२०२३
युवा र बालबालिकाहरूका लागि सामग्रीहरू
फेब्रुवरी २०२३


“युवा र बालबालिकाहरूका लागि सामग्रीहरू,” लियाहोना, फेब्रुवरी २०२३ ।

मासिक लियाहोना सन्देश, फेब्रुवरी २०२३

युवा र बालबालिकाहरूका लागि सामग्रीहरू

छवि
अभिभावकहरू छोरासँग धर्मशास्त्रहरू अध्ययन गर्दै

येशू ख्रीष्ट र उहाँको सुसमाचारका बारेमा आफ्ना बालबालिकाहरूलाई सिकाउनु अभिभावकहरूको प्राथमिक उत्तरदायित्व हुन्छ । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा अभिभावकहरूलाई आफ्ना प्रयासमा सहयोग गर्न सङ्गठनहरू, कार्यक्रमहरू, अनि अरू सामग्रीहरू छन् । एकसाथ, अभिभावकहरू, चर्चका अगुवाहरू र साथीहरूले सबै बालबालिकाहरू र किशोरकिशोरीहरूलाई ख्रीष्टमा आउन सहयोग गर्न सक्दछन् ।

छवि
प्राइमरीका बालबालिकाहरू

बेन जनसनद्वारा तस्वीर

प्राइमरी

प्राइमरी १८ महिना देखि ११ वर्षका बालबालिकाहरूको चर्चको सङ्गठन हो । प्राइमरीमा बालबालिकाहरूले येशू ख्रीष्ट र उहाँका सुसमाचार पाठ, सङ्गीत र गतिविधिहरूका माध्यमबाट सिक्दछन् । प्राइमरीले बालबालिकाहरूलाई उनीहरूका लागि परमेश्वरको प्रेम महसुस गर्न सहयोग गर्दछ ।

हारुनको पादरीत्वका गणहरू र युवतीहरूका कक्षाहरू

वर्षको जनवरी महिनामा जब बालबालिकाहरू १२ वर्ष पुग्दछन्, तिनीहरू प्राइमरीबाट हारुनको पादरीत्वका गणहरू (बालकहरूका लागि) अथवा युवतीहरूका कक्षाहरू (बालिकाहरूका लागि)मा सर्दछन् । तिनीहरूका गण र कक्षाहरूमा, युवायुवतीहरूले आफ्ना गवाहीहरू मजबुत बनाउँछन् र अरूको सेवा गर्दछन् ।

छवि
हातहरू तस्वीर कोर्दै

बालबालिका र युवाहरूको कार्यक्रम

उहाँको युवास्थामा, येशू “ज्ञानमा र कदमा बढ्नुभयो र परमेश्वर र मानिसको प्रिय बन्नुभयो” (लूका २:५२) । बालबालिका र युवाहरूको कार्यक्रमले चर्चका जवान सदस्यहरूलाई ख्रीष्टको उदाहरण अनुशरण सहायता गर्दछ । तिनीहरूले आफ्ना जीवनका सबै क्षेत्रहरू-आत्मिक, सामाजिक, शारीरिक र बौद्धिकमा सिक्दछन् र बढ्दछन् ।

चर्चका पत्रिकाहरू

बालबालिकाहरूका लागि चर्चको पत्रिका साथी पत्रिका हो । युवाहरूको शक्तिका लागि युवाहरूको पत्रिका हो । यी पत्रिकाहरूमा कथाहरू, शिक्षाहरू र गतिविधिहरू समावेश हुन्छन् जुन विशेषगरी बालबालिकाहरू र युवायुवतीहरूका लागि लेखिएका हुन्छन् ।

छवि
मार्गदर्शन पत्रिकाको आवरण स्पेनी भाषामा

युवाहरूको शक्तिका लागि निर्देशन पत्रिका

युवाहरूको शक्तिका लागि: छनोटहरू गर्नका लागि एक निर्देशन ले युवाहरूलाई सुसमाचारका सत्यताहरू सिकाउँछ । कसरी निर्णयहरू लिने जसले तिनीहरूलाई येशू ख्रीष्टलाई अनुशरण गर्न सहयोग गर्दछ भन्नेबारे यसले तिनीहरूलाई सिकाउँछ । सुसमाचार कसरी पालना गर्ने भन्ने सम्बन्धमा युवाहरूमा हुनसक्ने प्रश्नहरूका उत्तरहरू पनि यसमा समावेश छन् ।

सुसमाचारको पुस्तकालय

सुसमाचारको पुस्तकालयमा भिडियोहरू, सङ्गीत, धर्मशास्त्रका कथाहरू र गतिविधिहरू सहित धेरै डिजिटल सामग्रीहरू छन् । यसमा अभिभावक र अगुवाहरूलाई सुसमाचारका सिद्धान्तहरू सिकाउन सहयोग गर्ने सामग्रीहरू पनि समावेश छन् । यी सामग्रीहरू सुसमाचारको पुस्तकालयको ChurchofJesusChrist.org मा र सुसमाचारको पुस्तकालयको app मा पाइन्छ ।

एफ. एस. वाइ. सम्मेलनहरू

युवाहरू चौध वर्ष लागेको वर्षको शुरुवातमा, तिनीहरूलाई युवाहरूको शक्तिका लागि (एफ. एस. वाइ.) सम्मेलनहरूमा सहभागी हुन आमन्त्रण गरिन्छ । यी कार्यक्रमहरूमा क्रियाकलापहरू र कक्षाहरू समावेश छन् जसले येशू ख्रीष्टमा भएको आस्थालाई मजबुत बनाउन सहयोग गर्दछन् र युवाहरूलाई आत्मिक, सामाजिक, शारीरिक र बौद्धिक रूपमा बढ्न सहयोग गर्दछन् ।

प्रिन्ट गर्नुहोस्