२०२३
येशू ख्रीष्टमा आस्था
अप्रिल २०२३


“येशू ख्रीष्टमा आस्था,” लियाहोना, अप्रिल २०२३ ।

मासिक लियाहोना सन्देश, अप्रिल २०२३

येशू ख्रीष्टमा आस्था

छवि
येशूका पार्श्वचित्र

येशू ख्रीष्ट, ह्यारी एन्डरसनद्वारा

येशू ख्रीष्टमा आस्था गर्नु सुसमाचारको पहिलो सिद्धान्त हो (हेर्नुहोस् आस्थाका बुँदाहरू १:४) । हाम्रो आस्थाले हामीलाई स्वर्गका हाम्रा पितामा फर्कने छनोटहरू गर्न सहयोग गर्ने छ । हामी जीवनभर हाम्रो आस्था बलियो बनाउन कार्य गर्न सक्दछौँ ।

छवि
बालबालिका र युवाहरू पुस्तक वरिपरि भेला भए

आस्था भनेको के हो?

आस्था भनेको कुनै विषयमा दृढ विश्वास वा भरोसा हो । आस्था हुनु भनेको सत्य विषयहरूका लागि आशा राख्नु र विश्वास गर्नु समावेश हुन्छ, हामीले तिनीहरूलाई देख्न वा पूर्ण रूपमा बुझ्न नसके तापनि (हेर्नुहोस् हिब्रू ११:१; अल्मा ३२:२१) ।

छवि
येशू ख्रीष्टको चित्र

ख्रीष्ट र धनी युवा शासकबाट विवरण, हेनरिक हफ्म्यानद्वारा

येशू ख्रीष्टमा केन्द्रित आस्था

मुक्तिका लागि नेतृत्व गर्न, हाम्रो आस्था हाम्रो मुक्तिदाता र उद्धारकर्ताका रूपमा येशू ख्रीष्टमा केन्द्रित हुनु पर्दछ । ख्रीष्टमा आस्था हुनु भनेको उहाँमा भरोसा गर्नु हो । यसको अर्थ उहाँमा पूर्णरूपमा भरोसा गर्नु हो—उहाँको शक्ति, बुद्धि र प्रेममा भरोसा गर्नु । उहाँलाई विश्वास गर्नु र उहाँका शिक्षाहरू अनुशारण गर्नु पनि यसमा समावेश हुन्छ ।

छवि
धर्मशास्त्र अध्ययन गर्दै दम्पत्ती

हाम्रो आस्था बढाउने

आस्था परमेश्वरको उपहार हो तर हामीले यसको खोजी गर्नु पर्दछ र यसलाई मजबुत पार्न कार्य गर्नु पर्दछ । हामीले प्रार्थना गरेर र धर्मशास्त्रहरू र पछिल्ला दिनका अगमवक्ताहरूको शिक्षाहरू अध्ययन गरेर हाम्रो आस्थालाई वृद्धि गर्न सक्छौँ । हामी धार्मिक रूपमा जिउँदा र हाम्रा करारहरूपालना गर्दा हामी आफ्नो विश्वासलाई मजबुत बनाउँछौँ ।

आस्थाद्वारा जिउने

आस्था केवल विश्वास भन्दा अधिक हो । यसमा विश्वासमा कार्य गर्नु समावेश हुन्छ । हामी आफ्नो जीवन शैलीमा हाम्रो आस्था देखाउँछौँ । येशू ख्रीष्टमा आस्थाले हामीलाई उहाँको परिपूर्ण उदाहरण अनुशारण गर्न उत्प्रेरित गर्दछ । हाम्रो आस्थाले हामीलाई आज्ञाहरू पालना गर्न, हाम्रा पापहरूको पश्चात्ताप गर्न र करारहरू पालना गर्न अगुवाइ गर्दछ ।

छवि
येशू एक अन्धो मानिसलाई चङ्गाइ दिनुहुँदै

आस्थाले चमत्कारहरू ल्याउन सक्छ

सत्य आस्थाले चमत्कारहरूल्याउँछ, जसमा दर्शनहरू, सपनाहरू, चङ्गाइहरू र परमेश्वरबाट आउने अन्य उपहारहरू समावेश हुन सक्छन् । धर्मशास्त्रहरूमा धेरै मानिसहरूका कथाहरू समावेश छन् जसले उहाँमा आस्थाका कारणले परमप्रभुबाट चमत्कारहरू प्राप्त गरेका थिए । केही उदाहरणहरूका लागि धर्मशास्त्रहरूका लागि मार्गदर्शनमा “चमत्कार” हेर्नुहोस् ।

आस्थाले शान्ति ल्याउन सक्छ

परमेश्वर र उहाँको मुक्तिको योजना मा ​​आस्था राख्नाले हाम्रा चुनौतीहरूको समयमा हामीलाई मजबुत बनाउन सक्छ । आस्थाले हामीलाई अगाडि बढ्न र साहसका साथ हाम्रा कठिनाइहरूको सामना गर्न शक्ति दिन्छ । भविष्य अनिश्चित देखिन्छ भने पनि, मुक्तिदातामा हाम्रो आस्थाले हामीलाई शान्ति दिन सक्छ ।

छवि
पिताले आफ्नो बालकलाई बोकेर तिनीहरूले येशूको चित्र हेर्दै

येशू ख्रीष्टमा आस्थाले मुक्तितर्फ अगुवाइ गर्छ

ख्रीष्टमा आस्थाको अभ्यासले हाम्रो मुक्तितर्फ अगुवाइ गर्ने छ । ख्रीष्टले हामीलाई अनन्त जीवन प्राप्त गर्ने मार्ग तयार पार्नुभएको छ । जब हामी हाम्रो आस्थाद्वारा उहाँमा जिउँछौँ, हामी हाम्रा पापहरूबाट क्षमाप्राप्त गर्न सक्छौँ र पुनः परमेश्वरसँग जिउनका लागि फर्कन सक्छौँ ।

प्रिन्ट गर्नुहोस्