२०२१
पारिवारिक इतिहासले हाम्रा पूर्खाहरूलाई सहयोग गर्छ
डिसेम्वर २०२१


“पारिवारिक इतिहासले हाम्रा पूर्खाहरूलाई सहयोग गर्छ,” लियाहोना, डिसेम्वर २०२१

मासिक लियाहोना सन्देश, डिसेम्वर २०२१

पारिवारिक इतिहासले हाम्रा पूर्खाहरूलाई सहयोग गर्छ

पारिवारिक इतिहास भनेको हाम्रो परिवारका सदस्यहरूका बारेमा पत्ता लगाउनु र जान्नु हो । हामीले आफ्ना र्खाहरूका बारेमा जानकारी सङ्कलन पनि गर्छौं ताकि हामीले उहाँहरुको मदिरको कार्य गर्न सकौं ।

छवि
alt text

परिवारहरु स्वर्गमा रहनु हुने पिताको खुशीको योजनाका केन्द्र हुन् । उहाँले परिवारहरुलाई सदाका लागि निरन्तरता दिनका लागि बाटो तयार गर्नुभएको छ। जब हामी पारिवारिक इतिहास र मन्दिरका कार्य गर्छौं, हामीले हाम्रा परिवारका सदस्यहरु, दुबै जीवित र मृत, लाई सँगै ल्याउन सहयोग गर्छौं। (“मन्दिरका कार्यको” अर्थ आफ्नो लागि मन्दिरका विधिहरु प्राप्त गर्नु हो, जस्तै कि आफ्नो श्रीमान वा श्रीमती सँगै बाँधिनु, साथै आफ्ना पूर्खाहरूका लागि मन्दिरका विधिहरु गर्नु हो।)

पारिवारिक इतिहास र मन्दिरका कार्य

हरेक व्यक्ति जसले यस पृथ्वीमा जिएको छ वा जिउनेछ उनीहरुलाई सुसमाचारका विधिहरुको आवश्यक छ। यदि हाम्रा पूर्खाहरूले त्यो मौको नपाउनु भएको भए, हामीले मन्दिरमा उहाँहरुको लागि विधिहरु गर्न सक्छौं। ती विधिहरु मध्ये एक विधि हो परिवारका सदस्यहरुसँग बाँधिनु। “बाँधिनु” भनेको हामी आफ्नो परिवारहरुसँग सदाका लागि जिउन सक्नेछौँ यदि हामी धार्मिक छौँ भने। हामी मन्दिरहरूमा मात्र आफ्ना परिवारहरुसँग बाँधिन सक्छौं।

पारिवारिक इतिहासका आशीषहरू

छवि
परिवार

पारिवारिक इतिहासले हाम्रो जीवित परिवारका सदस्यहरुसँगको हाम्रो सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्छ। जब हामी कथाहरु, फोटोहरु र अरु स्मरणहरु एक अर्कासँग बाँढ्छौँ, हामी पारिवारिक बन्धन स्थापना गर्छौं। हामी एकअर्कासँग भएको माया पनि मजबुत पार्छौं। अगमवक्ताहरुले पनि वाचा गर्नुभएको छ कि हाम्रो पारिवारिक इतिहासमा कार्य गर्नाले हामीलाई येशू ख्रीष्टको नजिक ल्याउँछ।

आफ्ना पूर्खाहरूको खोजी गर्ने

छवि
चाइनिजमा अभिलेख

स्वर्गमा रहनुहुने पिताले हामीलाई हाम्रो हालको परिवारहरु र पूर्खाहरूसँग बाँधिएको चाहनुहुन्छ। पूर्खाहरूसँग बाँधीनु भन्दा अगाडि हामीले उहाँहरुको बारेमा जानकारी पत्ता लगाउनु पर्छ र त्यसलाई सुरक्षित गर्नुपर्छ। तर पारिवारिक इतिहास भनेको नामहरु, मितिहरू र स्थानहरुको खोजी गर्नु भन्दा बढी हो। जब हामी आफ्ना पूर्खाहरूका बारेमा जन्दछौँ, हामी उहाँहरुसँग बढी जोडिएको महसूस गर्नेछौं।

प्रिन्ट गर्नुहोस्