२०२३
पादरित्वका आशीर्वादहरू
मार्च २०२३


“पादरित्वका आशीर्वादहरू,” लियाहोना, मार्च २०२३ ।

मासिक लियाहोना सन्देश, मार्च २०२३

पादरित्वका आशीर्वादहरू

छवि
बाह्र प्रेरितको गण नियुक्त गर्दै ख्रीष्ट

बाह्र प्रेरितको गण नियुक्त गर्दै ख्रीष्ट, ह्यारी एन्डरसनद्वारा

मल्कीसदेक पादरित्व वाहकद्वारा प्रेरणामार्फत पादरित्वका आशीर्वादहरू दिइएको छ । पादरित्वका आशीर्वादहरूले परमेश्वरका सबै सन्ततिहरूलाई उहाँको शक्ति, चङ्गाइ, सान्त्वना र निर्देशन प्राप्त गर्न सम्भव बनाउँछ ।

पादरित्व

पादरित्व भनेको परमेश्वरको शक्ति र अधिकार हो । मल्कीसदेक पादरित्व वाहक गर्ने योग्य पुरुषहरूले पादरित्वका आशीर्वादहरू दिँदा येशू ख्रीष्टको नाममा कार्य गर्नुहुन्छ । उहाँहरूले यी आशीर्वादहरू दिँदा अरूहरूलाई आशीर्वाद दिने मुक्तिदाताको उदाहरणलाई अनुशरण गर्नुहुन्छ ।

छवि
टाउकोमाथि राखिएको हात

डेभिड विन्टर्सद्वारा फोटो

आशीर्वादहरू कसरी दिइन्छन्

टाउकोमाथि हात राखेर पादरित्वका आशीर्वाद दिइन्छन् । मल्कीसेदेक पादरित्व वाहकले आशीर्वाद प्राप्त गर्ने व्यक्तिको टाउकोमा आफ्नो हात राख्नुहुन्छ । त्यसपछि उहाँले आत्माको निर्देशनअनुसार आशीर्वाद दिनुहुन्छ । आशीर्वाद दिने र आशीर्वाद प्राप्त गर्नेहरूले परमेश्वरमा आस्था राख्नुहुन्छ र उहाँको इच्छा तथा समयमा विश्वास गर्नुहुन्छ ।

बालबालिकाहरूको नामाकरण र तिनलाई आशीर्वाद दिने कार्य

बालक जन्मेपछि, पादरित्व वाहकले उसलाई नाम र आशीर्वाद दिनुहुन्छ (हेर्नुहोस् सिद्धान्त र करार २०:७० ) । यो सामान्यतया उपवास र गवाहीको गवाहीका सभामा गरिन्छ । सर्वप्रथम बालकलाई नाम दिइन्छ । त्यसपछि पादरित्व वाहकले बालकलाई आशीर्वाद दिनुहुन्छ ।

छवि
बिरामी बालकले पादरित्वको आशीर्वाद प्राप्त गर्दै

वेल्डेन सी. एन्डरसनद्वारा फोटो

बिरामीहरूका लागि आशीर्वाद

मल्कीसेदेक पादरित्व वाहकहरूले बिरामी भएकाहरूलाई आशीर्वाद दिन सक्नुहुन्छ । यस प्रकारको आशीर्वादका दुई अंशहरू छन्: तेलले अभिषेक गर्ने र अभिषेक लाई बाँध्ने । सर्वप्रथम, पादरित्व वाहकले व्यक्तिको टाउकोमा पारिएको आशीषित गरिएको जैतुनको तेलको एक थोपा राख्नुहुन्छ जु अनि संक्षिप्त प्रार्थना गर्नुहुन्छ । त्यसपछि अर्को पादरित्व वाहकले अभिषेकलाईबाँध्नु हुन्छ र व्यक्तिलाई पवित्र आत्माद्वारा निर्देशन गरिएअनुसार आशीर्वाद दिनुहुन्छ ।

सान्त्वना र सल्लाहको आशीर्वाद

मल्कीसेदेक पादरित्व वाहकहरूले परिवारका सदस्यहरू र अनुरोध गर्ने अरूहरूलाई सान्त्वना र सल्लाहको आशीर्वाद दिन सक्नुहुन्छ । मल्कीसेदेक पादरित्व वाहक पिताले आफ्ना बालबालिकाहरूलाई पिताको आशीर्वाद दिन सक्नुहुन्छ । बालबालिकाहरूले विशेष चुनौतीहरूको सामना गर्दा विशेष गरी यी उपयोगी हुन सक्छन् ।

बोलावटहरूमा सेवा गर्नका लागि सदस्यहरूलाई नियुक्त गर्ने

जब चर्चका सदस्यहरूले बोलावटहरू प्राप्त गर्छन्, उनीहरूलाई सेवाका लागि नियुक्त गर्दा आशीर्वाद दिइन्छ । पादरित्व अगुवाले उनीहरूलाई बोलाबट अनुसार कार्य गर्ने अधिकार दिनुहुन्छ । पादरित्व अगुवाले पनि उनीहरूलाई तिनीहरूको सेवामा सहयोग गर्नका लागि आशीर्वाद दिनुहुन्छ ।

छवि
महिला आफ्नो कुलपिताको आशीर्वाद पढ्दै

शौना स्टेफनसनद्वारा फोटो

कुलपिताको आशीर्वाद

चर्चका प्रत्येक योग्य सदस्यले कुलपिताको आशीर्वाद प्राप्त गर्न सक्छन् । यो आशीर्वादले परमप्रभुबाट व्यक्तिगत सल्लाह प्रदान गर्दछ । यसले व्यक्तिलाई जीवनभर मार्गदर्शन प्रदान गर्न र सान्त्वना प्रदान गर्न सक्छन् । यसले इस्राएलको घरानामा व्यक्तिको वंशलाई पनि बताउँछ । केवल एक नियुक्त कुलपिताले यस प्रकारको आशीर्वाद दिन सक्छन् ।

प्रिन्ट गर्नुहोस्