२०२२
गृह साँझ भनेको के हो?
अगष्ट २०२२


गृह साँझ भनेको के हो? लियाहोना, अगष्ट २०२२ ।

मासिक लियाहोना सन्देश, अगष्ट २०२२

गृह साँझ भनेको के हो?

छवि
आमा, बुबा र सानी केटी बाहिर बसिरहेका छन्

गृह साँझ तपाईंको परिवारलाई भेला हुन हप्ताको समयमा छुट्याइएको समय हो। यस अवधिमा, तपाईंले सुसमाचार सिक्न, गवाहीहरू बलियो बनाउन, एकता निर्माण गर्न र एकअर्काको आनन्द लिन सक्नुहुन्छ (General Handbook: Serving in The Church of Jesus Christ of Latter-day Saints, 2.2.4, ChurchofJesusChrist.org). गृह साँझ प्रत्येक परिवारका लागि केही फरक देखिन्छ । तर यसको लक्ष्य भनेको यो समयलाई एकअर्का बीच नजिक हुन र मुक्तिदाताको नजिक आउन प्रयोग गर्नु हो ।

तयारी

तपाईंको परिवारलाई रोचक लाग्ने गतिविधि अनि सँगै छलफल गर्न र सिक्न चाहनुहुने सुसमाचारका विषयका बारेमा मनन गर्नुहोस् । साथै, हरेक हप्ता एक दिन र समय छान्नुहोस् जुन दिन र समयमा परिवारका अधिकांश वा सबै सदस्यहरू भेट हुन सम्भव छ । चर्चले सदस्यहरूलाई सोमबार राती गृह साँझ राख्न प्रोत्साहन गर्दछ । तर परिवारहरू त्यति बेला भेट्न सक्छन् जब यो तिनीहरूका लागि फलदायी हुन्छ ।

छवि
परिवार प्रार्थना गर्दै

प्रार्थना

अधिकांश परिवारहरूले प्रार्थनासँगै गृह साँझको सुरुवात र अन्त्य गर्छन् । यसले तिनीहरूको घरमा पवित्र आत्मालाई आमन्त्रण गर्दछ । गृह साँझ एक सानो समूहसँग प्रार्थना गर्न सिक्न बालबालिका र वयश्कहरुका लागि एक आदर्श समय हो ।

सङ्गीत

धेरै परिवारमा उद्घाटन र समापनका गीत पनि हुन्छन् । तिनीहरूले सामान्यतया भजनपुस्तक वा प्राथमिक गीत पुस्तिकाबाट गीत छान्छन् । चर्चसँग ChurchofJesusChrist.org मा सङ्गीतमा भजनहरूका पियानो रेकर्डिङहरू छन् । तपाईंले टेम्पल स्क्वायरमा टेबरनेकल क्वायरका भिडियोहरू पनि हेर्न सक्नुहुन्छ । गृह साँझमा गाउनाले सदस्यहरूलाई चर्चमा गाइने भजनहरू सिक्न सहयोग गर्दछ ।

पाठ

चर्चमा धेरै स्रोतहरू छन् जसले गृह साँझमा सहयोग गर्न सक्छन् । तपाईंले लियाहोना, साथी, वा युवाहरूको शक्तिका लागिको लेख पढ्न र छलफल गर्न केही मिनेट लिन सक्नुहुन्छ । यो चर्च भिडियोहरू हेर्ने र छलफल गर्ने समय पनि हुन सक्छ । वा तपाईंले साधारण सम्मेलनबाट वक्तव्य पढ्न सक्नुहुन्छ, धर्मशास्त्रहरू पढ्न सक्नुहुन्छ, वा आऊ, मलाई अनुशरण गरमा त्यो हप्ताको पढाइबारे छलफल गर्न सक्नुहुन्छ ।

छवि
बालबालिकाहरू कुकीहरू बनाउँदै

मिशेल लोयन्स द्वारा कुकीहरू बनाउने बालबालिकाहरूका तस्वीरहरू

पारिवारिक संलग्नता

बालबालिकाहरूले गृह साँझमा भाग लिन सक्छन् । तिनीहरूले क्रियाकलापहरू योजना गर्न, प्रार्थना गर्न, वा गीतहरू छनौट गर्न र नेतृत्व गर्न सहयोग गर्न सक्छन् । उनीहरूले पाठ सिकाउन पनि सक्छन् । गृह साँझ अघि, तपाईंले आफ्ना बालबालिकाहरूलाई साथी पत्रिकामा वा उनीहरूको मनपर्ने धर्मशास्त्रका कथामा पढ्न सहयोग गर्न सक्नुहुन्छ । त्यसपछि बालबालिकाहरूले त्यो कथा परिवारलाई पाठका रुपमा सुनाउन सक्छन् । धेरै बालबालिकाहरूले गृह साँझका लागि धर्मशास्त्रका कथाहरूमा अभिनय गर्न मन पराउँछन् । ठूला बालबालिकाहरूलाई पाठ योजना बनाउन दिनुहोस् वा उनीहरूले पढ्न चाहेका सामान्य सम्मेलनका वक्तव्यहरू छनोट गर्नुहोस् । त्यसपछि उनीहरूलाई छलफलको नेतृत्व गर्न लगाउनुहोस् ।

क्रियाकलापहरू

गृह साँझको अंशका रुपमा क्रियाकलापहरू गरेर धेरै परिवारहरूले रमाइलो गरिरहेका छन् । खेल खेल्ने, शिल्पहरू गर्ने वा सँगै खाना पकाउने क्रियाकलापहरू घरभित्रका गतिविधिहरूमा समावेश हुन सक्छन् ।

बाहिरी गतिविधिहरूका लागि तपाईं हिड्न सक्नुहुन्छ, पारिवारिक पदयात्रामा जान सक्नुहुन्छ, वा बाहिर सँगै खेल खेल्न सक्नुहुन्छ । परिवारका सबै सदस्यहरूले गर्न सक्ने गतिविधि खोज्नुहोस्, र सँगै रमाइलो गर्नुहोस् । आत्मालाई टाढा लैजान सक्ने प्रतिस्पर्धात्मक क्षणहरूलाई हटाउनुहोस।

सेवा

गृह साँझ परिवारहरूका लागि अरूको सेवा गर्ने उत्तम समय हो । उदाहरणका लागि तपाईंले केही वृद्ध छिमेकीहरूलाई सहयोग गर्न सक्नुहुन्छ, घरबारविहीन आश्रयमा खाना खुवाउन सक्नुहुन्छ, सुसमाचार प्रचारकहरूलाई लेख्न सक्नुहुन्छ वा फोहोर उठाउन सक्नुहुन्छ ।

प्रिन्ट गर्नुहोस्