“नडराओ—परमप्रभु तिम्रो साथमा हुनुहुन्छ,” यूवाको शक्तिका लागि, जुलाई २०२२।
मासिक यूवाको शक्तिका लागि सन्देश, जुलाई २०२२
नडराओ—परमप्रभु तिम्रो साथमा हुनुहुन्छ
अक्टोबर २०१८ साधारण सम्मेलन सम्बोधनबाट ।
डर नौलो होइन। प्राचीन समय देखि, डरले परमेश्वरका सन्तानहरुको दृष्टिकोणलाई सीमित गरेको छ। २ राजाहरुमा, सिरियाका राजाले अगमवक्ता एलिशालाई बन्दी बनाउन र मार्नका लागि सिपाही पठाएका थिए ।
“अनि जब [एलिशाको] चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरु र रथहरुको एउटा फौजले सहरलाइ घेरिरहेको थियो। अनि [एलिशा]को चाकरले उनलाई भने, हे, मेरा प्रभु! हामीले कसरी गर्ने?” (२ राजाहरू ६:१५)।
त्यो डर बोलिरहेको थियो।
“अनि [एलिशा]ले जवाफ दियो, नडराओ: हामीसँग भएकाहरु उनीहरुसँग भएकाहरु भन्दा धेरै छन् ।
“अनि एलिशाले प्रार्थना गरे र भने, परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, ताकि यसले देखोस् । अनि परमप्रभुले ती जवान केटाको आँखा खोलिदिनुभयो; अनि उसले देख्यो: र, हेर, एलिशाको वरिपरीको डाँडा अग्निमय घोडाहरु र रथहरुले भरिएका थिए” (२ राजाहरु ६:१६–१७)
हामीलाई हाम्रो डर हटाउन र हाम्रा दानबहरूलाई कब्जा गर्नका लागि आगोको रथहरू पठाइन सक्छ वा सक्दैन, तर पाठ स्पष्ट छ। परमप्रभु हामीसँग हुनुहुन्छ, हाम्रो बारेमा थाहा छ, र उहाँले मात्र गर्न सक्ने तरिकाहरूमा हामीलाई आशीष दिइरहनुभएको छ ।
यदि हामीले परमप्रभु र उहाँका तरिकाहरूमा सक्रिय रूपमा भरोसा राख्यौं भने, यदि हामी उहाँको काममा लाग्यौं भने, हामी संसारका प्रवृतिहरूबाट डराउने छैनौं वा तिनीहरूबाट विचलित हुनेछैनौं। परमप्रभुले हामीलाई हेर्दै हुनुहुन्छ, हाम्रो हेरचाह गर्नुहुन्छ, र हाम्रो साथमा उभिरहनुभएको छ।
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, July 2022को अनुवाद। Nepali. 18298 372