“येशूका धेरै नामहरू,” मासिक साथी सन्देश, डिसेम्वर २०२२
“येशूका धेरै नामहरू”
मासिक साथी सन्देश, डिसेम्वर २०२२
येशूका धेरै नामहरू
धेरै अगमवक्ताहरूले येशू ख्रीष्टका बारेमा सिकाए । कसरी जिउने भनेर हामीलाई देखाउनका लागि उहाँ जन्मनुहुनेछ भनेर तिनीहरूले बताए । तिनीहरूले उहाँका बारेमा सिकाउन धेरै नामहरू प्रयोग गरे ।
कहिलेकाहीँ धर्मशास्त्रहरूमा येशूलाई इम्मानुएलभनिन्छ । त्यो नामको अर्थ हो “परमेश्वर हामीसँग हुनुहुन्छ ।”
येशूलाई मसीहापनि भनिन्छ । मसीहा भनेको “अभिषेक गरिएको” हो। येशू हाम्रा लागि मर्नुभयो ताकि हामी पून: परमेश्वरसँग जिउन सकौं ।
येशू हाम्रा मुक्तिदाताहुनुहुन्छ । उहाँ हामीलाई हाम्रा पापहरू र मृत्युबाट बचाउनुहुन्छ ।
येशूको अर्को नाम शान्तिका राजकुमारहो । जब हामी डराउँछौं या दु:खी हुन्छौं, उहाँले हामीलाई पवित्र आत्माद्वारा शान्तिको महसुस गर्न सहयोग गर्नसक्नुहुन्छ ।
म येशू ख्रीष्टलाई प्रेम गर्छु । धर्मशास्त्रहरूमा म उहाँको जीवन र प्रेमका बारेमा सिक्न सक्छु ।
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, December 2022को अनुवाद । Nepali. 18318 372