२०२३
परिवारहरू अनन्त छन्
जनवरी २०२३


“परिवारहरू अनन्त छन्,” लियाहोना, जनवरी २०२३ ।

मासिक लियाहोना सन्देश, जनवरी २०२३

परिवारहरू अनन्त छन्

छवि
मुस्कुराएको परिवार

परिवार समाज अनि चर्चको आधारभूत एकाइ हो । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरू परिवारहरू अनन्त छन् भनेर विश्वास गर्दछन् । हामी पृथ्वीमा हाम्रा परिवारहरूलाई मजबुत बनाउन तत्पर रहन्छौँ । हामीमा यो आस्था पनि छ कि हामीले एक अनन्त परिवारका आशीषहरू प्राप्त गर्न सक्दछौँ ।

परमेश्वरको परिवार

सबै मानिसहरू स्वर्गका मातापिताका आत्मिक छोरा वा छोरीहरू हुन् । हामी सबै परमेश्वरका परिवारका अंश हौँ । हामी सबैमा दैवीय प्रकृति र गन्तव्य छ । यदि हामी धार्मिकताका साथ जिउछौँ भने, हामी स्वर्गका पिताकहाँ सदाका लागि उहाँको परिवारको अंश भएर जिउन फर्केर जान सक्नेछौँ ।

छवि
नयाँ वैवाहिक दम्पत्ति मन्दिर बाहिर

विवाहको तस्वीर जोसेफ कालुबाद्वारा

अनन्त परिवारहरू

जब एक पुरुष र महिला मन्दिरमा बाँधिन्छन् र उनीहरूले आफ्ना करारहरू पालना गर्दछन् भने उनीहरू सदाका लागि विवाहित रहिरहनेछन् । मन्दिरको यस विधिलाई बाँधिने भनिन्छ । अभिभावकहरू बाँधिएपछि जन्मेका बालबालिकाहरू त्यही करारमा जन्मिएका हुन्छन् । अभिभावकहरू बाँधिनुभन्दा अघि जन्मने बालबालिकाहरू मन्दिरमा उनीहरूसँग बाँधिन सक्छन् ताकि उनीहरू सदाका लागि एक परिवारमा रहन सकून् । चर्चका सदस्यहरूले पारिवारिक इतिहास र मन्दिरका विधिहरू गर्दछन् ताकि तिनीहरूले आफ्ना परिवारहरूलाई सबै पुस्ताहरूसँग बाँध्न सकून् । येशू ख्रीष्ट र उहाँको प्रायश्चितले एक अनन्त परिवारको आशीर्वाद सम्भव बनाएको छ ।

विवाह

एक महिला र पुरुष बीचको विवाहलाई परमेश्वरले नियुक्त गर्नुभएको छ । येशू ख्रीष्टको सुसमाचारले श्रीमान र श्रीमतीहरूलाई एकअर्काप्रति वफादार रहन र आफ्ना वैवाहिक करारहरूप्रति इमानदार रहन सिकाउँछ । उनीहरू विचार, वचन र कर्ममा सत्य हुनुपर्दछ । विवाह एक समान साझेदारी हो र श्रीमान श्रीमतीले एक अर्कालाई प्रोत्साहन, सान्त्वना र सहायता गर्नुपर्दछ ।

छवि
शिशु भएका अभिभावकहरू

अभिभावक र बालबालिकाहरू

परमेश्वरले आदम र हव्वालाई सन्तान जन्माउन आज्ञा गर्नुभयो । चर्चका अगुवाहरूले सिकाउनुभएको छ कि यो आज्ञा अझैपनि अर्थपूर्ण छ । माता र पिताले आफ्ना बालबालिकाहरूलाई प्रेम र धार्मिकतामा हुर्काउन एकसाथ कार्य गर्दछन् (हेर्नुहोस् सिद्धान्त र करार ६८:२५-२८) । बालबालिकाहरूलाई आफ्ना मातापितालाई सम्मान गर्न अनि उनीहरूको आज्ञा पालन गर्न सिकाइन्छ (हेर्नुहोस् उत्पत्ति २०:१२) ।

सिकाउने र सिक्ने

मातापिताले आफ्ना बालबालिकाहरूलाई परमेश्वरलाई प्रेम गर्न र उहाँका आज्ञाहरू पालन गर्न सिकाउँछन् । पारिवारिक जीवनले हामीलाई आनन्द महसुस गर्ने अनि धीरता र निस्वार्थता सिक्ने सुअवसरहरू दिन्छ । यी विशेषताहरूले हामीलाई अझै बढी परमेश्वर जस्तै बन्न अनि सदाका लागि परिवारका साथ खुशी भइ जिउनने तयारी गर्न सहयोग गर्दछ ।

परिवारहरूलाई मजबुत बनाउने

एक सफल परिवार बनाउन कार्य, लगनशीलता, अनि धीरता चाहिन्छ । सुसमाचारका सिद्धान्तहरू जस्तै आस्था,प्रार्थना, क्षमा, प्रेम, कार्य अनि स्वस्थकर रमाइलोले हामीलाई पारिवारिक जीवनमा आनन्द प्राप्त गर्न सहयोग गर्दछ । हामीले हाम्रो परिवारलाई कसरी मजबुत बनाउने भन्ने बारे बुझ्न व्यक्तिगत प्रकाश पनि प्राप्त गर्न सक्दछौँ ।

छवि
येशू ख्रीष्टको चित्र

हेनरिक हफम्यानद्वारा चित्रित

आशीषहरू सबैलाई उपलब्ध छन्

यस पृथ्वीमा हरेकलाई एक आदर्श परिवारको अंश हुने अवसर मिल्दैन । तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि हरेक जसले उहाँका आज्ञाहरू पालना गर्दछन् एक अनन्त परिवारका सबै आशीषहरू प्राप्त गर्नेछन् । हामी उहाँलाई भरोसा गर्न सक्दछौँ र उहाँको समयमा आस्था राख्न सक्दछौँ ।

प्रिन्ट गर्नुहोस्