२०२२
पतन परमेश्वरको योजनाको अंश थियो
जनवरी २०२२


“पतन परमेश्वरको योजनाको अंश थियो,” लियाहोना, जनवरी २०२२

मासिक लियाहोना सन्देश, जनवरी २०२२

पतन परमेश्वरको योजनाको अंश थियो

पतनका कारण हामी पृथ्वीमा आउन पाउँछौँ र एक दिन स्वर्गमा स्वर्गमा रहनुहुने हाम्रा पिता सँगै रहनका लागि फर्कन सक्छौँ ।

छवि
आदम र हब्बा

इदनको वगैँचामा आदम र हब्बा, रोबर्ट टि. बारेटद्वारा

इदनको वगैँचामा, परमेश्वरले आदम र हब्बालाई असल र खराबको ज्ञानदिने वृक्षको फल नखान आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना लागि छनौट गर्न सक्छौ, तर स्मरण रहोस् कि मैले यसलाई निषेध गरेको छु” (मोसा ३:१७)। शैतानले आदमलाई वृक्षको फल खान प्रलोभनमा पार्यो। उहाँले तिनलाई भन्नुभयो, “तिमीहरू असल र खराब बुझ्ने परमेश्वरहरू जस्तै हुनेछ ।” (मोसा ४:११)। उनले फल खाईन् अनि त्यसपछि आदमसँग यसलाई बाँढिन् । परमेश्वरले तिनीहरूलाई इदनको वगैँचाबाट बाहिर पठाउनुभयो।

पतन

छवि
आदम र हब्बा

वगैँचाबाट बाहिरिने आदम र हब्बा, गेरी एल. केपद्वारा, प्रतिलिपि गर्न सकिँदैन

आदम र हब्बाले इदनको वगैँचा छोडे, तिनीहरू अब परमेश्वरको उपस्थितिमा थिएनन्। परमेश्वरबाट अलग हुनुलाई आत्मिक मृत्यु भनिन्छ। वगैँचा छोड्नुको अर्थ आदम र हब्बा नश्वर भए भन्नु पनि हो अनि यसरी तिनीहरू मर्न सक्षम भए। यद्यपि आदम र हब्बा अब परमेश्वरसँग थिएनन् र अब नश्वर थिए, आफूले प्रगति गर्न सक्ने कुरा थाहा पाएपछि तिनीहरू खुशी र आशावादी भए ( मोसा ५:१०–११ हेर्नुहोस्)। “आदमको पतन भयो ताकि मानिसहरू होऊन्; र मानिसहरू छन्, ताकि तिनीहरूले आनन्द पाऊन्।” (२ नफी २:२५)।

परीक्षणको समय

पतन पछि आदम र हब्बाले गरे जसरी नै जब हामी जन्मन्छौँ, हामी परमेश्वरबाट अलग हुन्छौँ । शैतानले हामीलाई खराब छनौट गर्न प्रलोभन दिन्छ। यी प्रलोभनहरूले हामीलाई परीक्षण गर्न र सही अनि गलत बीच छनौट गर्न अनुमति दिन्छ ( अल्मा १२:२४हेर्नुहोस्)। प्रत्येक पटक हामीले पाप गर्छौं र पश्चात्ताप गर्दैनौं, हामी स्वर्गका पिताबाट अझै टाढा हुन्छौँ । तर हामीले पश्चात्ताप गर्यौं भने हामी स्वर्गमा हुनुहुने हाम्रा पितासँग नजिक हुन्छौं।

शारीरिक मृत्यु

छवि
समाधि

पृथ्वी हाम्रा लागि सृष्टि गरिएको हो ( 1 नफी १७:३६हेर्नुहोस्‌)। पतनले आदम र हब्बालाई सन्तान जन्माउनका लागि परमेश्वरको आज्ञा पालन गर्न सम्भव बनायो, हामीलाई भौतिक शरीरमा पृथ्वीमा आउन अनुमति दिइयो। हाम्रो शरीर एक दिन मर्छ, तर हाम्रा आत्माहरू जीवित रहनेछन्। हाम्रो पूनरुत्थान हुँदा हाम्रा शरीरहरू र आत्माहरूको पून: एकतृत हुनेछन्।

येशू ख्रीष्टद्वारा रक्षा गरियो

छवि
येशू ख्रीष्टको पूनरुत्थान

पूनरुत्थान, ह्यारी एन्डरसनद्वारा

येशू ख्रीष्टको प्रायश्चित गर्ने शक्तिद्वारा, हामी शारीरिक र आत्मिक मृत्युलाई जित्न सक्छौं। ख्रीष्ट पूनरुत्थापित हुनुभएकाले, यस पृथ्वीमा जन्मेका सबैको पूनरुत्थान हुनेछ र सदाका लागि जिउने छन्। अनि किनभने ख्रीष्टले हाम्रा पापहरूका लागि कष्ट उठाउनुभयो, हामीले पश्चात्ताप गर्न सक्छौँ र क्षमा पाउन सक्छौँ ताकि हामी स्वर्गमा हाम्रा पितासँग पून: बस्न सक्छौँ ।

प्रिन्ट गर्नुहोस्