२०२२
हामी किन दशांश तिर्छौं
डिसेम्वर २०२२


“हामी किन दशांश तिर्छौं,” लियाहोना, डिसेम्वर २०२२ ।

मासिक लियाहोना सन्देश, डिसेम्वर २०२२

हामी किन दशांश तिर्छौं

छवि
सिक्काको थुप्रो

पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरू उनीहरूको आम्दानीको दश भागको एक भाग चर्चलाई दिन्छन् । यसलाई दशांश भनिन्छ । यो पैसा संसारभरका चर्चका कार्यहरू गर्न प्रयोग गरिन्छ ।

दशांश भनेको के हो?

परमेश्वरका आज्ञाहरू मध्येको एक आज्ञा हो उहाँको चर्चलाई दशांश तिर्नु, जुन् हाम्रो आम्दानीको दश भागको एक भाग हो । जब हामी दशांश तिर्छौं, हामी हाम्रा आशीषहरूका लागि परमेश्वरप्रति कृतज्ञता देखाउँछौं । हामी परमप्रभुमा भरोसा गर्छौं र हामी उहाँलाई सबैकुरामा आज्ञा पालना गर्न इच्छुक छौं भनेर देखाउँछौं ।

छवि
दशांश तिर्नका लागि मानिसहरु मेल्केसेडेककहाँ सामानहरु ल्याउँदै

मेल्केसेडेक-भण्डारका रक्षक, क्लार्क केली प्राइसद्वारा

पुरानो करारका शिक्षाहरू

परमेश्वरका मानिसहरूले पुरानो करारका समयदेखि दशांश तिरेका छन् । उदाहरणका लागि, अब्राहामले दशांश तिरे (हेर्नुहोस् उत्पत्ति १४:१८-२०) । दशांशको नियम प्राचीनकालका अगमवक्ताहरूले पनि सिकाएका थिए, मोशा र मलाकी सहित (हेर्नुहोस् लेवीहरू २७:३०-३४; नहेम्याह १०:३५-३७; मलाकी ३:१०) ।

दशांशको नियमको पूनर्स्थापना

सन् १८३८ मा अगमवक्ता जोसेफ स्मिथले चर्चका सदस्यहरूले कसरी दशांश तिर्नुपर्दछ भनेर परमप्रभुलाई सोध्नुभयो । परमप्रभुको उत्तर सिद्धान्त र करार ११९मा अभिलिखित छ, जसले भन्दछ कि सदस्यहरूले आफ्नो लाभको दश भागको एक भाग चर्चलाई दिनुपर्छ (हेर्नुहोस् पद-४) । चर्चका अगुवाहरूले सिकाउनुभएकोछ कि “लाभ”को अर्थ हो आम्दानी ।

छवि
एकले अर्कोलाई खाम दिंदा हात मिलाउँदै मानिसहरू

जेमी डेल जनसनद्वारा तस्वीर

हामी दशांश किन तिर्छौं

हामी यहाँ अनलाइन दान फारम भरेर दशांश तिर्न सक्छौं donations.ChurchofJesusChrist.org। अथवा हामीले कागजको फारम भरेर बिशप्रिकका सदस्य वा शाखा अध्यक्षतालाई पैसा दिन सक्छौं । सबै पैसा चर्चको मुख्यालयमा पठाइन्छ जहाँ चर्चका अगुवाहरू (प्रथम अध्यक्ष, बाह्र प्रेरितहरू र बिशप्रिकका अध्यक्षताका सदस्यहरू) ले यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे प्रार्थनापूर्वक निर्णय गर्नेछन् ।

आशीषहरू

परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ कि तिनीहरू जसले दशांश तिर्नेछन् उनीहरूलाई लौकिक र आत्मिक दुबैले अशीषित गरिनेछ । दशांशले परमेश्वरका सबै सन्ततिहरूलाई अशीषित गर्दछ उहाँका बारेमा सिक्न र सुसमाचारमा हुर्कन अवसर दिन्छ ।

छवि
सल्ट लेक मन्दिर

दशांशका भण्डारको कसरी प्रयोग हुन्छ

दशांशको पैसा संसारभर परमप्रभुको चर्च निर्माण गर्न प्रयोग गरिन्छ । यसले मन्दिरहरू र चर्चका अन्य भवनहरूको निर्माण, धर्मशास्त्रहरू र अरु सामाग्रीहरू मुद्रण, चर्चको स्वामित्वमा रहेका विद्यालयहरूलाई आर्थिक सहयोग गर्ने अनि पारिवारिक इतिहास र सुसमाचार प्रचारको कार्यलाई पनि समावेश गर्दछ ।

दशांशको घोषणा

वर्षको एक पटक चर्चका सदस्यहरू उनीहरूका बिशप (अथवा शाखा अध्यक्ष) लाई भेटेर आफु पूर्ण दशांश तिर्छन् या तिर्दैनन् भनेर बताउँछन् ।

दशांशले के भुक्तानी गर्दछ

छवि
ओकल्याण्ड क्यालिफोर्निया मन्दिर

ओकल्याण्ड क्यालिफोर्निया मन्दिरको तस्वीर लङ्गीन लङ्गजाइना जुनिअरद्वारा

छवि
धेरै भाषाहरुमा अनुवादित मोर्मोनको पुस्तकका मुद्रित प्रतिलिपिहरू
छवि
सभा घर

प्रिन्ट गर्नुहोस्