२०२२
जीवित अगमवक्ताहरूद्वारा अगुवाइ गरिएको
सेप्टेम्वर २०२२


“जीवित अगमवक्ताहरूद्वारा अगुवाइ गरिएको” लियाहोनासेप्टेम्वर २०२२ ।

मासिक लियाहोना सन्देश, सेप्टेम्वर २०२२

जीवित अगमवक्ताहरूद्वारा अगुवाइ गरिएको

छवि
क्रिष्टसको प्रतिमा अगाडि चर्चका अगुवाहरू

अगमवक्ताहरू ती मानिसहरू हुन् जसलाई स्वर्गका पिताले उहाँका लागि बोल्न बोलावट गर्नुभएको हो । तिनीहरूले येशू ख्रीष्टको प्रमाणित गर्छन् र उहाँको सुसमाचार सिकाउँछन् । पछिल्ला-दिनका सन्तहरूको चर्चका सदस्यहरू पुरातन र आधुनिक दुबै अगमवक्ताहरूमा विश्वास गर्छन् ।

परमेश्वर अगमवक्ताहरू मार्फत बोल्नुहुन्छ

अगमवक्ताहरूले परमेश्वरबाट प्रकाश प्राप्त गर्नुहुन्छ । जब अगमवक्ताहरू हामीलाई सिकाउन प्रेरित हुनुहुन्छ, यो परमेश्वरले हामीसँग बोलिरहनुभएको जस्तै हो (हेर्नुहोस् सिद्धान्त र करार १:३८)। हामी विश्वास गर्न सक्छौं कि उहाँहरूले हामीलाई परमेश्वरले सिकाउन चाहनुभएको कुरा बताइरहनुभएको छ ।

छवि
सुनका पाताहरूसँगै मोर्मोन

मोर्मोन पाताहरू संक्षिप्तीकरण गर्दै, टम लभेलद्वारा

अगमवक्ताहरूले येशू ख्रीष्टको शिक्षा दिनुहुन्छ

सबै अगमवक्ताहरूले येशू ख्रीष्टको प्रमाणित गर्नुहुन्छ । उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी उहाँहरूले हामीलाई सिकाउनुहुन्छ। उहाँहरूले हामीलाई उहाँको जीवन, उदाहरण, र प्रायश्चितका बारेमा सिकाउनुहुन्छ। अनि उहाँहरूले हामीलाई उहाँलाई कसरी अनुशरण गर्ने अनि उहाँका आज्ञाहरू कसरी पालन गर्ने भनेर देखाउनुहुन्छ।

अगमवक्ताहरूका जिम्मेवारीहरू

अगमवक्ताहरूले येशू ख्रीष्टको सुसमाचार सिकाउनुहुन्छ । उहाँहरूले हामीले आज्ञाहरू पालन गर्दा हामीले प्राप्त गर्ने आशीषहरू अनि यदि हामीले पालना नगर्दा हामीले प्राप्त गर्ने नतिजाहरू बताउनुहुन्छ । कहिलेकाहीँ, उहाँहरूले हामीलाई भविष्यका घटनाहरूका बारेमा बताउन प्रेरित हुन सक्नुहुन्छ ।

छवि
ट्याब्लेटसँग मोशा

मोशा र ट्याब्लेटहरू, जेरी हार्स्टन द्वारा

प्राचीन अगमवक्ताहरू

परमेश्वरले सुरुदेखि नै अगमवक्ताहरूद्वारा मानिसहरूलाई सिकाउनुभएको छ । पुरानो करारको समयमा जिउने अगमवक्ताहरूमा आदम, नहू, अब्राहम, मोशा, यशैया र अन्य समावेश छन् । मोर्मोनको पुस्तकका जनहरूको बीचमा पनि अगमवक्ताहरू थिए । यी अगमवक्ताहरूले लहि, मोसियाह, अल्मा र मोरोनीलाई समावेश गरेका थिए । हामीले धर्मशास्त्र पढेर उहाँहरूले सिकाएका कुराहरू सिक्न सक्छौं ।

आधुनिक अगमवक्ताहरु

जोसेफ स्मिथ आधुनिक समयमा पहिलो अगमवक्ता हुनुहुन्थ्यो । उहाँले येशू ख्रीष्टको चर्चलाई पृथ्वीमा पूनर्स्थापित् गर्नुभयो । रसेल एम्. नेल्सन आज अगमवक्ता र चर्चको अध्यक्ष हुनुहुन्छ । प्रथम अध्यक्षतामा उहाँका सल्लाहकारहरू र बाह्र प्रेरितहरू पनि अगमवक्ताहरू, द्रष्टाहरू, र प्रकाशकहरूहुनुहुन्छ।

छवि
दम्पत्ती फोनमा सम्मेलन हेर्दै

अगमवक्तालाई सुन्दै

अगमवक्ताले हामीसँग साधारण सम्मेलनको समयमा अनि अन्य समयमा बोल्नुहुन्छ । उहाँले हामीलाई आज परमेश्वरले हामीले के बुझोस् भन्ने चाहनुहुन्छ र येशू ख्रीष्टलाई कसरी अनुशरण गर्ने भनेर सिकाउनुहुन्छ । हामीले उहाँका शिक्षाहरू लियाहोना र ChurchofJesusChrist.org मा पाउन सक्छौं ।

अगमवक्तालाई अनुसरण गर्नुको आशीर्वाद

यदि हामीले अगमवक्ताका शिक्षाहरूको अनुसरण गर्यौं भने हामीले आशीष पाउनेछौं । जब हामी अगमवक्तालाई अनुशरण गर्दछौँ, हामी बुझ्न सक्छौं कि हामीले परमेश्वरले हामीलाई गराउन चाहनुहुने काम गरिरहेका छौं । हामीले हाम्रो जीवनमा शान्ति महसुस गर्न अनि येशू ख्रीष्टको नजिक आउन सक्छौं ।

प्रिन्ट गर्नुहोस्