२०२२
धर्मशास्त्रहरू: परमेश्वरका वचन
जुन २०२२


“धर्मशास्त्रहरू: परमेश्वरका वचन,” लियाहोना, जुलाई २०२२।

मासिक लियाहोना सन्देश, जुलाई २०२२

धर्मशास्त्रहरू: परमेश्वरका वचन

छवि
पुरानो करारका अगमवक्ता लेख्दै

पुरानो करारका अगमवक्ता, जुडिथ ए. मेर

धर्मशास्त्रहरू पवित्र पुस्तकहरू हुन् जुन मुख्य रूपमा अगमवक्ताहरूले लेखेका थिए। धर्मशास्त्रहरुले येशू ख्रीष्टका बारेमा गवाही दिन्छन् र उहाँको सुसमाचारको बारेमा सिकाउँछ। चर्चको आधिकारिक धर्मशास्त्रहरु बाइबल (जसमा पुरानो करार र नयाँ करार समावेश छन्), मोर्मोनको पुस्तक, सिद्धान्त र करार र बहुमुल्य मोति हुन्।

पुरानो करार

पुरानो करार पुरातन समयमा उहाँका करारका मानिसहरूसँग परमेश्वरको व्यवहारको अभिलेख हो। यसमा मोशा, यहोशू, यशैया, यर्मिया र दानिएल जस्ता अगमवक्ताहरुका शिक्षाहरु समावेश छन्। यो येशू ख्रीष्टको जन्म भन्दा सयौं वर्ष अघि लेखिएको भएतापनि, धेरै पुरानो करारका अगमवक्ताहरूले उहाँको बारेमा लेखेका थिए।

नयाँ करार

नयाँ करारले येशू ख्रीष्टको जन्म, नश्वर जीवन, शिक्षा, र प्रायश्चित्तका बारेमा अभिलेख राख्छ। यसमा ख्रीष्टका प्रेरितहरु र अरु चेलाहरुका शिक्षाहरू पनि समावेश छन्। नयाँ करारले हामीलाई आज येशू ख्रीष्टका सुसमाचारमा कसरी जिउने भनेर बुझ्न सहयोग गर्दछ।

छवि
ख्रीष्ट डाँडाको उपदेश सिकाउँदै

मोर्मोनको पुस्तक: येशू ख्रीष्टको अर्को करार

मोर्मोनको पुस्तक प्राचीन अमेरिकामा बस्ने केही मानिसहरूको अभिलेख हो । यसमा अगमवक्ताहरूका शिक्षाहरू समावेश छन्, र यसको मुख्य उद्देश्य सबै मानिसहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वस्त गराउनु हो। अगमवक्ता जोसेफ स्मिथले यसलाई परमेश्वरको उपहार र शक्तिद्वारा सुनका पाताहरुबाट अनुवाद गरेका थिए।

छवि
जोसेफ स्मिथ प्रकाश प्राप्त गर्दै

जोसेफ स्मिथ जुनियर. प्रकाश प्राप्त गर्दै, डानियल ए. लुइसद्वारा

सिद्धान्त र करार

सिद्धान्त र करारहरूमा जोसेफ स्मिथ र अन्य पछिल्ला-दिनका अगमवक्ताहरूलाई दिइएका प्रकाशहरु छन् । प्रकाशहरूले ख्रीष्टको चर्च कसरी संगठित छ भनेर वर्णन गर्दछ । तिनीहरुमा पादरित्वो, सुसमाचारका विधिहरू, र यस जीवन पछि के हुन्छ भन्ने बारेमा सुसमाचारका महत्त्वपूर्ण शिक्षाहरू पनि समावेश छन्।

बहुमुल्य मोतीहरू

बहुमुल्य मोतीहरूमा मोशा र अब्राहमका पुस्तकहरु, जोसेफ स्मिथको गवाही र चर्चका आस्थाका बुँदाहरु समावेश छन्। यसमा जोसेफ स्मिथको—मत्ती, जोसेफ स्मिथको नयाँ करारको अनुवादका केही अंश पनि समावेश छन्।

धर्मशास्त्रहरूको अध्ययन

अगमवक्ताहरुले हामीलाई दैनिक रुपमा धर्मशास्त्रहरुको अध्ययन गर्न सिकाउनुभएकोछ। त्यसो गर्दा हामीलाई हाम्रो विश्वास बढाउन र स्वर्गका पिता र येशू ख्रीष्टको नजिक आउन सहयोग गर्दछ। हामीले प्रार्थनापूर्वक धर्मशास्त्रहरू अध्ययन गर्दा, पवित्र आत्माले हामीलाई हाम्रा प्रश्नहरूको जवाफ पाउन सहयोग गर्नेछ।

आधुनिक अगमवक्ता

जब अगमवक्ताहरू र प्रेरितहरू आज पवित्र आत्माको शक्तिद्वारा बोल्नुहुन्छ, उहाँहरूका वचनहरू धर्मशास्त्र जस्तै हुन्छन्। यसको एउटा उदाहरण साधारण सम्मेलन हो । सम्मेलनमा सिकाइएका विषयहरु हामीले लियाहोनाको मे र नोभेम्वरका अङ्कहरुमा पढ्न सक्छौं ।

छवि
मोशा सैतानलाई पराजीत गर्दै

मोशाले सैतानलाई पराजित गर्छन्, जोसेफ ब्रिकीद्वारा

प्रिन्ट गर्नुहोस्