२०२२
तिनीहरू मेरा हुन् र म तिनीहरूलाई चिन्दछु
जनवरी २०२२


“तिनीहरू मेरा हुन् र म तिनीहरूलाई चिन्दछु,” युवाको शक्तिका लागि, जनवरी २०२२ ।

मासिक युवाको शक्तिका लागि सन्देश, जनवरी २०२२

“तिनीहरू मेरा हुन् र म तिनीहरूलाई चिन्दछु”

मोसा १

छवि
भिडमा युवा महिला

तस्वीर Getty Images बाट

के तपाईंले कहिल्यै महत्त्वहीन महसुस गर्नुभएको छ? तपाईंले संसारमा कति मानिसहरू छन् वा आकाशमा कतिवटा ताराहरू छन् भनेर सोच्नुभएको छ भने तपाईंले यो महसुस गर्नुभएको हुन सक्छ। +तपाईं को हुनुहुन्छ र तपाईंको जीवन कस्तो छ भनेर वास्तवमा नै परमेश्वरले विचार गर्नुभएको छ भन्ने कुरा के तपाईंले कहिल्यै मनन गर्नुभएको छ ? सोच्नुभएको छ भने मोसासँग तपाईंका लागि सन्देश छ।

एक दृष्टिमा, परमेश्वरले मोसालाई पृथ्वीका प्रत्येक कण र त्यहाँ बस्ने सबै मानिसहरू देखाउनुभयो। तिनीहरू “समुद्रको किनारमा बालुवा जस्तै असङ्ख्य थिए” (मोसा १:२८)। त्यसपछि परमेश्वरले मोसालाई भन्नुभयो कि उहाँले “सङ्ख्या बिनाका संसारहरू” बनाउनुभएको थियो (मोसा १:३३)—कि उहाँका सृष्टिहरू यस पृथ्वीभन्दा धेरै टाढा पुग्छन्।

जब मोसाले यी सबै कुरा देखे सम्भवतया उनले अभिभूत भएको महसुस गरेका हुन सक्छन्। सम्भवत: उनी आश्चर्यचकित भए: यति धेरै सृष्टिहरूमा म कहाँ उपयुक्त हुन सक्छु? अनि परमेश्वरले यति धेरै कुराहरूको कसरी स्मरण गर्न सक्नुहुन्छ?

परमेश्वरको जवाफ सरल थियो: “मेरा लागि सबै कुराहरू गनिएका छन्।” कसरी? “तिनीहरू मेरा हुन् र म तिनीहरूलाई चिन्दछु” (मोसा १:३५)। परमेश्वरले मोसा को थिए भनेर चिन्नुभयो, जसरी उहाँ आफ्ना सबै सन्ततिहरूका साथै उहाँका सबै सृष्टिहरूलाई चिन्नुहुन्छ । तिनीहरू सबै उहाँका हुन्—तारा, बालुवा र विशेष गरी पृथ्वीमा उहाँका सन्तानहरू। उहाँले पृथ्वी बनाउनुका सम्पूर्ण कारण तिनीहरू नै हुन्। तिनीहरूको अनन्त मुक्ति परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण काम हो।

“किनकि हेर, यो मेरो काम र मेरो महिमा हो - मानिसको अमरत्व र अनन्त जीवन ल्याउन” (मोसा १:३९)।

जसरी मोशाले आफू परमेश्वरको योजनामा कहाँ उपयुक्त छु भन्ने कुरा सिकेका थिए, त्यसरी नै परमेश्वरले तपाईंलाई चिन्नुहुन्छ भन्ने कुरामा तपाईं पनि निश्चिन्त हुन सक्नुहुन्छ! तपाईंलाई उहाँमा फर्कन सहयोग गर्नु उहाँको कार्य र महिमा हो। किन? किनभने तपाईं उहाँको हुनुहुन्छ। अनि त्यसका बारेमा त्यहाँ कुनै पनि महत्त्वहीन चीज छैन!

प्रिन्ट गर्नुहोस्