगस्ट २७, १९८८, thechurchnews.com) हेर्नुहोस्।

  13. “यदि मृतबाट उहाँहरू बोल्न सक्नुहुन्थ्यो भने बुबाहरूले के भन्नुहुन्थ्यो भन्ने तपाईंले सोच्नुहुन्छ? ‘हामी यहाँ हजारौं वर्ष, यही जेलमा, यो समय आउने पर्खाइमा बस्यौँ’ भन्नु हुन्न र? … किन, यदि तिनीहरूमा शक्ति भएको भए , यदि हामीले हामी संलग्न भयको कामको महत्त्व बुझ्यौँ भने स्वर्गको गर्जन हाम्रो कानमा पर्न सक्छ। स्वर्गका सबै स्वर्गदूतहरूले यो सानो मुट्ठीभर मानिसहरूलाई हेरिरहेका छन्, र तिनीहरूलाई मानव परिवारको मुक्तिको लागि उत्प्रेरित गर्दै छन्। … जब म यस विषयमा सोच्दछु, म सात गर्जनको जिब्रोले मानिसहरूलाई जगाउन चाहन्छु” (ब्रिघम यङको प्रवचन, sel. John A. Widtsoe [१९५४], ४०३-४)।

  14. हेरोल्ड बी ली, God’s Kingdom—a Kingdom of Order,” Ensign जनवरी १९७१, १० १८९६ मा अध्यक्ष विल्फोर्ड वुड्रफद्वारा गरिएको एक कथन पनि हेर्नुहोस्; उहाँले घोषणा गर्नुभयो: “म पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको अध्यक्षका हैसियतमा भन्न चाहन्छु, कि हामीले अब अगाडि बढ्नुपर्छ र प्रगति गर्नुपर्छ। हामीले प्रकाशको माध्यमबाट [प्राप्त] गरेका छैनौँ। … अध्यक्ष [ब्रिघम] यङ, जसले अध्यक्ष जोसेफ स्मिथलाई पछ्याउनुभयो, हामीलाई यहाँ नेतृत्व गर्नुभयो। उहाँले यी मन्दिरहरूलाई व्यवस्थित गर्नुभयो अनि आफ्नो बोलावट र कार्यको उद्देश्य पूरा गर्नुभयो। … उहाँले यस कार्यसँग सम्बन्धित सबै प्रकाशहरू प्राप्त गर्नुभएन; न त अध्यक्ष टेलरले गर्नुभयो, न त विल्फोर्ड वुड्रफले नै गर्नुभयो। जबसम्म यो सिद्ध हुँदैन तबसम्म यो कामको अन्त्य हुनेछैन” (विल्फोर्ड वुड्रफको प्रवचन, सेल. जी. होमर डरहम [१९४६], १५३–५४)।

  15. हेर्नुहोस ३ नफी २९:८-९

  16. हेर्नुहोस् सिद्धान्त र करार १३१:२, ४

  17. हेर्नुहोस् सिद्धान्त र करार १३२:७

  18. एल्डर जोन ए. विडत्सोले यस्तो लेख्नुभयो: “मन्दिरबाट जाने पुरुष वा महिलालाई, खुला आँखाले, प्रतीकहरू र करारहरूलाई ध्यान दिएर, र पूर्ण अर्थ बुझ्नका लागि स्थिर, निरन्तर प्रयास गर्नेहरुलाई, परमेश्वरले आफ्नै शब्दमा बोल्नुहुन्छ र प्रकाशहरू आउँछन्। अभिदान यति धनी प्रतीकात्मक छ कि केवल एक मूर्खले यसलाई वर्णन गर्ने प्रयास गर्दछ; खोज्न र हेर्नका लागि आफ्नो शक्ति प्रयोग गर्नेहरूका लागि यो यति धेरै प्रकाशहरूले भरिएको छ कि कुनै पनि मानवी शब्दहरूमा मन्दिर सेवामा रहेका सम्भावनाहरूलाई व्याख्या गर्न वा स्पष्ट पार्न सक्दैन। प्रकाशद्वारा दिइएको अभिदानलाई प्रकाशद्वारा राम्रोसँग बुझ्न सकिन्छ” (आर्किबाल्ड एफ. बेनेटमा, Saviors on Mount Zion [सन्डे स्कूल म्यानुअल, १९५०], १६८)।

प्रिन्ट गर्नुहोस्