“येशू ख्रीष्टले आँधीलाई शान्त पार्नुहुन्छ,” साथी, मार्च २०२३, ४६–४७
मासिक साथी सन्देश, मार्च २०२३
येशू ख्रीष्टले आँधीलाई शान्त पार्नुहुन्छ
एक रात येशू ख्रीष्ट र उहाँका शिष्यहरूले डुङ्गामा समुद्र पार गर्नुभयो । येशू थकित हुनुहुन्थ्यो र निदाउनुभयो ।
आँधी आयो । छालहरू ठूला अनि अझै ठूला भए! शिष्यहरू डराए । तिनीहरूले येशूलाई ब्यूँझाएर आफूहरूलाई बचाउन उहाँलाई आग्रह गरे ।
येशू उठ्नुभयो र भन्नुभयो, “शान्ति, स्थिर होऊ।” हावा रोकियो । पानी शान्त भयो ।
येशू ख्रीष्टमा मेरो आस्थाले ममा शान्ति ल्याउन सक्छ । जब म डराउँछु, येशूले मलाई शान्त महसुस गर्न सहयोग गर्न सक्नुहुन्छ।
© 2023 द्वारा Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, March 2023 को अनुवाद। Language. 18905 372