२०२१
चर्चको आवश्यकता
नोभेम्वर २०२१


“चर्चको आवश्यकता,” लियाहोना, नोभ. २०२२

मासिक लियाहोना सन्देश, जनवरी २०२१

चर्चको आवश्यकता

अंशहरू

छवि
मन्दिर

आज, मेरो सन्देश त्यस्ता असल र धार्मिक सोच भएका मानिसहरूसँग सम्बन्धित छ जसले आफ्ना चर्चहरूमा उपस्थित हुन वा भाग लिन छोडेका छन्। जब म “चर्चहरू” भन्छु, म सभाघरहरू, मस्जिदहरू, वा अन्य धार्मिक संस्थाहरूलाई समावेश गर्छु। हामी चिन्तित छौँ कि यी सबैमा उपस्थिति उल्लेखनीय रुपमा राष्ट्रव्यापी रुपमा कम छ । …

चर्चमा उपस्थिति र गतिविधिले हामीलाई अझै असल मान्छे बन्न र अरूको जीवनमा राम्रो प्रभाव पार्न मद्दत गर्छ। …

… चर्चमा हामी परमेश्वरको सेवा गर्न कोसिस गर्ने अद्भूत मानिसहरूसँग संगत गर्छौं। यसले हामीलाई सम्झाउँछ कि हामी हाम्रा धार्मिक गतिविधिहरूमा एक्लै छैनौँ। हामी सबैले अरूसँग संगत गर्नु आवश्यक छ, अनि चर्चका संगतहरू हामीले अनुभव गर्न सक्ने केही उत्कृष्टहरू हुन्। …

… सदस्यहरू जसले चर्चको उपस्थिति त्यागेर व्यक्तिगत आध्यात्मिकतामा मात्र निर्भर रहन्छन्, तिनीहरूले सुसमाचारका आवश्यक विषयहरूबाट आफूलाई अलग राख्छन्: पादरित्वका शक्ति र आशिष, पूनर्स्थापित सिद्धान्तको पूर्णता, र त्यो सिद्धान्त लागू गर्ने प्रेरणा र अवसरहरू हुन्। …

आत्माको साथबाट शान्ति र आनन्दको अनुभूति गर्नुका साथै, हाम्रा चर्चमा उपस्थित सदस्यहरूले सुसमाचार अनुरुप जिउनुको फलको आनन्द लिन्छन्, जस्तै ज्ञानका कुरा अनुरुप जिउनुको आशीष र दशांशको व्यवस्थामा अनुरुप जिउँदा गरिएको भौतिक र आध्यात्मिक समृद्धि। …

… सिद्धान्तको पूर्णता र यसका मुक्ति अनि उन्नयनका विधिहरू केवल पूनर्स्थापित चर्चमा मात्र उपलब्ध छन्।

प्रिन्ट गर्नुहोस्